२० मंसिर २०८२, शनिबार
,
Latest
कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह पोखरालाई गुल्जार बनाउने ‘पोखरा सडक महोत्सव’ प्रथम राष्ट्रिय इनलाइन स्केट म्याराथनको उपाधि निमिषा र साम्देन लाई भ्याली पब्लिक बास्केटबलमा तेजस्वी र पारामाउन्ट विजयी महानगरपालिकाको लगानीमा ‘नारायण गोपाल-पेमला गीत गंगा भवन’ निर्माण : उपप्रमुख डंगोलबाट उद्घाटन इजरायलको ‘पूर्ण फिर्ता’ बिना गाजा युद्धविराम अधुरो हुने कतारका प्रधानमन्त्रीको भनाइ एनपिएलः रोसिङटनको अर्धशतकमा पोखरा आठ विकेटले विजयी अविश्वास बढेको छ, सुरक्षाका लागि सरकार जिम्मेवार हुनुपर्छः सभामुख घिमिरे अध्यक्ष ओलीबाट महाधिवेशन विशेष ई–बुलेटिन शुभारम्भ पार्टीको १५औँ महाधिवेशन र निर्वाचनको तयारी सँगसँगैः महामन्त्री थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रिय बीमा बोर्डका अध्यक्षको राजीनामा स्वीकृत



अ+ अ-

काठमाडौँ । सरकारले राष्ट्रिय बीमा बोर्डका अध्यक्ष डा गुणराज लुईटेलले पदबाट दिनुभएको राजीनामा स्वीकृत गरेको छ ।

कार्तिक २५ गते आईतवार बसेको मन्त्रीपरिषद्ले सो निर्णय गरेको हो । सोमवार सो मन्त्रीपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै नेपाल सरकारका प्रवक्ता समेत रहनुभएका सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले बिरामी भई काम गर्न नसक्ने व्यहोरासहित लोहनीले दिनुभएको राजीनामा स्वीकृत गरिएको बताउनु भयो । त्यसैगरी बैठकले भन्सार महशुल नियमावली, २०८१ र राहदानी (दोस्रो संशोधन) नियमावली, २०८१ पनि स्वीकृत गरेको छ । मन्त्रीपरिषद् विधेयक समितिबाट सुझावसहित आएका ती विधेयकहरु पनि मन्त्रीपरिषद बैठकले स्वीकृत गरेको मन्त्री गुरुङले बताउनु भयो ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री गुरुङले भन्नुभयो, कृषि विकासका लागि अन्तर्राष्ट्रिय कोषको आएएफएडी १३ रिप्लेनिसमेन्ट का लागि नेपालको सरकारको तर्फबाट ७५ हजार अमेरिकी डलर योगदान भुक्तानीय स्वीकृति प्रदान गर्ने । त्यो कोषमा हामीले अनुदान दिनुपर्ने थियो । त्यसैकारण यो निर्णय हामीले गरेको हो । नेपाल सरकार र स्विडेन बीच हुने बाईटेलरल एग्रिमेन्ट फर इन्गेजमेन्ट इन कोअपरेटिभ एप्रोचेज इन्भल्भभिङ इन्टरनेशनल्ली ट्रान्सफरेड मिटिगेशन आउटकम्स विषयक द्धिपक्षीय सम्झौता स्विकृत गर्ने र उक्त सम्झौतामा नेपाल सरकारको तर्फबाट समकक्षी मिलाई हस्ताक्षर गर्न वन तथा वातावरण मन्त्रालयलाई अख्तियारी प्रदान गर्ने । सहरी विकास मन्त्रालयसँग जोडिएको एउटा विषय छ ।

अछाम जिल्लाको साँझेबगर नगरपालिका वडा नम्बर ६ मा पर्ने साविक माष्टमाण्डौ गाविस वडा नम्बर १ मा जग्गा एकीकरण आयोजना संचालन गर्न स्विकृति प्रदान गर्ने निर्णय पनि भएको छ । त्यस्तै स्वास्थ्य विमा बोर्डको अध्यक्ष डा। गुणराज लोहनीले विरामीका कारण पेश गर्नुभएको राजीनामा स्वीकृत गर्ने निर्णय पनि भएको छ । त्यस्तै मन्त्रीपरिषद विधेयक समितिमा यस भन्दा अघिको मन्त्रीपरिषद बैठकले पठाएका दुई वटा नियमावलीहरु भन्सार महशुल नियमावली, २०८१ विधेयक समितिबाट छलफल भएर मन्त्रीपरिषदमा फेरि पेश भएको हुनाले त्यसलाई स्वीकृत गर्ने निर्णय पनि भएको छ । राहदानी (दोस्रो संशोधन) नियमावली, २०८१ लाई पनि सोही प्रक्रिया बमोजिम विधेयक समितिले आफ्नो सुझावसहित मन्त्रीपरिषद्ले पठाएको हुनाले सो नियमावली पनि स्वीकृत गरिएको छ ।

त्यसैगरी सरकारले कृषि विकासका लागि अन्तर्राष्ट्रिय कोषमा ७५ हजार अमेरिकी डलर अनुदान सहायता उपलब्ध गराउने निर्णय पनि गरेको छ । नेपाल सरकार र स्विडेनबीच हुने बाईटेलरल एग्रिमेण्ट फर इन्गेजमेण्ट इन कोअपरेटिभ एप्रोचेज इन्भल्भभिङ इन्टरनेशनल्ली ट्रान्सफरेड मिटिगेशन आउटकम्स विषयक द्विपक्षीय सम्झौता स्वीकृत गर्ने र उक्त सम्झौतामा नेपाल सरकारको तर्फबाट समकक्षी मिलाई हस्ताक्षर गर्न वन तथा वातावरण मन्त्रालयलाई अख्तियारी प्रदान गर्ने, अछाम जिल्लाको साँझेबगर नगरपालिका वडा नम्बर ६ मा पर्ने साविक माष्टमाण्डौ गाविस वडा नम्बर १ मा जग्गा एकीकरण आयोजना सञ्चालन गर्न स्वीकृति प्रदान गर्ने निर्णय पनि मन्त्रीपरिषद बैठकले गरेको छ ।