२० मंसिर २०८२, शनिबार
,
Latest
नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय
तपाईं के खोज्दै हुनुहुन्छ ?

मानव तस्करीमा होस् वा सहकारी हिनामिनामा संलग्न दुवैलाई कारबाही हुनुपर्छः गगन थापा



अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले अपराधिक कार्यमा संलग्न जो–कोहीलाई पनि कारबाही हुनुपर्ने बताएका छन् ।

आज गणेशमान सिंहको जन्म जयन्तीको श्रद्धासुमन व्यक्त गर्दै थापाले मानव तस्करीमा संलग्न होस् वा सहकारी हिनामिनामा संलग्न दुवैलाई कारबाही हुनुपर्ने प्रतिक्रिया दिएका हुन् ।

‘सहकारी प्रकरण होस् की जनप्रतिनिधि मानव तस्करीमा संलग्न रहेको प्रकरण होस्, यस्ता प्रकरणमा संलग्न सत्ताको नजिकको होस की टाढाको होस्, नयाँ होस् की पुरानो होस्, भिडको होस् की टाकुराको होस्, एक्लो होस् की शक्तिशाली होस् कानुन सबैको लागी बराबर हुनुपर्छ,’ सामाजिक सञ्जालमा महामन्त्री थापाले भनेका छन्, ‘गल्ती गर्नेले सजाय भोग्नुपर्छ। सबै कानुनी दायरामा आउनुपर्छ र सबैले आफ्नो भागको कानुनी दायित्व बोक्नुपर्छ।’

यस्तै, उनले विचार, आबद्धता वा पृष्ठभूमिको आधारमा नभई निष्पक्षताका आधारमा कारबाही हुनेमा आफू विश्वस्त रहेको पनि उल्लेख गरेका छन् । ‘कुनै पनि व्यक्तिलाई राज्यले सेलेक्टिभ ढंगले हेर्न पाइँदैन। यो विचार, आबद्धता वा पृष्ठभूमिको आधारमा हुने छनोटको विषय होइन, विधिको विषय हो,’ थापाले भनेका छन्, ‘म यो मान्यतामा अटल विश्वास गर्छु।’

साथै, थापाले पार्टी सरकारमा हुँदा वा प्रतिपक्षमा हुँदा आफ्नो उक्त मान्यता र विश्वास नबदलिने पनि जिकिर गरेका छन् ।