८ पुष २०८२, मंगलवार
,
Latest
पोर्चुगल र रोमानिया पठाइदिने भन्दै ठगी गर्ने पक्राउ शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा राष्ट्रपतिसँग प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताको भेट सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ जेन–जी घटना जाँचबुझ आयोगद्वारा तीन उच्च पदस्थ अधिकारीमाथिको यात्रा रोक फुकुवा पेट्रोल छर्केर आगो लगाइ हत्या गरेको अभियोगमा पक्राउ नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार जेनजी आन्दोलनका सहिदः भ्रष्टाचार अन्त्यको भएको देख्ने छत्रमानको सपना राष्ट्रपतिसँग चीनका राजदूत सङको बिदाइ भेट एमाले निर्वाचनमा जान तयार भयो, ओलीको स्थानहदमा सरकार लचिलो बन्नसक्छः सञ्चारमन्त्री खरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

सांस्कृतिक पर्वलाई भाँड्ने खालका क्रियाकलाप हुनु हुँदैन : प्रधानमन्त्री



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सांस्कृतिक पर्वलाई भाँड्ने खालका क्रियाकलाप कसैले गर्न नहुने बताउनुुभएको छ ।

नेपाल संवत् नयाँ वर्ष ११४५ का अवसरमा आज मूल समारोह समितिले काठमाडौँको वसन्तपुरमा आज आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले कुनै यज्ञ चलिरहेका समयमा बाँदर आएर यज्ञ बिथोले जस्तै हाम्रा संस्कृतिक चाड र पर्वलाई बिथोल्ने प्रयास हुन नहुनेमा जोड दिनुुभएको हो ।

प्रधानमन्त्री ओलीले नेवारी संस्कृति र भाषा नेपालको एक समृद्धि संस्कृति र विशेष पहिचानको विषय बनेको चर्चा गर्दै नेपाल संवत्लाई कामकाजका भाषाका रुपमा प्रभावकारी कार्यान्वयन, राष्ट्रिय विभूति शंखधर साख्वाका विषयमा अध्ययन अनुसन्धान र कक्षा ९ र १० को ऐच्छिक विषयका रुपमा नेपाल भाषालाई पनि समावेश गर्ने जस्ता यस क्षेत्रका मागका विषयमा सरकारको ध्यान जाने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

उहाँले नेपाल संवत् मूल समारोह समिति आयोजनाका लागि सहयोगस्वरुप विगतमा आफूू हुँदा थालनी भएको र बीचका केही वर्ष रोकिएको रु १० लाखमा वृद्धि गरी यस वर्ष सरकारले रु १५ लाख रकम दिएको जानकारी पनि गराउनुुभयो ।

उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमानसिंह, सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वसुुब्बा गुरुङ, सङ्घीय सांसद् कृष्णगोपाल श्रेष्ठ, नेकपा (एमाले) का उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, काठमाडौँ महानगरपालिकाका उपप्रमुुख सुनिता डङ्गोललगायत सहभागी कार्यक्रममा प्रधानमन्त्री ओलीको भनाइ थियो, “सबै भाषा र संस्कृति हाम्रा हुन् । नेपाली माटोका यी भाषा र संस्कृतिको संरक्षणमा हामी सबै एक भएर लाग्नुपर्छ ।’’

प्रधानमन्त्री ओलीले यसअघि ललितपुरको मङ्गलबजार र भक्तपुरको नयाँ थिमीमा आयोजित नेपाल संवत् नयाँ वर्षका कार्यक्रममा पुुगेर शुुभकामना दिनुुभएको थियो ।