६ श्रावण २०८३, बुधबार
,
Latest
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै होः सभापति थापा अर्जुनधाराका अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै अनधिकृत रूपमा सीप परीक्षण र प्रमाणीकरण गर्ने संस्थाको कार्यालयमा सिलबन्दी हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु स्वास्थ्यसम्बन्धी ऐन संशोधनका मस्यौदामा सुझाव दिन आग्रह वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता एनआरएनए पोर्चुगलको नयाँ सदस्यता तथा नवीकरण खुला, १६ संयोजकमार्फत सदस्यता अभियान सञ्चालन थप छानबिनका लागि टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

वनमन्त्री शाहीले जैविक विविधता अन्तर्राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्नुहुँदै



अ+ अ-

काठमाडौँ । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले कोलम्बियामा जारी जैविक विविधता महासन्धिसम्बन्धी १६औँ अन्तर्राष्ट्रिय सम्मेलन (कोप–१६) लाई आज सम्बोधन गर्नुहुने भएको छ ।

वन वातावरण मन्त्रिस्तरीय बैठकमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उहाँ आइतबार त्यसतर्फ प्रस्थान गर्नुभएको थियो । कोलम्बियाको काली सहरमा यही अक्टोबर २६ देखि ३१ तारिखसम्म हुने सम्मेलनमा मन्त्री शाहीले आज र भोलि अक्टोबर २९ तारिखमा हुने उच्चस्तरीय बैठकलाई सम्बोधन गर्नुहुने कार्यक्रम छ ।

उहाँले ‘प्रकृति र शान्ति’ तथा ‘जैविक विविधता र वित्त’ विषयका दुई सत्रका छलफललाई सम्बोधन गर्नुहुनेछ । मन्त्री शाही यही कात्तिक १७ गते स्वदेश फर्कनुहुने कार्यक्रम छ । रासस