९ कार्तिक २०८१, शुक्रबार
,
Latest
कालिकोटमा राप्रपाको आमसभा सम्पन्न, जसपा नेपालका जिल्ला अध्यक्ष राप्रपामा प्रवेश जलवायु परिवर्तनको प्रतिकुल प्रभावले समग्र राष्ट्रको सुरक्षामा असर पार्नेछः प्रधानसेनापति सिग्देल चीनको सहयोगमा ललितपुरको ठाडोढुंगामा नुहाउने घरको निर्माण लिग–२ः नेपाल, अमेरिका र स्कटल्यान्ड सम्मिलित सिरिज आजदेखि सडकबाट अवाञ्छित गतिविधि गरी अमनचयनलाई खलल पुर्याउने काम उचित होइनः सत्ता गठबन्धन सरकार परिवर्तनको कुरा निरर्थक र भ्रमपूर्णः गृहमन्त्री लेखक मुस्ताङमा दुई विदेशी नागरिकको मृत्यु सत्तापक्षीय सात दलद्वारा संयुक्त वक्तव्य जारी (पूर्णपाठ) सहकारी ठगी प्रकरणमा नेचर हर्ब्सका सञ्चालक खनाल पक्राउ सुशान्त सिंह राजपूत आत्महत्या प्रकरणमा रिया चक्रवर्तीलाई ठूलो राहत
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुस्ताङमा दुई विदेशी नागरिकको मृत्यु



अ+ अ-

म्याग्दी । मुस्ताङको छुट्टाछुट्टै स्थानमा आज एक पर्यटक र एक तीर्थयात्री गरी दुई विदेशी नागरिकको मृत्यु भएको छ । थासाङ गाउँपालिका–२ थाङसारमा अमेरिकी नागरिक र वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–१ मुक्तिनाथमा भारतीय नागरिकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरी नायब उपरीक्षक सूर्यबहादुर बोगटीले थाङसारको होलिडे क्याम्प होटलको शयन कक्षमा अचेत अवस्थामा भेटिएका अमेरिकाका ६३ वर्षीय मिलो गोलसेगरलाई जोमसोम अस्पताल पु(याउँदा चिकित्सकले मृत घोषणा गरेको जानकारी दिनुभयो ।

मुक्तिनाथ मन्दिर दर्शन गरी फर्कने क्रममा अचानक बेहोस भई लडेकी भारतको महाराष्ट्र मुम्बई अँधेरी वेष्ट वर्सोवा पिनकी ६९ वर्षीया शारदा महादेव लगडेलाई पनि जोमसोम अस्पताल ल्याउँदा चिकित्सकले मृत घोषणा गरेको प्रनाउ बोगटीले बताउनुभयो ।

मृतक दुवैको शव परीक्षणका लागि जोमसोम अस्पतालमा राखिएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । गोलसेर गिजरमा पानी तताएर नुहाउने क्रममा निस्सासिएर र लगडे लेक लागेर मृत्यु भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ ।