१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar भोटेकोशी बाढी : प्रसनिसहित २५ प्रहरी अझै बेपत्ता, तीन जनाको शव फेला News Polar मतदाता सहभागिता बढाउन र बदर मत घटाउन दललाई प्रमुख निर्वाचन आयुक्त कार्कीको आग्रह News Polar नयाँबसपार्कमा यात्रु सहायता कक्ष स्थापना News Polar सभामुख अर्यालद्वारा संसदको कार्यसम्पादनको प्रशंसा, जलवायु मुद्दा प्राथमिकतामा राख्ने प्रतिबद्धता News Polar प्रतिनिधि सभाको दोस्रो अधिवेशन सम्पन्नः १४५ दिनमा १२ विधेयक पारित, विपद् व्यवस्थापनमा विशेष समितिको गठन News Polar टिपरले ठक्कर दिँदा एकको मृत्यु, पाँच जना घाइते News Polar राष्ट्रिय सभाको २१ औं अधिवेशन सम्पन्नः १४५ दिनमा ५२ बैठक, के–के भए उपलब्धि ? News Polar सात विधेयक दफावार छलफलका लागि संसदीय समितिमा पठाइयो News Polar धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँध पुनः खोलिँदै News Polar ओडारमा लुकाइराखेको अवस्थामा ३ थान भरुवा बन्दुक बरामद News Polar संसदको कार्यशैलीप्रति आचार्यको प्रश्न : ‘संसद बोल्ने मञ्च मात्र हो कि समाधान खोज्ने ?’ News Polar काठमाडौं क्लाइमेट विक २०२६ सुरु, जलवायु न्यायदेखि विश्वव्यापी कूटनीतिसम्म बहस हुने News Polar दुई तिहाइको दम्भले सुशासन ओझेलमा परेको एमाले मुख्य सचेतक मेचेको आरोप News Polar सरकारको ६ महिने कार्यकाल पूर्णतः असफल : झक्कुप्रसाद सुवेदी News Polar राष्ट्रपति पौडेलसमक्ष भाषा आयोगको वार्षिक प्रतिवेदन पेश News Polar राष्ट्रिय सभाको संवैधानिक अस्तित्व र संसद्को गरिमा सरकारले उपेक्षा गर्‍यो : कमला पन्त News Polar लालपुर्जा वितरण तिव्र, नापजाँच सकिएको ९ वर्षपछि धनुषाका १८६ स्ववासी परिवारले पाए लालपुर्जा News Polar असोज पहिलो १५ दिनको करदाता उपहार सार्वजनिक, लालबाबु साहले पाए १० लाख बम्पर News Polar करदाता प्रोत्साहन उपहारमा १६ जना विजेता, एक जनाले जिते १० लाख News Polar ‘डोजरे विकास’ ढाँचाले हिमाली पर्यावरण बिगार्‍योः सचेतक परियार

ऊर्जामन्त्री दीपक खड्काले सय दिनमा के–कस्ता काम गरे?

ऊर्जामन्त्री दीपक खड्काले सय दिनमा के–कस्ता काम गरे?
अ अ+ अ-

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयले सय दिनमा गरेका मुख्य मुख्य उपलब्धिहरु सार्वजनिक गरेको छ ।

बुधवार सिंहदरबारस्थित मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री दीपक खड्काले मन्त्रालयको नेतृत्व गरेको एक सय दिनमा मन्त्रालयबाट भए/गरेका कामहरुको मुख्यमुख्य उपलब्धि सार्वजनिक गरिएको हो ।

मन्त्रालयले ऐन, कानून तर्जुमा तथा संस्थागत पुनःसंरचनातर्फ सन् २०२३ देखि २०३५ सम्मको लागि गरिनुपर्ने कार्यहरु समेटेर “ऊर्जा विकास मार्गचित्र तथा कार्ययोजना २०८१” तयार गरी स्वीकृतिका लागि मन्त्रिपरिषद्मा पेश गरिएको जनाएको छ । त्यस्तै जलस्रोत र सिंचाई क्षेत्रमा अध्ययन, अनुसन्धान कार्यको लागि मापदण्ड तयार गरी स्वीकृत गरिएको तथा निर्माण कार्यको मापदण्ड तयार गरी स्वीकृतिको लागि मन्त्रिपरिषद् समक्ष पेश भएको जानकारी दिइएको छ । त्यसैगरी जल तथा मौसम विज्ञान नीति, २०८१ नेपाल सरकारबाट स्वीकृत भई कार्यान्वयनमा ल्याइएको पनि बताइएको छ ।

उपलब्धिहरुको बारेमा जानकारी दिँदै मन्त्रालयकी सचिव सरिता दवाडीले नेपालबाट बंगलादेशमा ४० मेघावाट विद्युत निर्यात गर्ने सम्बन्धी त्रिपक्षीय विद्युत विक्री सम्झौतामा हस्ताक्षर हुनु उपलब्धि भएको बताउनु भयो । त्यसैगरी आगामी सुखायामको विद्युत मागलाई मध्यनजर गरी ढल्केवर–मुजफ्फरपुर ४०० के.भी प्रशारण लाईनबाट २०० मे.वा. र टनकपुर–महेन्द्रनगर १३२ के.भी. प्रशारण लाईनबाट ३० मे.वा. आरटिसी विद्युत आयात गर्ने भारतसँग विद्युत खरिद सम्झौतामा हस्ताक्षर भएको पनि उहाँले जानकारी गराउनु भयो । २२०/१३२/३३ के.भी. चिलिमे हब जिआईएस सबस्टेसन र २२०/१३२/३३ के.भी. त्रिशुली हब हाइब्रिड जिआइएस् सबस्टेसन गरी २ वटा सबस्टेसनहरु निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याइएको उहाँले उल्लेख गर्नुभयो ।

त्यसैगरी, मध्यभोटेकोशी जलविद्युत आयोजना बाट बाह्रबिसे सबस्टेसन सम्मको ४ कि.मी.को २२० के.भी. सिंगल सर्किट प्रशारण लाईन निर्माण सम्पन्न भएको, ढल्केबर–इनरुवा ४०० के.भी. प्रशारण लाईन र ढल्केबर–लोहारपट्टि १३२ के।भी। प्रशारण लाइन एवं १३२/३३/११ के.भी. सबस्टेसन (जम्मा ८२.५ एमभिए) निर्माण सम्पन्न भई सञ्चालनमा आएको र चिलिमे–त्रिशुली २२० के.भी. प्रसारण लाईन (२८.१ कि.मी, डबल सर्किट÷ मल्टिपल सर्किट) को निर्माण कार्य सम्पन्न हुने चरणमा रहेको उहाँले जानकारी दिनुभयो ।

सचिव दवाडीकाअनुसार थप २३४.५ एम.भि.ए. क्षमताको (वुर्तिवाङ ४६ एम.भि.ए. वाग्लुङः पौडीअमराइ ४६ एम.भि.ए. गुल्मी, लोहारपट्टी ८२.५ एम.भि.ए. महोत्तरी, मलेखु ६० एम.भि.ए.धादिङ) नयाँ सबस्टेशनहरुको निर्माण कार्यलाई तिब्रता दिईएको छ । त्यसैरी रसुवा जिल्ला स्थित १११ मे.वा. क्षमताको रसुवागढी जलविद्युत आयोजना, सिन्धुपाल्चोक जिल्ला स्थित १०२ मे।वा।को मध्य भोटेकोशी जलविद्युत आयोजना र रसुवा जिल्ला स्थित ४२.५ मे.वा. क्षमताको सान्जेन जलविद्युत आयोजनाको निर्माण कार्य सम्पन्न भई संचालनमा ल्याउने कार्य अन्तिम चरणमा रहेको पनि जानकारी गराइएको छ ।

वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रमार्फत ३२.४ किलोवाट बराबर क्षमताको सौर्य खानेपानी तथा सिंचाई पम्प जडान कार्य सम्पन्न भएको पनि उहाँले बताउनु भयो । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रमार्फत सुस्ता गाउँपालिकामा १०० किलोवाट क्षमताको सौर्य मिनी ग्रिडबाट उत्पादित विद्युुत राष्ट्रिय प्रशारण ग्रिडमा जडान गरी करिव ३०० घरधुरीमा विद्युत सेवा संचालन भएको पनि उहाँले जानकारी दिनुभयो । सचिव दवाडीले बाढी, पहिरो, डुवान जस्ता राष्ट्रिय विपद्को सामना समेत गर्नुपरेको भन्दै सोबाट प्रभावित विद्युत संरचनाको पुनः निर्माण एवम् मर्मत सम्भार तथा विद्युत सप्लाई सुचारु गर्ने कार्यमा मन्त्रालय र मन्त्रालय अन्तर्गतका सम्पूर्ण निकायहरु एकजुट भई परिणाममुखी पहलकदमी लिईएको बताउनुभयो ।
त्यसैगरी सिंचाइतर्फ कैलाली जिल्लामा अवस्थित रानी जमरा कुलारिया सिंचाइ योजनावाट १४,३०० हे। मा सिंचाई सुविधा पुगेको र ४.७१ मेघावाट क्षमताको विद्युत गृह सञ्चालनमा ल्याइएको बताइएको छ । त्यस्तै जलस्रोत तथा सिंचाई विभागबाट यस अवधिमा सतह तथा भूमिगत सिंचाइ मार्फत थप करिव २६६ हेक्टर जमिनमा सिंचित क्षेत्र बिस्तार गरिएको जानकारी गराइएको छ । सचिव दवाडीले देशका विभिन्न नदी तथा खोलाहरुमा जलस्रोत तथा सिंचाई विभागबाट करिव ५ कि।मि। तटवन्ध निर्माण कार्य सम्पन्न गरी करिव ४।५ हेक्टर जग्गा उकास भएको पनि बताउनु भयो । उहाँका अनुसार बाँके जिल्लामा अवस्थित सिक्टा सिंचाई प्रणाली (१६००० हेक्टर) र बबई सिंचाई प्रणाली अन्तर्गत पश्चिमी मूल नहरको डिजाइन, लागत अनुमान स्वीकृत भई स्रोत सहमतिको लागि अर्थ मन्त्रालयमा पेश भएको छ ।

सय दिनको अवधिमा ९२ वटा जलविज्ञान केन्द्रहरुको तथ्याङ्क प्रशोधन सम्पन्न गरी देशभर अतिजन्य मौसम र बाढी सम्बन्धी पूर्वसूचना प्रवाहको सहज उपलब्धता सुनिश्चित गर्दै तथ्यांकको गुणस्तरीयतामा उल्लेखनीय वृद्धि गरिएको बताइएको छ । त्यस्तै थप ४ वटा मानव सञ्चालित जल मापन केन्द्रहरूको स्तरोन्नति गरी पूर्ण स्वचालित केन्द्रको रूपमा सञ्चालनमा ल्याइएको सचिव दवाडीले जानकारि दिनुभयो ।