४ पुष २०८२, शुक्रबार
,
Latest
कमजोर खर्च व्यवस्थापन र सुशासन सरकारको मुख्य चुनौतिः उद्योगमन्त्री सिन्हा पौष कृष्ण औँसीः गोकर्णेश्वर उत्तरगयामा श्राद्ध गर्नेको घुइँचो अर्थमन्त्रीको आश्वासनः क्षतिग्रस्त भवन पुनर्निर्माणका लागि संघ सरकारले सहयोग गर्छ दब्ल्याङको पहिरो नियन्त्रण गर्न सुरु मुस्ताङको चैले र चराङमा ३३ केभिए सवस्टेसन निर्माण सुरु रवि लामिछाने छुट पुर्जी लिन भैरहवा जाँदै नेपाल–भारत पर्यटन साझेदारी सुदृढ गर्ने लक्ष्यसहित पोखरामा इन्डिया–नेपाल टुरिजम मिट भोजपुरमा हिउँदे आलुमा डढुवाको सङ्क्रमण पाँच महिनामा चार सय ९६ घरेलु तथा साना उद्योग दर्ता धवलागिरिवासीको गुनासो : ‘हरियाली वनपाखा र हराभरा बगैँचा धुलाम्मे भए’
तपाईं के खोज्दै हुनुहुन्छ ?

रुसले युक्रेनमा फेरि आक्रमण गर्यो, पाँच जनाको मृत्यु



अ+ अ-

एजेन्सी । युक्रेनमा शनिबार भएको रूसी क्षेप्यास्त्र आक्रमणमा पाँच जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् । अधिकारीका अनुसार आक्रमणमा डिनिप्रो सहरमा एक बालकसहित तीन जनाको मृत्यु भएको थियो भने किभ र वरपरको क्षेत्रमा भएको आक्रमणमा एक किशोर र अर्का एक व्यक्तिको मृत्यु भएको थियो ।

डिनिप्रो सहरमा भएको आक्रमणमा परी १९ जना घाइते भएको तथा उक्त स्थानका भवनहरू क्षतिग्रस्त भएको मध्य डिनिप्रोपेट्रोभस्क क्षेत्रका गभर्नर सेर्गी लिसाकले बताउनु भएको छ ।

लिसाकले सामाजिक सञ्जालमा सेयर गरेका तस्बिरहरूमा उद्धारकर्ताहरू भग्नाबशेषमा उद्धारको काम गरिरहेको र अस्पतालको कोठाको झ्याल उडेकोे देखाइएको छ । उहाँका अनुसार आठ जना घाइतेहरुलाई उपचारका लागि अस्पतालमा भर्ना गरिएको छ ।

रूसले निरन्तर रुपमा किभसहित युक्रेनी सहरहरूमा घातक ड्रोन तथा क्षेप्यास्त्र आक्रमण गरिरहेको छ । मस्कोले ऊर्जा पूर्वाधार केन्द्रित आक्रमण बढाउदा किभले आफ्ना सहयोगीहरूबाट अझ बढी हवाई सुरक्षाको माग्दै आएको छ ।