२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
कैलाली दुग्धजन्य पदार्थ बिक्रीबाट छ करोड सङ्कलन जलवायु एवं प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान प्रधानमन्त्रीको अभिव्यक्तिको विरोधमा नेविसंघको प्रदर्शन हिमालय एयरलाइन्सद्वारा काठमाडौँ–शेन्जेन सिधा उडान सुरु अभिनेता हमालले भने: ‘सीमापार अतिक्रमण’ र ‘राज्य–प्रायोजित भू–अतिक्रमण’ अलग विषय हाे निजी क्षेत्र बिना १० वर्षमा ३० हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य पूरा गर्न असम्भवः गणेश… कानून बनाएर मात्र न्यायधीशहरूको सम्पत्ति छानविन गरिनुपर्छ,नत्र प्रत्युत्पादक हुन्छः पूर्वप्रधानन्यायाधीश पराजुली प्रतिनिधिसभा सदस्य निर्वाचनलाई विश्वले अध्ययन गर्न लायक थियोः पूर्वप्रधानमन्त्री कार्की जनतासँगको सम्बन्ध पुनः मजबुत बनाउन आत्मसमीक्षा आवश्यक छ: महासचिव पोखरेल घट्यो सुनचाँदीको मूल्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेप्से परिसूचक २७ अङ्कले बढ्यो



अ+ अ-

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार, नेप्से परिसूचक २७ दशमलव ४१ अङ्कले उकालो लागेर दुई हजार छ सय ४५ दशमलव ३६ मा पुगेको छ ।

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक तीन दशमलव १४ अङ्कले उकालो लागेर चार सय ७२ दशमलव ९५ मा पुगेको छ । कारोबार भएका १३ वटै उपसमूहको शेयर मूल्यमा आज वृद्धि भएको छ ।

कूल एक करोड चार लाख १८ हजार नौ सय २६ कित्ता शेयर रु पाँच अर्ब ३४ करोड ४८ लाख नौ सय १२ मूल्यमा खरिद बिक्री भएको छ । नेप्सेका अनुसार, जानकी फाइनान्स र डोल्टी पावरको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ । रिभर फल्स पावर नौ दशमलव ५४,मेछ्याङ हाइड्रोपावर नौ दशमलव १३ र माया खोला हाइड्रोपावरका लगानीकर्ताले छ दशमलव ९९ प्रतिशतले कमाएका छन् ।

यस्तै, पिपल्स वर ६ दशमलव शून्य दुई, कालिञ्चोक दर्शन लिमिटेड चार दशमलव ३५,समृद्धि फाइनान्स कम्पनी तीन दशमलव ९६, विन नेपाल लघुवित्त दुई दशमलव ८९ र नेपाल एसबिआई बैंकका लगानीकर्ताले दुई दशमलव ६३ प्रतिशतले गुमाएका छन् ।