२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
बजेटले निजी क्षेत्रलाई सम्बोधन गर्न सकेन, हामी फेरि भिड्छौँः उपाध्यक्ष डाँगी तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ? राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो राज्य सञ्चालकको सोच नफेरिएका कारण दलित समुदायको अवस्था बदलिएनः अध्यक्ष विश्वकर्मा बजेटमा आएका ऊर्जा क्षेत्रका व्यवस्था कार्यान्वयनमा जोड दिनुपर्छः इप्पान अध्यक्ष कार्की काठमाडौँ महानगरद्वारा सहकारी संस्थाले बहालमा लिएका घर/कोठा तथा फ्ल्याट १५ दिनभित्र खाली गर्न निर्देशन मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण मधेश प्रदेशका अर्थमन्त्रीसँग नाडाको भेटवार्ता, अटोमोटिभ क्षेत्रका नीतिगत विषयमा केन्द्रित छलफल ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय… सुनचाँदीको मूल्यमा सामान्य गिरावट, सुन तोलामा २०० र चाँदी ८५ रुपैयाँ घट्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल फेरि पनि अमेरिकासँग पराजित



अ+ अ-

नेपाल आईसीसी विश्वकप लिग–२ मा फेरि अमेरिकासँग पराजित भएको छ । गएराति अमेरिकाको डालासमा भएको खेलमा नेपालले अमेरिकालाई ३७ रनले हराएको हो ।

२८२ रनको लक्ष्य पाएको नेपालले १ बल बाँकी रहँदा सबै बिकेट गुमाएर २ सय ४४ रन मात्रै बनायो । नेपालका लागि सोमपाल कामीले उत्कृष्ट प्रदर्शन गरे । १० ओभरमा ५० रन खर्चेर २ विकेट लिएका सोमपाल ४० औँ ओभरको तेस्रो बलमा गुलसन झा आउट भएपछि क्रिजमा आएका थिए । सो समयमा नेपालको स्कोर १६२ रन थियो ।

उनले दीपेन्द्र सिंह ऐरीसँग मिलेर आठौँ विकेटका लागि ७३ रनको साझेदारी गरे। ४७ औँ ओभरमा भान साचलविकको बलमा आउट हुनुअघि उनले २७ बलमा ४६ रन जोडेका थिए । यसक्रममा उनले ४ चौका र २ छक्का प्रहार गरेका थिए ।

नेपालका अनिल शाहले ८० बलमा ५२ रनको योगदान गरे। ३८ बलमा ३१ रन जोडेको ऐरी अन्तिम विकेटको रूपमा नेत्रभालकरबाट आउट भए। सोमपाल भन्दा अघि धिमा गतिमा खेलिरहेका नेपालका कुशल मल्लले ५४ बलमा ३३ र कुशल भुर्तेलले ५१ बलमा २९ रन जोडे। आरिफ सेखले १३ बलमा २१ रन जोडेका थिए ।

अमेरिकाका सौरभ नेत्रभालकरले ९.५ ओभरमा ४७ रन खर्चेर ४ विकेट लिए । नोत्सु केनित्जे र भान साचलविकले समान २ विकेट लिए। हरमित ८ ओभरमा ४६ रन खर्चेर १ विकेट लिए। अलराउन्ड प्रदर्शन गरेका उनी म्यान अफ द म्याच बने ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको अमेरिकाले ८ विकेटको क्षतिमा २८१ रनको योगफल खडा गरेको थियो। अमेरिकाका लागि मोनान्क पटेलले ६७ तथा साइकेजा मतामेलाले ७५ रन जोडेका थिए। तर यी दुवै भन्दा हरमित सिंहले छिटो गतिमा रन बटुलेका थिए। उनले ४४ बलमा ५९ रन जोडे। उनको पारीमा ३ चौका र ३ छक्का समावेश थियो ।

नेपालका गुलसन झाले ३ विकेट लिए। तर उनी महंगा सावित भए। १० ओभरमा ८७ रन खर्चिए । करण केसीले आफ्नो दोस्रो ओभर पुरा गर्न पनि नभ्याउँदै समस्या आएपछि उनले १० बल मात्र फ्याँके। उनले यस क्रममा २ रन मात्र खर्चेका थिए । सन्दीप लामिछानेले १० ओभरमा ४८ रन खर्चेर २ विकेट लिए ।

जितसहित अमेरिका तालिकाको शीर्ष स्थानमा उक्लेको छ । १२ खेल खेलेका अमेरिका र क्यानडाको समान १६ अङ्क भए पनि अमेरिका रन रेटको आधारमा अघि छ । स्कटल्यान्ड १० खेलमा १३ अङ्क सहित तेस्रो, नेदरल्यान्ड्स ८ खेलमा १२ अङ्क सहित चौथो र नामिबिया १२ खेलमा १० अङ्क सहित पाँचौँ स्थानमा छन् । ओमान ९ खेलमा ८ अङ्क सहित छैटौँ, नेपाल ११ खेलमा ५ अङ्कसहित सातौँ तथा संयुक्त अरब इमिरेट्स ८ खेलमा २ अङ्कसहित पुछारमा छन् ।