३ भाद्र २०८३, बुधबार
,
Latest
बालश्रम सम्बन्धी विधेयक अन्तर्राष्ट्रिय मापदण्ड अनुकूल छः श्रममन्त्री यादव भूकम्प पीडितको निजी आवास निर्माणबारे गृहमन्त्रीको ब्रिफिङः समस्या समाधानका लागि कार्यदल गठन जनसरोकारका मुद्दामा सरकार गम्भीर भएनः हर्कराज राई चमती आयोजना र सार्वजनिक पूर्वाधार व्यवस्थापनका लागि काठमाडौं महानगरद्वारा समिति गठन भारतीय स्थल सेनाध्यक्ष सेठ स्वदेश फिर्ता तस्बिरमा चीन : नेपाली फोटो पत्रकारको दृष्टिमा संस्कृति, प्रकृति र विकास बन्दुक बनाउने सामानसहित सात थान भरुवा बन्दुक बरामद शिक्षा ऐन विद्यार्थीकेन्द्रित र प्रविधिमैत्री बनाउन नेशनल प्याब्सनको माग ५० वर्षको नाडा : अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश कर्णालीका मुख्यमन्त्री शाहीले पाए विश्वासको मत
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरोना भाइइरसलाई जितेरआएपछि आफ्नो पहिलो खेलमै क्रिस्टियानो रोनाल्डोको दुई गोल



अ+ अ-

काठमाडौं । दुई हप्ता मैदानमा नछिरेका क्रिस्टियानो रोनाल्डोले मैदान फर्किएपछिको आफ्नो पहिलो खेलमै दुई गोल गरेका छन् । हिरो राति भएको खेलमा स्पेजियामाथि युभेन्टसले ४–१ को सहज जीत हासिल गर्न सफल भएको छ । खेलको १४ औं मिनेटमै युभेन्टसका लागि पहिलो गोल मोरातेले गरेका थिए । तर पहिलो गोलको अग्रता युभेन्टसको लागि लामो समयसम्म टिक्न सकेन र टि.पोबेगाले स्पेजियाका लागि पहिलो गोल गर्दै खेललाई बराबरीमा ल्याएको थियो ।

दुई हप्ता मैदानमा नछिरेका क्रिस्टियानो रोनाल्डोले खेलको ५६ औं मिनेटमा मैदान छिरेका थिए र मैदान छिरेको ३ मिनेटमै गोल गरेका थिए । त्यसपछि लगातार युभेन्टसको गोलको वर्षा भएको थियो । खेलको ६७ औं मिनेटमा र्याबिओटले गोल गरे । त्यसंगरी अन्तमा खेलको ७६ औं मिनेटमा क्रिस्टियानो रोनाल्डोले पुनः एक गोल गर्दै खेललाई ४–१ को जितमा सकाएका थिए । 

जीतसँगै १२ अंक बटुल्दै साबिक विजेता टोली लिगको तेस्रो स्थानमा उक्लेको छ । शीर्ष स्थानमा रहेको एसी मिलानभन्दा युभेन्टस ४ अंकले पछि रहेको छ । रोनाल्डो गत १३ अक्टुबरमा कोरोना पोजेटिभ पाइएका थिए । समयमा नगेटिभ रिजल्ट प्राप्त नगर्दा गत बुधबार च्याम्पियन्स लिगमा बार्सिलोनाबिरुद्धको खेल उनले गुमाएका थिए ।