२१ मंसिर २०८२, आईतवार
,
Latest
‘जेनजी’ प्रदर्शनका छुट घाइतेलाई परिचयपत्रका लागि सम्पर्कमा आउन सरकारको आग्रह ‘जेनजी’ आन्दोलनका अगुवाहरूले राखेका विषयमा सरकार सकारात्मक छः मन्त्री अर्याल ‘विभेदको भारी बोकेर क्याविन क्रु मेम्बरहरुले प्रभावकारी काम गर्न सक्दैनन्’ रसुवागढी विद्युत् गृह पुनः सञ्चालनमा सरकारले समयमै निर्वाचन गर्नेलगायत तीन कार्यभारसहित काम गरिरहेको छः अर्थमन्त्री खनाल हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य स्थगित ‘जेरी अन टप’ ले पार गर्यो ५१औँ दिन महिला भलिबल प्रतियोगिताको उपाधि पुलिसलाई मेलमिलाप विवाद समाधानको उपयुक्त विधि होः मुख्य न्यायाधीश कुँवर शिभालीले ग्राण्डस्लाम अष्ट्रेलियन ओपन खेल्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

कर्णाली याक्सले भित्रायो बाबर हायतलाई



अ+ अ-

काठमाडौं । हिमायलन विल्डर्स एण्ड इन्जिनियर्सको स्वामित्वमा रहेका कर्णाली याक्सले दोस्रो विदेशी खेलाडीको रुपमा हङकङका ब्याटर बाबर हायतलाई अनुबन्ध गरेको छ ।

बुधबार कर्णाली याक्सले आगामी नेपाल प्रिमियर लिग (एनपिएल)को लागि ३२ वर्षीय खेलाडीलाई भित्रायो । योसँगै दाया हाते ब्याटर बाबर हायतले आगामी लिगमा कर्णाली याक्सको प्रतिनिधित्व गर्नेछन् ।

बाबरले हङकङको लागि ७९ टी २० आई खेलमा एक हजार ९ सय १० रन बनाएका छन् । उनको स्ट्राइक रेट १३२।२७ छ । हङकङका लागि उनले दुई सतक र १० अर्धसतक बनाएका छन् । उनले सन् २०२४ मै नेपालविरुद्ध नै एक सय १० रन बनाएका थिए ।

बाबरको आगमनले टोली थप मजबुद भएको कर्णाली याक्सका प्रशिक्षक ज्ञानेन्द्र मल्लले बताए । ‘बाबर आजम निकै अनुभवी खेलाडी हुन् । उनको आगमनले टोली थप मजबुद भएको मानेको छु,’ प्रशिक्षक मल्लले भने । उनले नेपालमा धेरै खेल खेलिसकेका छन् । त्यो अनुभव एनपिएलमा देखिने आशा गर्छौँ ।’

कर्णालीले पहिलो विदेशी खेलाडीको रुपमा यसअघि पाकिस्तानका २८ वर्षीय अलराउन्डर मोहम्मद हुसैन तलातलाई अनुबन्ध गरिसकेको छ । तलातले पाकिस्तानबाट १८ टी–२० आई खेलेका छन् । जसमा ३९४ रन बनाएका छन् । उनले सन् २०१९ मा वेष्ट इन्डिजविरुद्ध खेल्दै टी २० आईमा डेब्यु गरेका थिए ।

कर्णाली याक्सको मार्की खेलाडीमा राष्ट्रिय टिमका अलराउन्डर सोमपाल कामी छन् ।

१५ मंसिरदेखि ६ पुससम्म हुने प्रतियोगिताको लागि कर्णाली याक्सले अक्सनबाट ‘ए’ श्रेणीमा राष्ट्रिय टोलीका गुल्शन झा, देव खनाल र नन्दन यावदलाई समावेश गरेको छ । त्यस्तै, ‘बी’ श्रेणीमा अर्जुन घर्तीसहित रित गौतम, मौसम ढकाल र भुवन कार्की छन् । ‘सी’ श्रेणीबाट दीपेन्द्र रावत र युनिशविक्रम सिंह ठकुरीसँगै दीपक डुम्रे छन् ।

कर्णालीले मंगलबार मात्रै हस्पिटालिटी पार्टनरमा होटल हिल्टनसँग सम्झौता गरिसकेको छ ।