७ पुष २०८२, सोमबार
,
Latest
कलामय बन्यो कुश्माको शताब्दी घर यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर निर्वाचन ७३ दिन बाँकी : यस्तो छ आयोगले तोकेको समानुपातिक तर्फ समावेशी समूहको प्रतिशत प्रधानमन्त्री कार्कीसँग रास्वपा सभापति लामिछानेको भेट,के भयो कुरा ? भारतलाई हराउँदै पाकिस्तानले जित्यो यू–१९ एसिया कप बढी धुवाँ फाल्ने सवारीसाधनका चालक कारबाहीमा त्रिवि दीक्षान्त समारोहः एकै विद्यार्थीलाई तीन पदक आगलागीमा परी बुहारीको मृत्यु, ससुरा घाइते निर्दलीय सरकारमा बसेर कुलमानले दल खोलेर कुकृत्य गरिरहेका छन्, तत्काल बर्खास्त गरियोस : साह पूर्वप्रधानमन्त्री खनाल र चिनियाँ राजदूतबीच भेटवार्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

रेड पान्डाको छालासहित पक्राउ



अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिका–२६ गोङ्गबु मित्रनगरस्थित सडकबाट वन्यजन्तु रेड पाण्डाको छालासहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बाग्लुङको वरेङ गाउँपालिका–३ घर भई काठमाडौँ महानगरपालिका स्वयम्भू बस्ने ४५ वर्षीय तारा थापा रहेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “प्रहरी वृत्त महाराजगञ्ज र प्रहरी प्रभाग गोङ्गबुबाट खटिएको प्रहरीले उनलाई दुईवटा रेड पाण्डाको छालासहित पक्राउ गरेको हो ।” उक्त सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी परिसरले जनाएको छ ।