काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप १८ सय ८८ जना कोरोनाका संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १५ सय ८ जना, भक्तपुरमा १ सय ३१ जना र ललितपुरमा २ सय २९ जना रहेका छन् ।
शुक्रबार देशभर थप ३ हजार ५ सय १७ जनामा कोरोना संक्रमण देखिएको छ भने कोरोनामुक्त भएर ४ हजार ९६ घर फर्किएका छन् ।











