१० कार्तिक २०८१, शनिबार
,
Latest
नेपाली जहाँ पुुग्छ, त्यहाँ जागरणको बत्ति बाल्छ : प्रधानमन्त्री राजनीतिक प्रतिशोधविरुद्ध रास्वपाको मौन प्रदर्शन – फोटोफिचर ‘राष्ट्रको प्रतिष्ठा वृद्धिमा खेलकुद क्षेत्रको भूमिका महत्वपूर्ण हुन्छ’ अन्तर्राष्ट्रिय बजारमा तयारी चियाको माग बढी, उत्पादनमा कमी गैरआवासीय नेपालीलाई अध्यक्ष ढकालको आग्रह‐ विदेशको ज्ञान, सीप र पुँजी नेपाल भित्र्याउनुहोस् रुसले युक्रेनमा फेरि आक्रमण गर्यो, पाँच जनाको मृत्यु एल क्लासिको आज, रियल र बार्सिलोना आमनेसामने हुँदै इजरायलद्वारा इरानमा क्षेप्यास्त्र आक्रमण नेपालले जलवायुजन्य क्षतिपूर्तिका लागि प्रविधि, ज्ञान र वित्तमा जोड दिनुपर्दछः न्यायाधीश प्रधान जलवायुजन्य मुद्दाको नेतृत्व नेपालले गर्नुपर्छः प्रधानमन्त्री ओली
तपाईं के खोज्दै हुनुहुन्छ ?

अफगान महिला र बालिकाको अवस्थाप्रति समिति चिन्तित



CEDAW (TBC) Event entitled ÒCommemoration of the 40th anniversary of the Convention on the Elimination of All Forms of Discrimination against WomenÓ (co-organized by UNFPA, OHCHR and UN Women and co-sponsored by the Permanent Mission of Trinidad and Tobago and the Permanent Mission of Nigeria)
अ+ अ-

काठमाडौँ । अफगानिस्तानका महिला तथा बालिकाको अवस्थाप्रति चिन्ता व्यक्त गर्दै महिला विभेद उन्मुलनसम्बन्धी राष्ट्रसङ्घीय समिति (सिइडिएडब्ल्यू)ले उनीहरुको शिक्षा, रोजगारी, आवागमन, सार्वजनिकस्थलमा उपस्थितिलगायत आधारभूत मानव अधिकार सुनिश्चित हुनुपर्नेमा जोड दिएको छ ।

सिइडिएडब्ल्यूका सदस्य एवं अफगानिस्तान मामिला प्रमुख बन्दना राणाले शुक्रबार जेनेभास्थित राष्ट्रसङ्घीय मानव अधिकार परिषद्को प्रधान कार्यालयमा भएको बैठकमा महिला हकअधिकारका सम्बन्धमा सिइडिएडब्ल्यू निर्धारण गरेका मान्यताको पालना गर्न अफगान सरकार तथा नागरिक समाजलाई निर्देशन दिनुभएको छ ।

लैङ्गिक अधिकार सुनिश्चित गर्ने हिंसा एवं त्रासरहित वातावरणमा महिला तथा बालबालिकाको पठनपाठन एवं रोजगारीको अधिकार प्रत्याभूत गर्न र विगतमा व्यक्त प्रतिबद्धता पालना गर्न समितिले निर्देशन दिएको हो ।

समितिले अफगानिस्तानसम्बन्धी चौथो आवधिक प्रतिवेदन तयारी थालेको र त्यसबाट महिला तथा बालिकाहरुको वास्तविक स्थितिबारे जानकारी हासिल गर्न मद्दत पुग्ने विश्वास समितिले व्यक्त गरेको छ । रासस