१४ श्रावण २०८३, बिहीबार
,
Latest
सुनसरी जाँदै गृहमन्त्री गुरुङ, झडपमा ज्यान गुमाएका मेहता परिवारसँग भेट्ने मधेस प्रदेशको वर्तमान परिस्थितिबारे कोशी र मधेसका सांसदसँग रास्वपा सभापति रवि लामिछानेको छलफल आपसी सद्भाव र राष्ट्रिय एकता कायम राख्न राष्ट्रपति पौडेलको अपिल सिरहाको गोलबजारस्थित एबी मलमा तोडफोडपछि आगजनी मधेसको सुरक्षा अवस्थाप्रति रास्वपा सांसद झाको चिन्ता, सरकारको सक्रियता पर्याप्त नभएको आरोप प्रदेश सरकार ‘सरकार’जस्ता नभई ‘ईकाई’ जस्ता भएः सिटौला स्थानीय तह निर्वाचन ‘गैरदलीय’ बनाउनु हुँदैनः अध्यक्ष दाहाल सरकार र डा. केसीबीचको सहमतिको विरोधमा निजी मेडिकल कलेजद्वारा रेसिडेन्ट चिकित्सकको स्टाइपेन्ड स्थगन मन्त्री यादवद्वारा शासकीय सुधारका १०० बुँदा कार्यान्वयनमा तीव्रता दिन निर्देशन सिरहाको गोलबजारमा प्रदर्शनका क्रममा गोली लागेर एक युवकको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

भिजिट भिसामा कुवेत उड्न लागेका २२ युवतीलाई विमानस्थल अध्यागमनले फर्कायो



अ+ अ-

काठमाडौं । भिजिट भिसामा कुबेत उड्न लागेका २२ जना युवतीहरु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फर्काइएका छन् ।

मानवतस्करीको आशंकामा विमानस्थल अध्यागमनबाट उनीहरु फिर्ता भएका हुन् ।

उनीहरु हिमालयन एयरलाइन्सको बिहीबार राति ९ः४५ को उडानबाट कुवेत जान लागेका थिए । दुबई हुँदै कुवेत जान लागेका उनीहरूसँग एकातिरको बोर्डिङ पास र अर्कातिरको भिसा भएको फेला परेपछि राति नै फिर्ता गरिएको बताइएको छ ।

उनीहरुसँग दुबईको भिसा र कुवेतको बोर्डिङ पास थियो । यद्यपि, घटनामा कोही पक्राउ परेका छैनन् । एकजना पुरुषलाई प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ गरि छाडेको छ ।