१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित

प्रहरीद्वारा चाडपर्व लक्षित विशेष निगरानी

प्रहरीद्वारा चाडपर्व लक्षित विशेष निगरानी
अ अ+ अ-
काठमाडौँ । गृह मन्त्रालयले चाडपर्वलाई शान्तिपूर्ण बनाउन आवश्यक सुरक्षा योजना लागू गरी उच्च सुरक्षा प्रदान गर्न निर्देशन गरेको छ । सुरक्षा समितिले आवश्यक निर्णय गरी शान्ति सुव्यवस्थाको काम अघि बढाएका छन् ।
नेपाल प्रहरीले तिहार तथा छठ पर्व लक्षित विशेष निगरानी पनि बढाइसकेको छ ।  नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले तिहार तथा छठ पर्व लक्षित विशेष निगरानी बताउनुभयो ।  आगलागी, नाचगान, देउसीभैलो र जुवातासका कारण हुने हारजित र झैझगडा, मदिरा खाएर रातीमा होहल्ला गरेर समाजलाई नै प्रभावित पार्ने तथा आपराधिक घटना हुनसक्नेतर्फ मध्यनजर गरी सुरक्षामा उच्च निगरानी गरिएको उहाँले बताउनुभयो ।
देशैभरका जिल्लाका सुरक्षा समतिको बैठक बसेर जिल्लाको शान्तिसुरक्षाको अवस्थालाई मध्यनजर गर्दै देउसी भैलोको समय तोक्ने, हूल हुज्जत गर्ने समूहको निगरानी गर्ने,  मादक पदार्थ खाएर सवारीमा हिँड्ने हुनाले सडक जाँचलाई थप सदृढ पारिएको प्रहरीले जनाएको छ ।
प्रवक्ता कार्कीले भन्नुभयो, “पटाका र पटाकाजन्य पदार्थ विस्फोटक पदार्थका रुपमा रहेकाले कसैले पड्कायो हामी पनि पड्काउँ न त भन्ने हुनसक्छ, यो गतिविधि विस्फोटक पदार्थसम्बन्धी कसुरमा कारबाही हुन्छ । ओसारपसार भण्डारण बिक्री वितरण र प्रयोग सबैमा प्रतिबन्ध छ । तीन महिनादेखि १ वर्षसम्मको कैद सजायसम्म हुनसक्छ, क्षतिको क्षतिपूर्ति पनि भराइन्छ, त्यसैले यसमा भुलेर पनि कोही संलग्न हुनुहुँदैन ।”
अर्को सामाजिक सञ्जालमा उच्छृङ्खल कुराहरु राख्ने विषयमा पनि प्रहरीले अनुगमन बढाएको छ । उहाँले   भन्नुभयो, “प्रहरीलाई के थाहा हुन्छ र भन्ने उद्देश्यले विगतमा गरेको पाइयो । फौजदारी कसुर हुने भएकाले समयमै ध्यान दिनु हुन अनुरोध छ । हामी तपाईंहरुको तिहार शान्तिपूर्ण होस् भनेर खटिएका छौँ, शान्तिपूर्ण रुपमा तिहार मनाउन अनुरोध गर्छु ।”
उहाँका अनुसार तिहारमा प्राविधिक रुपमा निगरानी बढाइएको छ । भिडियो, साामाजिक सञ्जला, सिसिटिभीसहित सादा पोशाकमा प्रहरी परिचालन गरेर सुरक्षा निगरानी गरिरहको पनि प्रहरीले जनाएको छ ।
सवारी चालकको अवस्था हेर्ने र कारबाही भइरहेको छ । दसैँअघि नै सुरक्षा योजना सार्वजनिक गरिएको थियो । त्यही कार्यान्वयनमा रहेको छ । यसअघि नै सामाजिक सञ्जालबाट पनि सार्वजनिक आह्वान गरिएको छ । यसपालि तिहारमा ४८ हजारको हाराहारीमा प्रहरी परिचालन गरिएको बताउँदै प्रवक्ता कार्कीले कोही प्रहरीलाई बिदामा नपठाइने बताउनुभयो ।
“किरिया, बिरामीलगायत अत्यावश्यक काममा बिदामा पठाइन्छ, सामान्य अवस्थामा कोही प्रहरी बिदामा बस्दैनन्, सबै तिहार सुरक्षामा हुन्छन्, यो स्पष्ट निर्देशन नै छ”, उहाँले भन्नुभयो ।
यसपालि दसैँमा भन्दा केही यातायात सहज रहेको तर कच्ची सडक, निर्माणाधीन सडक भएकाले जोखिम रहेको छ । ती सडकहरुमा समेत निगरानी बढाइएको र सुरक्षा टोली नै परिचालन गरेर यातायात सहज पारिने जनाइएको छ ।
जथाभावी लापरबाहीपूर्ण तरिकाले, नशाको तालमा गाडी चलाउने अवस्थालाई पूर्णरुपमा निस्तेज पार्न सूक्ष्म निगरानी पनि भइरहेको छ । जुवा र जुवाजन्य गतिविधिमा कडा निगरानी गरिएको छ । गैरकानुनी गतिविधि गरेर हिरासतमा पुग्दा र अपराध मुद्दा लागेर तिहार नै नमिठो हुने हो की, कानुनी कारबाहीमा परिने हो कि, यसतर्फ ध्यान दिन कार्कीले अनुरोध गर्नुभएको छ ।
बढी भाडा लिने अवस्थाको अन्त्य गर्न पनि निगरानी गरिएको र त्यस्ता गतिविधि भए तत्काल प्रहरीमा खबर गर्न अनुरोध पनि गरिएको छ । सोही अनुसार ट्राफिक प्रहरी समेत परिचालित भएका छन् ।
उपत्यका सुरक्षामा उच्च निगरानी 
काठमाडौँ उपत्यका प्रहरीले उपत्यकाको तीन जिल्ला (काठमाडौँ, ललितपुर र भक्तपुर) का लागि एकीकृत रुपमा सुरक्षा योजना लागू गरी निगरानी बढाइएको छ ।
काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक विनोद घिमिरेले यसपाली दसैँ अघि लागू गरिएको चाडपर्व लक्षित सुरक्षा योजना लाभदायी देखिएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “आपराधिक घटना र दुर्घटनाबाट हुने क्षति कम भएको छ । तिहारमा पनि सोही अनुसारको सुरक्षा निगरानी गरिएको छ । संयुक्त सुरक्षा योजना लागू गरिएको छ  ।”
विस्फोटक पदार्थ भित्रिन नदिन उपत्यका भित्रिने नाकामा जाँचमा कडाइ, देउसीभैलोमा निगरानी स्थानीय प्रशासनसँग समन्वय गरेर ठाउँ जोखिम हेरेर सुरक्षाकर्मी परिचालन भएका छन् । जुवातास, अवैध मदिरा उत्पादन बिक्री रोक्न प्रहरी पूर्ण रुपमा परिचालन गरिएको छ ।
केही अघि मात्रै पटाका भित्र्याउने दुई जनालाई मुद्दा चलाइएको र उनीहरुबाट तीन बोरा पटाका बरामद गरिएको घिमिरेले बताउनुभयो । उपत्यकामा ५ हजारको हाराहारीमा सुरक्षाकर्मी परिचालित रहेको र आवश्यकता अनुसार रिजर्भ फोर्स तयार गरेर राखिएको पनि उहाँले बताउनुभयो ।
काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले चाडपर्वहरुको यस अवसरमा शान्ति सुरक्षामा असर पर्ने गरी सार्वजनिक स्थानमा होहल्ला एवम् झैझगडा गर्ने, मादक पदार्थको सेवन गरी पारिवारिक एवम् सामाजिक जनजीवन तथा सार्वजनिक मर्यादा र शान्ति खलल गर्नेलाई कानुन बमोजिम कारबाही गर्ने चेतावनी दिनुभएको छ ।
उहाँले जुवातास, लड्गुरबुर्जा खेल्ने÷खेलाउने, भुइँचम्पा, पटका, आतसबाजी जस्ता विपद् जोखिम निम्त्याउने तथा वातावरण प्रदूषण हुने विस्फोटक एवम् प्रज्वलनशील पदार्थको प्रयोग, ओसार पसार, विक्री वितरण गर्ने जस्ता कार्य नगर्न÷नगराउन पनि अनुरोध गर्नुभएको छ । उहाँले देउसी भैलोलगायतका सांस्कृतिक कार्यक्रमहरु मर्यादित, अनुशासित एवम् व्यवस्थित ढङ्गले सञ्चालन गर्न सार्वजनिक आह्वान नै गर्नुभएको छ ।
यस्तै अन्य जिल्लाले पनि सुरक्षा अवस्थालाई ध्यानमा राखेर आवश्यक निर्देशन र अनुरोध सार्वजनकि गरी तिहारलाई शान्तिपूर्ण बनाउन अनुरोध गरेका गृह मन्त्रालयले जानकारी दिएको छ ।
उपत्यका ट्राफिकको ठाउँठाउँमा जाँच अभियान 
काठमाडौँ उपत्यका ट्रफिक प्रहरीले चाडबाड लक्षित गरेरएक हजार पाँच सय ट्राफिक प्रहरी परिचालन गरी निगरानी गरिरहेको छ । १४ स्थानमा यात्रु सहायता कक्षा स्थापना गरिएको छ । ट्राफिक कम्युनिकेसन एप बनाइएको छ । त्यसमार्फत लामो दूरीमा दुईजना चालक राखेको छ कि छैन भनेर उपत्यकाको नाकामै निगारनी गर्न थालिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक उमाप्रसाद चतुर्वेदीले जानकारी दिनुभयो ।
उहाँका अनुसार त्यही एपमा प्रहरीले फोटो खिचेर हालेपछि ट्र्याक गर्न सकिनेछ । लागुपदार्थ सेवन ९लापसे० र मादक पदार्थ सेवन (मापसे)परीक्षणमा जनशक्ति थपेर कडाइ गरिएको छ ।
क्युआरटी र टिआरएस टोली परिचालन गरिएको छ, यो करिडोर व्यवस्थापनका लागि भएको उहाँले बताउनुभयो । उपत्यका भित्रिने १० नाकाहरुमा विशेष जाँच गर्न थालिएको छ ।
प्रहरी नायब महानिरीक्षक  भरतबहादुर बोहराकै कमाण्डमा २५ जना सहभागी कमाण्ड पोष्ट नै स्थापना गरी ट्राफिक व्यवस्थापनको काम गरिरहेको छ ।
जस्तोसुकै घटनाको ‘रेष्पोन्स’ दिनका लागि उक्त कमाण्ड पोष्ट निर्माण गरिएको हो । नियमित अनुगमन जारी रहेको तथा सम्मानजन व्यवहारमाथि समेत निगारनी भइरहेको उहाँले बताउनुभयो ।
यातायात सहज पार्ने प्रयास
तिहारमा घर जाने यात्रुका कारण केही दिनदेखि यातायातमा समेत चाप बढेको छ । तर पनि दसैँमा जस्तो सास्ती खेप्न भने नपर्ने नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले जानकारी दिनुभयो ।
“सडकको जोखिमपूर्ण अवस्था कायम हुँदाहुँदै पनि हामीले यात्रुलाई सहज रुपमा गन्तव्यमा पुर्याउनका लागि अहिले सवारी साधान थप गरेका छौँ, यसपालि ढुक्कले तिहार मनाउन जान पाउने वातावरण निर्माण गरेका छौँ”, उहाँले भन्नुभयो ।
दैनिक रुपमै यात्रुहरुले टिकट काटेर जानसक्ने अवस्था रहेको पनि उपाध्यक्ष सिटौलाले बताउनुभयो । उहाँले भन्नुभयो, “अग्रिम बुक गर्नुपर्ने बाध्यता छैन तर अग्रिम बुक गर्दा यातायात सिट व्यवस्थापनमा भने सहज हुनेछ ।” भाइटीकाकै दिनसम्म कोही यात्रुलाई अलपत्र पार्ने अवस्थामा यातायात व्यवसायी नरहेको उहाँले बताउनुभयो । नारायण ढुङ्गाना / रासस