२ श्रावण २०८३, शनिबार
,
Latest
शान्ति प्रक्रिया र गणतन्त्र स्थापनामा डा पाण्डेको योगदान सदैव स्मरणीय रहनेछः संयोजक दाहाल राष्ट्रले एक प्रखर बौद्धिक व्यक्तित्व र लोकतन्त्रको सजग पहरेदार गुमायो : सभापति थापा साना नदीमा आकस्मिक बाढीको जोखिम जनकपुरधाममा गुठीको जग्गा लिजमा दिएपछि विवादः स्थानीय र ओशो ध्यान केन्द्रबीच रस्साकस्सी भारतको ओडिसामा धार्मिक उत्सवका क्रममा भागदौड, धेरै घाइते पाकिस्तानको उत्तर–पश्चिमी क्षेत्रमा सुरक्षा फौजको कारबाही, २४ लडाकु मारिए उच्च अदालत तुलसीपुरद्वारा लक्ष्यभन्दा बढी मुद्दा फछ्र्योट चीनको चोङकिङमा पहिरोः सात जनाको जीवितै उद्धार चीनको चोङकिङमा भीषण पहिरोः घरहरू पुरिए, सयौँ नागरिक फसेको आशङ्का अमेरिकाद्वारा इरान लक्षित पछिल्लो चरणको हवाई आक्रमण सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतीय क्रिकेटर इरफान पठान पनि फिल्म खेल्दै



अ+ अ-

मुम्बईः भारतीय क्रिकेटमा अलराउन्डर भूमिकामा देखिने गरेका क्रिकेटर इरफान पठान अब फिल्ममा खेल्ने भएका छन् । उनी कुनै हिन्दी फिल्ममा होइन, एक तमिल भाषाको फिल्मबाट डेब्यु गर्दैछन् ।

यस फिल्मका बारेमा उनले आफ्नो ३६औं जन्मदिनका अवसरमा गरेका हुन् । फिल्ममा उनको प्रथम तस्वीर रहेको पोस्टर पनि सार्वजनिक भएको छ । फिल्मको पोस्टरमा उनी निकै गम्भीर मुद्रामा देखिएका छन् । हुनतः भारतीय सिने उद्योगमा धेरै भारतीय क्रिकेटरले भूमिका निर्वाह गरिसकेका छन् ।

यस तमिल फिल्मको नाम कोब्रा राखिएको छ र यसमा इरफान पठानको नाम असलान यिलमाज हुनेछ । यहाँ उनी फ्रान्सेली इन्टरपोल अधिकारीको भूमिकामा रहेका छन् । यस फिल्ममा तमिल सुपरस्टार चियान विक्रम पनि रहने बताइएको छ । यसबाट के थाहा हुन्छ भने फिल्ममा विक्रमले नै मुख्य भूमिका निर्वाह गर्नेछन् र इरफानको भूमिका छोटो हुनेछ ।

केही मिडियाले विक्रमले यस फिल्ममा भारतीय जासुसको भूमिका निर्वाह गरेको बताएका छन् र उनी अलग अलग रुपरंगमा देखिने छन् । हाल यस फिल्मको सुटिङ भइरहेको छ । फिल्ममा केएस रवी कुमार, श्रीनिधि शेट्टी पनि काममा छन् ।

यो फिल्म अर्को वर्ष प्रदर्शन हुने अनुमान छ । (टाइम्स अफ इन्डिया)