१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित

कुनै प्रभावमा नपरी जनसेवामा खटिन महानिरीक्षक अर्यालको निर्देशन

कुनै प्रभावमा नपरी जनसेवामा खटिन महानिरीक्षक अर्यालको निर्देशन
अ अ+ अ-

काठमाडौँ । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले कुनै प्रभावमा नपरी जनसेवामा खटिन नवनियुक्त सशस्त्र प्रहरी निरीक्षकहरूलाई निर्देशन दिनुभएको छ ।

सशस्त्र प्रहरी निरीक्षक १६औँ समूहको आधारभूत तालिम सम्पन्न गरेका अधिकृतको दीक्षान्त समारोहमा आज उहाँले राज्य, सङ्गठन र आम नागरिकको आशा र अपेक्षालाई पूरा गर्ने ढङ्गबाट कार्यसम्पादन गर्न कार्यक्षेत्रमा परिचालित हुन निर्देशन दिनुभयो ।

महानिरीक्षक अर्यालले भन्नुभयो, “विषम परिस्थितिमा मात्र नभई विपद् व्यवस्थापन, आकस्मिक खोज तथा उद्धार, हुलदङ्गा व्यवस्थापन, सीमा सुरक्षा, विशिष्ट व्यक्ति तथा महत्वपूर्ण प्रतिष्ठान सुरक्षा, औद्योगिक सुरक्षा, रेलवे सुरक्षालगायत राजस्व चुहावट नियन्त्रण जस्ता संवेदनशील जिम्मेवारीमा सिङ्गो सङ्गठन प्रभावकारी रूपमा परिचालित भइरहेको छ । यहाँहरूले यसमा थप भूमिका निर्वाह गर्नु हुनेछ ।”

त्यस अवसरमा आधारभूत तालिम सम्पन्न गरेका १६औँ समूहका ४५ अधिकृत दीक्षित भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको समुपस्थितिमा मातातीर्थस्थित राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठानमा आज आयोजित विशेष समारोहमा तीन महिला र ४२ पुरुष प्रशिक्षार्थी दीक्षित भएका हुन् ।

आधारभूत तालिमको प्रथम प्रवचन २०८० साउन १० गतेदेखि सुरु भएको थियो । प्रतिष्ठानका कार्यकारी निर्देशक एवं सशस्त्र प्रहरी नायब महानिरीक्षक कमल गिरीले तालिमका क्रममा सहभागीलाई तीन चरणमा विभिन्न विषयवस्तुबारे प्रशिक्षित गरिएको जानकारी दिनुभयो ।

पहिलो चरणमा ‘कन्भेन्सनल ट्याक्टिस’, व्यक्तिगत बन्दोबस्ती, कवाज, शारीरिक तालिम, नक्सा अध्ययन, हतियार तालिम, ‘फिल्ड क्राफ्ट’, ‘व्याटल क्राफ्ट’, फायरिङ, प्राथमिक उपचार तथा परम्परागत युद्धकला सिकाइएको थियो । सहभागीलाई विभिन्न क्षेत्रका २१ विशेषज्ञले प्रशिक्षण दिनुभएको थियो ।

दोस्रो चरणमा ‘अनकन्भेन्सनल ट्याक्टिस’, हुल तथा दङ्गा व्यवस्थापन, महत्वपूर्ण प्रतिष्ठान तथा विशिष्ट व्यक्ति सुरक्षा, ‘बेसिक पुलिसिङ’ सीप र साहसिक तालिम तथा तेस्रो चरणमा नेतृत्व, प्रशासन व्यवस्थापन, अपराध अनुसन्धान, ‘केस स्टडी’, पुस्तक समीक्षा, अनुसन्धान प्रस्तावना लेखनलगायत विभिन्न क्रियाकलापबारे जानकारी गराइएको कार्यकारी निर्देशक गिरीले जानकारी दिनुभयो । तालिमका दौरान स्थानीय इलाकामा पहिलो चरणमा तीन/तीन दिन तथा दोस्रो चरणमा पाँच दिनको बाहिरी अभ्यास र तेस्रो चरणमा छ दिनको ‘हाइब्रिड एक्सरसाइज’ सञ्चालन गरिएको थियो ।

समारोहमा प्रधानमन्त्री ओलीले तालिमका दौरान विभिन्न विधामा उत्कृष्ट भएका अधिकृतत्रय रमेश जोशी (डडेल्धुरा), वासुदेव मिश्र (नुवाकोट)र सुजन पोखरेल (स्याङ्जा)लाई पुरस्कार तथा प्रशंसापत्र प्रदान गर्नुभयो ।

दीक्षित सशस्त्र प्रहरी निरीक्षकलाई आआफ्ना अभिभावकले दज्र्यानी चिह्न प्रदान गर्नुभयो । तालिम पूरा गर्नुभएका सशस्त्र प्रहरी निरीक्षक आजैदेखि आआफ्नो कार्यक्षेत्रमा खटिनुभएको छ ।

त्यस अवसरमा आधारभूत तालिम सम्पन्न गरेका प्रहरी निरीक्षकबाट विभिन्न कवाज प्रदर्शन गरिएका थिए ।

प्रतिष्ठानबाट सशस्त्र प्रहरी सङ्गठनमा प्रवेश गरेका सकल दर्जालाई विभिन्न आधारभूत तथा उन्नत तालिम प्रदान हुँदै आएको छ । तालिममार्फत पेसागत ज्ञान, सीप तथा नेतृत्व विकास गरी अधिकृत तथा जवानमा सङ्गठनको आदर्श, मूल्य तथा मान्यताको दरिलो जग बनाउने उद्देश्यले प्रतिष्ठानको स्थापना भएको कार्यकारी निर्देशक गिरीले जानकारी दिनुभयो ।

समारोहमा गृहमन्त्री रमेश लेखक, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, लोकसेवा आयोगका अध्यक्ष माधव रेग्मी, मुख्यसचिव एकनारायण अर्याल, प्रधानसेनापति अशोकराज सिग्देल, गृह सचिव गोकर्णमणि दुवाडी, प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर, सशस्त्र प्रहरी महानिरीक्षक राजुअर्याललगायत उच्च पदस्थ व्यक्ति उपस्थित हुनुहुन्थ्यो । रासस