२७ मंसिर २०८२, शनिबार
,
Latest
अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ वर्तमान पाठ्यक्रममा परिमार्जन गर्न जरुरी छः मुख्यमन्त्री बानियाँ ‘सौन्दर्य व्यवसाय महिलाको आर्थिक सशक्तीकरणसँग गाँसिएको छ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

भ्रष्टाचारका बारेमा शून्य सहनशिलता :गृहमन्त्री लेखक



अ+ अ-

काठमाण्डौं: गृहमन्त्री रमेश लेखकले भ्रष्टाचारका बारेमा शून्य सहनशिलताको नीति अप्नाउने कुरामा अहिलेको सरकार प्रष्ट रहेको बताउनुभएको छ ।

सोमबार सिंहदरबारस्थित प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै गृहमन्त्री लेखकलले सरकार भ्रष्टाचार निवारण-नियन्त्रण, भ्रष्टाचारका बारेमा शून्य सहनशिलताको नीति अप्नाउने कुरामा सरकार प्रष्ट रहेको भन्दै त्यसलाई कार्यान्वयन गर्नका लागि भ्रष्टाचारलाई पुर्ण रुपमा निर्मूल गर्न कानुन र विधयेकहरु प्रस्तुत भएको धारणा राख्नुभयो ।

“ प्रस्तुत विधयेक चाँडो भन्दा चाँडो समितिबाट टुंगो लगाएर आउने अधिवेशनमा यो लाई पूर्णता दिने कुरामा समितिले काम गरिदेओस भन्ने सरकारका तर्फबाट आग्रह छ ।” गृहमन्त्री लेखकले भन्नुभयो–“ यी विधयेक प्राथमिकतामा छन्, तुरुन्त पारित गरेर कानुन बनाउनुपर्छ ।”

उहाँले आउँदो अधिवेशबाट पुर्ण रुपले पारित गरेर कार्यान्वयन गर्न र प्रचलनमा ल्याउन समितिले टुंगोमा पु¥याएर संघीय संसदको अधिवेशनमा प्रस्तुत गर्न आग्रह समेत गर्नुभयो ।

“ अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन र भ्रष्टाचार निवारण ऐन सम्वन्धी ऐन लाई समसायिक रुपले परिमार्जन र संशोधन गर्न विधयेकहरु प्रस्तुत गरिएका छन् ।” उहाँले भन्नुभयो–“ जुन सम्मानित समितिमा विचाराधीन रहेको अवस्था छ ।”