९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar कुलेखानी ड्याममा पानी बढे साइरन बजाएर पूर्वसूचना दिइने News Polar वर्षाका कारण फोहर व्यवस्थापन प्रभावित हुन सक्ने, घरमै राख्न महानगरको आग्रह News Polar कृष्णभीरमा वैकल्पिक सडकमाथि थपियो जोखिमः त्रिशूलीको कटानले नयाँ ट्रयाक पनि संकटमा News Polar विपद् प्रतिकार्यका लागि उच्च सतर्कता अपनाउन लुम्बिनी प्रदेश सरकारकाे आग्रह News Polar काठमाडौँ तथा भरतपुर जाने खण्डमा पहिरोः यातायात प्रभावित News Polar भोटेकोशी बाढी विश्वकै लागि पनि चेतावनी होः प्रधानमन्त्री News Polar बेनी–जोमसोम–कोरला सडकमा राति गाडी चलाउन नपाइने News Polar मकवानपुरको सिमातखोलाले बगाउँदा स्याङ्तानको मृत्यु News Polar महिला कबड्डीमा नेपाललाई कम्तीमा कांस्य पदक पक्का News Polar बालेनको राष्ट्रसंघ सम्बोधनको अन्तरवस्तु र प्रस्तुती सही छ : बाबुराम भट्टराई News Polar ‘राष्ट्रसंघमा जलवायु न्यायको मुद्दा उठाउनु सकारात्मक, अब देशभित्र गृहकार्य आवश्यक’ News Polar बालेनको राष्ट्रसंघ सम्बोधनबारे बाँस्कोटा : ‘देशको भावना बोले’ News Polar यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल News Polar लगातार वर्षापछि तीन राजमार्गमा यातायात रोक, त्रिभुवन राजपथ सुचारु News Polar शाहको राष्ट्रसंघ सम्बोधनलाई योगेश भट्टराईले दिए सकारात्मक प्रतिक्रिया News Polar वर्षाको जोखिमलाई मध्यनजर गर्दै उच्च सतर्कतासहित तयारी अवस्थामा छौँः मन्त्री मेहता News Polar परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाका विदेशमन्त्री वोङबीच भेटवार्ता News Polar कालीगण्डकी करिडोर अवरुद्ध News Polar पहिरोले कान्ति लोकपथ अवरुद्ध News Polar पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडक बन्द

उपत्यकालाई संस्कृति र सभ्यताको आधुनिक सहर बनाउँछौं : राज्यमन्त्री मानन्धर

उपत्यकालाई संस्कृति र सभ्यताको आधुनिक सहर बनाउँछौं : राज्यमन्त्री मानन्धर
अ अ+ अ-

काठमाडौं ।  शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले मध्यपहाडी लोकमार्ग अन्तरगत विभिन्न दश स्थानमा बन्न लागेको पूर्वाधारसहितको आधुनिक शहर निर्माणको कामलाई तिब्रता दिइएको बताउनुभएको छ । विश्व शहरीकरण दिवसका सन्दर्भमा आइतबार बिहान काठमाडौंको बालाजुमा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री मानन्धरले जनताको समृद्धिको सपनासँग जोडिएको आधुनिक र व्यवस्थित शहरीकरणका लागि सरकारले विभिन्न स्थानिय तहमा व्यवस्थित सहरीकरणको परिकल्पना गरिएको पनि मन्त्री मानन्धरले बताउनुभयो ।

राजधानी उपत्यकालाई आधुनिक शहरीकरणसँगै संस्कृति र सभ्यताको सुन्दर सहर बनाउन मन्त्रालयले गुरुयोजना बनाएको बताउँदै मन्त्री मानन्धरले राजधानीलाई आधुनिक र व्यवस्थित बनाउन थप योजना बनाइएको बताउनुभयो । मन्त्री मानन्धरले काठमाडौं शहरको दिर्घाकालिन व्यवस्थापनका लागि विभिन्न नदी किनार भएर करिडोर निर्माणलाई तिब्रता दिने र व्यवस्थित तथा आधुनिक पार्कीङ निर्माणका लागि स्थानिय तहसँग मन्त्रालयले समन्वय थालेको जानकारी पनि दिनुभयो ।

धोबीखोला तथा टुकुचाको व्यवस्थापनका लागि पनि आवश्यक काम भइरहेको बताउँदै जनताले महसुस गर्नेगरी काम भइरहेको बताउनुभयो । काठमाडौं उपत्यकाको समस्याको रुपमा रहेको फोहर व्यवस्थापनका लागि मन्त्रालयले बन्चरेडाँडा ल्याण्डफिल्ड साईट निर्माणलाई तिब्रता दिएको बताउँदै मन्त्री मानन्धरले अबको महिना दिनभित्रमा पहिलो फेजकी निर्माण सकिने बताउनुभयो । सुन्दर शहरका लागि फोहर व्यवस्थापन पहिलो सर्त भएको बताउँदै मन्त्री मानन्धरले पचासौं वर्षका लागि योजनासहित ल्याण्डफिल्ड सञ्चालनमा आउने बताउनुभयो ।

मन्त्रालयले प्रधानमन्त्रीको समृद्धिको परिकल्पना अनुसार नै निर्माणका कामलाई तिब्रता दिएको दाबी गर्नुभयो । नेपाल सरकारले अहिले देशका विभिन्न स्थानीय तहमा ७० वटा आधुनिक शहरको परिकल्पना गरि काम अघि बढाएको छ । मन्त्री मानन्धरले उपत्यकाको जनचाप कम गर्न र व्यवस्थित बसोबासका लागि राजधानी उपत्यकासँग जोडिएका स्थानमा वैकल्पिक सहर निर्माणलाई तिब्रता दिइने बताउनुभयो ।