५ असार २०८३, शुक्रबार
,
Latest
नेपालमा ढिला प्रवेश भयो मनसुन लेबनानमा इजरायली आक्रमणमा परी ४७ जनाको मृत्यु, ९७ घाइते इजिप्टमा आइतबार अमेरिका–इरान युद्धका मध्यस्थकर्ताबीच छलफल हुने इरानसँगको सम्झौताले नागरिकको अधिकारको मुद्दालाई सम्बोधन नगरेको विज्ञको भनाइ सामूहिक आवासका लागि पाँच करोड विनियोजन नेपाल राष्ट्र बैंकद्वारा तलब भत्तासम्बन्धी मार्गदर्शन जारी ठूलो र चर्को ध्वनि निकाल्ने एक हजार ३२९ मोटरसाइकल कारबाहीमा हेटौँडाका उद्योगबाट चार करोड बक्यौता संकलन रास्वपा प्रथम महाधिवेशनः उच्च प्राथमिकतामा सुरक्षा रसुवा भन्सारमा ईभी जाँचपास अनियमितता : १३ कर्मचारी निलम्बित, आयातकर्ता कम्पनीमाथि कारबाही प्रक्रिया
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्रोत नखुलेको एक करोड रूपैयाँसहित तीन हुण्डी कारोबारी पक्राउ



अ+ अ-

काठमाडौँ । प्रहरीले काठमाडौँबाट स्रोत नखुलेको एक करोड रूपैयाँ सहित हुण्डी कारोबारमा संलग्न तीन जना पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोले जनाएअनुसार उनीहरूका साथबाट स्रोत नखुलेको एक करोड रूपैयाँ बरामद भएको छ । काठमाडौँको ओमबहाल चोकबाट बेलुका झापाका बिकास मित्तल र कमल मित्तल तथा पर्वतका गणेश पौडेललाई पक्राउ गरिएको प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोले जनाएको हो । 

मित्तलको पसलबाट ९९ लाख ८४ हजार नेपाली रुपैयाँ ८ सय अमेरिकी डलर बरामद गरिएको ब्युरोका डीआईजी सहकुल थापाले जानकारी दिए। उनीहरुको ओमबहालमा मोबाइलका विभिन्न पार्ट्सको पसल रहेको छ । उनीहरूले गैरकानुनी मानिएको हुण्डीको कारोबार गरेको प्रहरीको दाबी छ । पक्राउ परेकाहरूमाथि थप अनुसन्धान भइरहेको डिआईजी सहकुल थापाले बताए ।

नेपालमा १० लाख रुपैयाँभन्दा माथिको कारोबार बैंकबाट मात्रै गर्नुपर्ने प्रावधान छ ।