४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar स्वास्थ्य सेवाको अस्थायी दरबन्दी स्वीकृत गर्ने मधेस सरकारको निर्णय News Polar भक्तपुर क्यान्सर अस्पतालमा पूर्वाधार अभावले उपचारमा समस्या News Polar भक्तपुरमा अपराधसम्बन्धी १७९ मुद्दा दर्ता News Polar घाइते यादवको शरीरबाट गोली निकालियो News Polar भारतीय सीमा हुँदै महिला शोषणको घटनामा छानबिन अघि बढ्यो News Polar चिमखोला–घ्याँसीखर्क सडक अवरुद्ध News Polar एमाले केन्द्रीय सचिवालय बैठक च्यासलमा सुरु News Polar जटिल प्रसूति समस्या भएका दुई महिलाको रसुवाबाट हवाई उद्धार News Polar अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सोमबारदेखि News Polar एमाले पुनःगठन कार्यदलको एकीकृत प्रतिवेदन तयार गरिँदै News Polar मधेसमा आत्महत्याका घटना बढ्दै News Polar विराजभक्त श्रेष्ठले लिए रास्वपा सचिवालय सदस्यको शपथ News Polar प्रधानन्यायाधीश शर्मा चीन प्रस्थान News Polar ‘ग्रे जोन’ रिपोर्टमा नाम जोडिएकाले जनतालाई स्पष्ट जवाफ दिनुपर्छ : महेश बस्नेत News Polar एमाले कार्यदलको प्रतिवेदनमा अध्यक्षको राजीनामा र नेतृत्वबाट हटाउने विषय छैन–सचिव बस्नेत News Polar एमाले कार्यदलको सर्वसम्मत प्रतिवेदन तयार, नेतृत्व पुनर्गठनको विषय समावेश छैन News Polar सञ्चारकर्मीमाथि ओलीको आक्रोश : ‘माइक ल्याएर मुखमा नघोच्नुस्’ News Polar इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर News Polar बाढी प्रभावितलाई चिनियाँ सहयोग News Polar नेपाली आईटी कम्पनीलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्दै नास–आईटीको स्वीट्जरल्यान्डमा टेक रोडशो

पदक विजेता नेपाली बडिबिल्डरको भव्य स्वागत (तस्बिरहरु)

पदक विजेता नेपाली बडिबिल्डरको भव्य स्वागत (तस्बिरहरु)
अ+ अ-

काठमाडौँ । १५ औं वल्र्ड बडिबिल्डिङ एण्ड फिजिक स्पोर्ट्स च्याम्पियनसिपमा पदक विजेता नेपालका चार खेलाडीलाई बुधवार भव्य स्वागत गरिएको छ ।

माल्दिभ्समा भएको च्याम्पियनसिपमा नेपालका चार बडिबिल्डर रुजेश शाही, प्रज्वलमान शाक्य, रजनी श्रेष्ठ र समन मुलगुठीले नेपाललाई रजत पदक दिलाएका थिए ।

यस च्याम्पियनसिपमा नेपालका ६ बडिबिल्डरले प्रतिष्पर्धा गरेका थिए । तीमध्ये चार जना पदक जित्न सफल भए । नेपाल शारीरिक सुगठन तथा फिटनेस महासंघले बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गर्यो । महासंघका सचिव दिनेश राजभण्डारीलगायत पदाधिकारी, खेलाडी र पदक विजेताका परिवारले उनीहरूलाई बाजागाजासहित भव्य स्वागत गरेका हुन् ।

बडिबिल्डिङ एशोसिएशन अफ माल्दिभ्सको आयोजनामा मालेमा शुक्रवार भएको च्याम्पियनसिपमा नेपालले चार पदक जितेको हो । प्रज्वलमानले मास्टर्स ४०–४९ उमेरसमूहका ८० केजीमुनि तौलसमूहमा रजत जितेका हुन् । यसमा १० जना प्रतिद्वन्द्वी थिए । रुजेशले ६० केजी र रजनीले ५५ केजीमाथि नेपाललाई रजत दिलाएका थिए । सनमले भने स्विम सुट एभेन्टमा रजत पदक जितेकी हुन् ।

त्रिुभवन विमानस्थलमा पदक विजेता रजनीले घरपरिवारलाई मनाएर आउनुपर्ने भएकाले पुरुषको तुलनामा महिलालाई बडिबिल्डङमा प्रतिस्पर्धा गर्न सहज नहुने बताइन् । ५/६ महिनाको तयारीलाई ४ देखि ६ मिनेटभित्र आफ्नो पोज देखाउन सहज नरहेको उल्लेख गरिन् ।

अर्की पदक विजेता सनम मूलगुठीले आफ्नो देशलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउनु नै गर्वको क्षण रहेको बताइन् । विदेशी भूमिमा झण्डा फरफराउँदा आफू धेरै खुशी रहेको उनको भनाइ थियो ।

स्वागत कार्यक्रममा महासंघका सचिव दिनेश राजभण्डारीले खेलाडीको तयारी र सहभागिताका बारेमा जानकारी दिएका थिए । प्रतियोगितामा नेपालका ६ बडिबिल्डरले प्रतिष्पर्धा गरिरहेका गरेका थिए । ललित धिमाल, रजित आचार्यले प्रतिस्पर्धा गरे पनि पदकविहीन भए । कुल ४१ राष्ट्रका ३०० जना खेलाडीले च्याम्पियनसिपको ५२ वटा विधामा प्रतिस्पर्धा गरेका थिए ।