८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar भन्सार अधिकृतले सशस्त्र प्रहरी एसपीलाई धम्क्याएको अडियोबारे छानबिन गर्न सांसद संग्रौलाको माग News Polar भोटेकोशी बाढीपीडित क्षेत्रमा उद्धार तथा पुनःस्थापनाका लागि डुसान बोबक्याटद्वारा १० करोडभन्दा बढीका उपकरण सहयोग News Polar ओलीबिनाको एमाले किमार्थ सम्भव छैन : सूर्य थापा News Polar प्रश्तावित राजदुतहरूको संसदीय सुनुवाई प्रक्रिया शुरुः दशैँअगावै नियुक्ति टुंग्याउने समितिको तयारी News Polar खोलामा फसेको यात्रुवाहक बसबाट सबै यात्रुको सकुशल उद्धार News Polar एमाले सचिवालय बैठक सुरूः सांगठनिक सुदृढीकरण र राजनीतिक प्रतिवेदनमाथि केन्द्रित News Polar विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय बनाउने प्रयास नगर्न मन्त्री पुनको आग्रह News Polar सञ्चालक समितिका विशेषज्ञको योग्यता स्नातकोत्तर तह अनिवार्य गर्न तोषिमाको प्रस्ताव News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक समितिबाट सर्वसम्मत पारित News Polar विधि विज्ञान प्रयोगशालालाई ‘लर्निङ प्लेटफर्म’ बनाउन सांसद थापाको प्रस्ताव News Polar काभ्रेका १२ स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन News Polar संसद बैठकमा सांसदको उपस्थिति व्यवस्थित गर्न रास्वपाले तोक्यो समूहगत तालिका News Polar जुफालमा अवतरणका क्रममा सीता एयरको जहाजको पांग्रा बाहिरियो, सबै यात्रु सुरक्षित News Polar भारी वर्षाको सम्भावना: बिदाका दिन समेत स्वास्थ्यकर्मीलाई सम्पर्कमा रहन मन्त्रालयको निर्देशन News Polar नेपाल-आइसल्यान्ड परराष्ट्रमन्त्रीस्तरीय साइडलाइन भेटवार्ता News Polar प्रधानमन्त्री न्युयोर्कमा, भोलि सम्बोधन, नेपालले जलवायु न्याय माग्ने, साइडलाइन भेट नगर्ने News Polar जलवायु जोखिममा रहेका मुलुकबीच सुदृढ सहकार्य आवश्यक छः परराष्ट्रमन्त्री News Polar परराष्ट्रमन्त्री खनाल र जर्मनीकी आर्थिक सहयोग तथा विकासमन्त्री राडोभानबीच भेटवार्ता  News Polar तनहुँमा ११ हजार एक सय ३४ उद्योग News Polar बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा विस्तारमा प्रदेश सरकारको ध्यान

अयोध्यापुरीमा सुन्दर काण्डको सङ्गीतमय पाठ पारायण

अयोध्यापुरीमा सुन्दर काण्डको सङ्गीतमय पाठ पारायण
अ+ अ-

भरतपुर । चितवनको माडी नगरपालिकास्थित अयोध्यापुरीमा ‘नेपाली रामचरितमानस’ सुन्दर काण्डको सङ्गीतमय पाठपारायण गरिएको छ । अयोध्या अध्ययन अनुसन्धान तथा व्यवस्थापन समिति माडी र श्रीरामजानकी अनुसन्धान एवं अध्ययन मण्डल (श्री राम संस्था) अमेरिकाको संयुक्त आयोजनामा मङ्गलबार पाठपारायण गरिएको हो ।

पाठपारायणको सफलताको कामना गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले शुभकामना सन्देश पठाएका थिए  । ‘नेपाली रामचरितमानस’ सुन्दर काण्डको साङ्गीतिक पाठपारायणले अयोध्यापुरीमा निर्माण हुन लागेको रामधामको अभियानमा समेत सहयोग पुग्ने विश्वास लिएको प्रधानमन्त्री ओलीले बताएका छन् ।

“यस साङ्गीतिक पारायणले माडी अयोध्यापुरीमा निर्माण हुन लागेको रामधामको अभियानमा समेत सहयोग पुग्नेछ भन्ने मलाई विश्वास लागेको छ”, उनले पठाएको शुभकामना सन्देशमा भनिएको छ, “भौगोलिक तथा पुरातात्विक अनुसन्धान गरेर नै माडीको अयोध्यापुरीमा रामधाम निर्माणको कार्य अगाडि बढाइएको हो ।” रामधाम निर्माणपछि माडीको पर्यटन प्रवद्र्धन, प्राचीन सभ्यताको सम्वद्र्धनमा सहयोग पुग्ने उहाँको विश्वास छ । 

सोह्रौँ शताब्दीमा गोस्वामी तुलसीदासद्वारा अवधि भाषामा लिखित हिन्दूहरुको ग्रन्थ श्री रामचरितमानस पुस्तकलाई तुल्सीराम शर्माले नेपालीमा सम शैली र सम छन्दमा जस्ताको तस्तै पद्य अनुवाद गर्नुभएको हो ।  सोही ग्रन्थको सुन्दर काण्डको साङ्गीतिक पाठपारायण शुरु भएको हो ।

एक दिवसीय साङ्गीतिक कार्यक्रममा माडी नगरपालिकाका प्रमुख ठाकुरप्रसाद ढकालले धार्मिक सहिष्णुताको विकास र कला संस्कृतिको संरक्षण गर्नमा ‘नेपाली रामचरितमानस’ सुन्दर काण्डको साङ्गीतिक पाठपारायणले महत्वपूर्ण भूमिका खेल्ने बताए।

साङ्गीतिक पाठपारायणले प्रधानमन्त्रीको सक्रियतामा  अगाडि बढाइएको माडीमा रामधाम बन्ने योजनालाई पनि अगाडि बढाउन पहल गर्ने बताउँदै उनले माडीमा रामधामको निर्माणले समग्र माडी विकासमा सहयोग पुग्ने भएकोले सबैलाई सहयोग गर्नसमेत आग्रह गरे।

हरिहर सन्न्यास आश्रम देवघाटले ‘नेपाली रामचरितमानस’ नाम दिई उक्त पुस्तक प्रकाशनमा ल्याएपछि नेपाल र भारतसँगै विश्वका धेरै देशमा यसको पारायण थालिएको छ । अयोध्या अध्ययन अनुसन्धान तथा व्यवस्थापन समितिका संयोजक नारदमणि पौडेलको अध्यक्षतामा कार्यक्रम गरिएको थियो ।