२० मंसिर २०८२, शनिबार
,
Latest
दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालको विकास प्रयासमा अष्ट्रेलियाले सघाउने



अ+ अ-

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीसँग नेपालका लागि अष्ट्रेलियाका राजदूत लियान जोन्स्टनले शिष्टाचार भेट गर्नुभएको छ ।

मन्त्री भणडारीको कार्यकक्षमा आज भएको भेटमा उहाँहरूबीच नेपाल–अष्ट्रेलिया सम्बन्धका साथै आपसी हित र चासोका विविध विषयमा छलफल भएको उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

सन् १९६० मा नेपाल र अष्ट्रेलियाबीच कूटनीतिक सम्बन्ध स्थापना भएयता पारस्परिक मैत्री, सहयोग र साझेदारी प्रगाढ बनेको चर्चा गर्दै मन्त्री भण्डारीले जनस्वास्थ्य, जीविकोपार्जन र मानव संसाधन विकासलगायत क्षेत्रमा अष्ट्रेलियाबाट प्राप्त सहयोगप्रति कृतज्ञता ज्ञापन गर्नुभयो ।

सन् २०२६मा नेपाल अतिकम विकसित देशबाट विकासशील राष्ट्रमा स्तरोन्नति हुन लागेको सन्दर्भमा नेपाललाई थप वैदेशिक सहयोग आवश्यक पर्ने भएकाले त्यसतर्फ राजदूत जोन्स्टनको ध्यानाकर्षण गराउनुभयो ।

राजदूत जोन्स्टनले मन्त्री भण्डारीद्वारा व्यक्त चासोप्रति सकारात्मक जवाफ दिनुभएको थियो । साथै उहाँले नेपालको विकास प्रयासमा सघाउन तथा अष्ट्रेलिया–नेपाल सम्बन्ध विस्तारका निम्ति आफू प्रतिबद्ध रहेको बताउनुभयो । रासस