१२ श्रावण २०८३, मंगलवार
,
Latest
उद्योगी शेखर गोल्छा १ करोड धरौटीमा रिहा कर्णालीको मुख्यमन्त्री पदमा नेता शाहीको दाबी पेस धनगढीमा ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ को तयारी भारतद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई भ्रमणको निम्तो सञ्चारमन्त्री डा तिमिल्सिना र एनआरएनए प्रतिनिधिबीच भेटवार्ता : नेपालमा थप पुँजी र प्रविधि भित्र्याउने विषयमा… राधिका दासीद्वारा निष्पक्ष छानबिनको माग, न्याय सुनिश्चित गर्न सरकारसँग आग्रह देवानगञ्ज घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग गर्दै एमालेको सरकारलाई आग्रह लुम्बिनी प्रदेश सरकारबाट कांग्रेस बाहिरियो, पाँच मन्त्रीद्वारा सामूहिक राजीनामा सिन्धुली बहुमुखी क्याम्पसका विद्यार्थीले सञ्चालनमा ल्याए ‘रक्तसेवा डटकम’ पूर्वी जिल्लाका घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुनको मूल्यमा फेरी रेकर्ड, तोलाको कति पुग्यो?



अ+ अ-

काठमाडौँ । नेपाली सुनचाँदी बजारमा आइतबार सुनको मूल्यले पुनः नयाँ रेकर्ड बनाएको छ ।

लगातार बढिरहेको सुनको मूल्य आज प्रतितोला एक हजार चार सय रूपैयाँले बढ्दै हालसम्मकै उच्च विन्दुमा पुगेको हो ।

आज सुन प्रतितोला एक लाख ६७ हजार चार सय रूपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । पछिल्लो रेकर्डमा सुन प्रतितोला एक लाख ६६ हजार सात सय रूपैयाँमा कारोबार भएको थियो ।

शुक्रबार भने सुन प्रतितोला एक लाख ६६ हजार रूपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आईतबार चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला १५ रूपैयाँले बढ्दैदुई हजार ८५ रूपैयाँ पुगेको महासंघले जनाएको छ ।