१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित

विकास र वातावरण संरक्षणका काम सँगसँगै अगाडि बढाउनुपर्छः सञ्चारमन्त्री गुरुङ

विकास र वातावरण संरक्षणका काम सँगसँगै अगाडि बढाउनुपर्छः सञ्चारमन्त्री गुरुङ
अ अ+ अ-

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले विकास र वातावरण संरक्षणका काम सँगसँगै अगाडि बढाउनुपर्ने बताउनुभएको छ ।

नेपाल वातावरण पत्रकार समूह (नेफेज)को नवनिर्वाचित कार्यसमितिसँग आज मन्त्रालयमा भएको भेटमा उहाँले विकास निर्माण गर्दा वातावरण संरक्षणसँगै बहुसङ्ख्यक जनताको हित पनि हेर्नुपर्ने उल्लेख गर्नुभयो ।

सरकारका प्रवक्ता मन्त्री गुरुङले भन्नुभयो, “विकास निर्माण गर्दा केही रूख काट्नुपरे पनि त्यसको कैयौँ गुणा वृक्षरोपण गरेर विकासमा आउने बाधा अवरोध हटाउनुपर्छ । त्यसका लागि कानुनी व्यवस्था र कार्यान्वयनमा आवश्यक सुधार गर्न जरूरी छ ।”

कानुन देखाएर विकास निर्माणमा अवरोध गर्ने र आयोजनाका नाममा जथाभावी रूख कटान गर्ने दुवै कार्य उचित नभएको धारणा व्यक्त गर्नुभयो । मन्त्री गुरुङले पहिलेको तुलनामा नीतिगत रूपमा स्पष्टता आएको र कानुनी प्रावधानमा पनि सुधार भएको उल्लेख गर्नुहुँदै जलवायु परिवर्तनका मुद्दामा सचेतना बढे पनि प्रचलित नारामा बहकिएर चर्चा कमाउनेभन्दा काम गर्ने व्यक्ति कम भएको जिकिर गर्नुभयो । “नेपालको कार्बन उत्सर्जनमा नगण्य योगदान भए पनि जलवायु परिवर्तनका असरबाट बढी प्रभावित हुनुपरेको छ । यस विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले गत महिना संयुक्त राष्ट्रसङ्घको उच्चस्तरीय मञ्चमा प्रष्ट कुरा राखिसक्नुभएको छ”, उहाँको भनाइ थियो ।

मन्त्री गुरुङले जलवायु परिवर्तनले नेपालको वातावरणमा पारेको प्रभावलगायत विषयलाई अन्तर्राष्ट्रियकरण गरेर क्षतिपूर्तिका लागि विश्व जगत्लाई आह्वान गर्नुपर्नेमा जोड दिनुभयो । त्यस अवसरमा नेफेजका अध्यक्ष चन्द्रशेखर कार्कीले संस्थाको कामकारबाहीका बारेमा जानकारी गराउनुहुँदै नेफेजको कार्यालय भवनको निर्माणकार्य बाँकी रहेकाले त्यसमा थप सहयोगका लागि आग्रह गर्नुभयो । रासस