५ असार २०८३, शुक्रबार
,
Latest
नेपालमा ढिला प्रवेश भयो मनसुन लेबनानमा इजरायली आक्रमणमा परी ४७ जनाको मृत्यु, ९७ घाइते इजिप्टमा आइतबार अमेरिका–इरान युद्धका मध्यस्थकर्ताबीच छलफल हुने इरानसँगको सम्झौताले नागरिकको अधिकारको मुद्दालाई सम्बोधन नगरेको विज्ञको भनाइ सामूहिक आवासका लागि पाँच करोड विनियोजन नेपाल राष्ट्र बैंकद्वारा तलब भत्तासम्बन्धी मार्गदर्शन जारी ठूलो र चर्को ध्वनि निकाल्ने एक हजार ३२९ मोटरसाइकल कारबाहीमा हेटौँडाका उद्योगबाट चार करोड बक्यौता संकलन रास्वपा प्रथम महाधिवेशनः उच्च प्राथमिकतामा सुरक्षा रसुवा भन्सारमा ईभी जाँचपास अनियमितता : १३ कर्मचारी निलम्बित, आयातकर्ता कम्पनीमाथि कारबाही प्रक्रिया
तपाईं के खोज्दै हुनुहुन्छ ?

आजको मौसमः यी स्थानहरुमा हल्का वर्षाको सम्भावना



अ+ अ-

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभरको मौसमको अवस्था जानकारी समेत गराएको छ । महाशाखाका अनुसार हाल प्रदेश न १, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेश देशका पहाडी भूभागमा आंशिक बदली र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ । यसैगरी, सोमबार दिउँसो प्रदेश न १ र कर्णाली प्रदेशमा आंशिकदेखि सामान्य बदली तथा वाग्मती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदुर पश्चिम प्रदेशका पहाडी क्षेत्र तथा प्रदेश न २ मा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।

भने, प्रदेश न १ र कर्णाली प्रदेशका थोरै स्थानहरुमा तथा गण्डकी प्रदेश, लुम्विनी प्रदेश र सुदुर पश्चिम प्रदेशका पहाडी भूभागका एक दुइ स्थानमा हल्का बर्षाको सम्भावना छ । यस्तै, राति प्रदेश १ को पहाडी भूभागमा आंशिक देखि सामान्य बदली तथा गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूर पश्चिम प्रदेशका पहाडी भूभागहरुमा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ । 

यता, प्रदेश न १ र कर्णाली प्रदेशका पहाडी क्षेत्रका एक दुइ स्थानमा हल्का बर्षाको सम्भावना छ ।