१३ श्रावण २०८३, बुधबार
,
Latest
प्रधानमन्त्री र गृहमन्त्रीलाई गोकुल बास्कोटाको व्यंग्य, ‘ मशान जाग्ने बेला मात्रै बिउँझिन्छन्’ स्वास्थ्यकर्मी सुरक्षा समन्वय समितिको बैठक सम्पन्न, नियमित बैठक बस्ने निर्णय नेता गोपालमान श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गर्न सानेपा पुगे रवि लामिछाने शान्ति, सुव्यवस्था र सद्भाव कायम गरौँ : सभापति थापा सुनसरी घटनाका दोषीलाई कानुनी दायरामा ल्याउन पूर्वगृहमन्त्री अर्यालको आग्रह गोपालमान श्रेष्ठको निधनमा कांग्रेसद्वारा तीन दिने शोक घोषणा, कार्यालयमा झण्डा आधा झुकाइने मन्त्री चौधरीको पहलमा देशभर चरणबद्ध रूपमा लागू हुँदै पशु वधशाला तथा मासु जाँच ऐन देशभर श्रद्धापूर्वक गुरु पूर्णिमा पर्व मनाइँदै सुनसरी घटनामा निष्पक्ष छानबिन र सर्वदलीय संवादको पहल गर्न प्रचण्डको आग्रह सुनसरी घटनाः सामाजिक सद्भाव कायम राख्न राजनीतिक दलहरूको साझा प्रतिवद्धता, सरकारको भुमिकाप्रति काँग्रेसको प्रश्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारले आइटी दशक घोषणा गर्यो तर बजेट छुट्याएनः मन्त्री गुरुङ



अ+ अ-

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले युवाहरुलाई स्वदेशमै रोजगारी सिर्जना गरी राज्यप्रति विश्वास हुने वातावरण सिर्जना गर्ने काममा लागिरहेको बताउनुभएको छ ।

बिहीवार काठमाडौंमा स्टार्टअप एण्ड मिडिया फेस्ट—२०२४ को उद्घाटन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेपालमा भन्ने एउटा र गर्ने अर्को परिपाटीले युवाहरु विश्वास नलागेर विदेश पलायन भइरहेको भन्दै त्यो अवस्थाको अन्त्य गर्नुपर्ने बताउनु भयो । उहाँले अघिल्लो सरकारले आइटी दशक घोषणा गरेको भएपनि बजेट शुन्य रहेको बताउनु भयो ।

उहाँले कृषिमा प्रविधिको दशक शुरु भएको घोषण गरेको तर बजेट शुन्य रहेको भन्दै सरकारका यस्ता गतिविधिहरुले युवाहरु विदेश पलायन भइरहेको बताउनु भयो । मन्त्री गुरुङले सरकार नेपाललाई सूचना प्रविधिको हबको रुपमा र सूचना प्रविधिलाई उद्योगको रुपमा विकास गर्न र सूचना प्रविधि उद्योगको विशेष आर्थिक क्षेत्र विकास गर्न चाहेको बताउनु भयो । मन्त्री गुरुङले डिजिटल नेपाल फ्रेमवर्क कार्यान्वयन गर्न सरकारले बजेट नै नछुट्याएको बताउनु भयो । त्यसको लागि विशेष व्यवसथा गरेर भएपनि डिजिटल नेपाल फ्रेमवर्क कार्यान्वयन गर्न आफू लागिपरेको बताउनु भयो । त्यसको लाग सरकारी क्षेत्रबाट नै आफूले शुरुवात गर्न चाहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘नेपाल सरकार नेपाललाई सूचना प्रविधिको हबको रुपमा र सूचना प्रविधिलाई उद्योगको रुपमा विकास गर्न र सूचना प्रविधि उद्योगको विशेष आर्थिक क्षेत्र विकास गर्न चाहन्छ । यो अहिलेसम्म गफै हो । अहिलेसम्म भन्नेकुरा गफै हो । लोकरिझ्याईंको लागि बोलेको कुरा मात्रै हो । मैले किन त्यसो भनेको म आफैँ त्यहाँ बसेर रु आइटी दशक शुरु भयो भने पोलिसीमा बोल्छ हाम्रो सरकार तर आइटी दशक शुरु भएको आइटी क्षेत्रको बजेट शुन्य छ । त्यसैले मान्छेलाई मन पराउने नीति कार्यक्रम, भन्दा भाषण गर्दा मात्रै राम्रो र तालि बजाओस् भनेर लोकरिझ्याईंको लागि बोल्दियो । कृषिमा प्रविधिको दशक शुरु भयो भन्छ, कृषि मन्त्रालयको बजेट दुई, तीन अर्ब नै घटिरहेको छ । भन्ने एउटा कुरा र गर्ने अर्को कुरा । त्यसैले नेपालमा प्रतिफल नआएको हो । युवाहरु विश्वास नलागेर भागिरहेका हुन् । यो चिज अब हामीले अन्त्य गर्नुपर्छ । हामीबाटै शुरु गर्नुपर्छ । डिजिटल नेपालको पोलिसी कार्यान्वयन गर्ने भनेर सरकारले पोलिसीमा भन्यो । त्यसमा एक पैसा पनि बजेट छैन । किन भनेको होला त्यो । त्यसकारण अहिले हामी विशेष व्यवस्था गरेर भएपनि त्यो कार्यक्रम लागू गर्न चाहन्छौँ । अर्थमन्त्रालयसँग ज्युहजुर गर्नुपर्ने होला, प्रधानमन्त्रीलाई कन्भिन्स गर्नुपर्ने होला तर यो कार्यक्रम त लागू गर्नुप¥यो ।’

गुरुङले ०८४ अगाडिका ३ वर्षमा ३ लाख आइटी क्षेत्रबाट रोजगारी सिर्जना गर्ने कुरामा मन्त्रालय लाग्ने घोषणा गर्नुभयो ।




भर्खरै