१८ आश्विन २०८३, आईतवार Sunday, October 4, 2026
१८ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar महाधिवेशन यात्राको सुरुवात हो, बलियो कांग्रेससहित अगाडि आउने छौँ : विश्वप्रकाश शर्मा News Polar कांग्रेसद्वारा ज्येष्ठ सदस्य मथुराप्रसाद श्रेष्ठलाई सम्मान News Polar लोकतन्त्रको विकल्प लोकतन्त्र मात्रै हुन सक्छ, यसमा कांग्रेसकै नेतृत्व हो : राजेन्द्र लिङ्देन News Polar कांग्रेससँग मिलेर लोकतन्त्रको रक्षा गर्न फेरि सहकार्य गर्ने समय आएको छ : शंकर पोखरेल News Polar राजनीतिक दलहरूलाई लिङदेनको चेतावनीः ‘देश अध्यारो सुरुङतर्फ जाँदैछ, निषेधको राजनीति त्यागेर राष्ट्रिय सहमति खोजौँ’ News Polar ‘नियन्त्रित लोकतन्त्र नेपाली जनताको नियति हुन सक्दैन’ : शरतसिंह भण्डारी News Polar २० वर्षभित्र नेपाललाई विकसित देश बनाउने योजना बनाउनुपर्छ : भट्टराई News Polar गगनले देशको नेतृत्व गर्न सक्छन्, मलाई विश्वास छ : रेशम चौधरी News Polar नियन्त्रित लोकतन्त्र नेपाली जनतालाई स्वीकार्य हुँदैन : शरतसिंह भण्डारी News Polar रेशम चौधरीको प्रश्न : गणतन्त्रसँगै हाम्रो पहिचान र धर्म किन साटियो ? News Polar दशौं राष्ट्रिय खेलकुद सर्दैन, ढुक्क हुनुस् : मन्त्री पोखरेल News Polar कांग्रेस हल्लाले होइन, त्याग र संघर्षले स्थापित भएको हो : राई News Polar भारतीय राष्ट्रिय कांग्रेस र नेपाली कांग्रेसबीच लोकतान्त्रिक सहकार्यको लामो इतिहास छ : अध्यक्ष खड्गे News Polar राजनीतिलाई पद प्राप्त गर्ने माध्यम होइन, राष्ट्रप्रतिको जिम्मेवारीका रूपमा बुझ्नुपर्छ : भण्डारी News Polar विदेशी राजनीतिक दल र नेताबाट कांग्रेस महाधिवेशनलाई शुभकामना News Polar स्थानीय तहमै पुगेर युवालाई रोजगारीसँग जोड्दै सीप तथा रोजगार मेला News Polar दाउन्ने बस दुर्घटनाः मामा भान्जाको निधनले एलगाउँवासी शोकमग्न News Polar बेत्रावतीको बेलीब्रिज दसैँअघि सञ्चालनमा आउने News Polar घिमिरेको प्रश्न– ‘अन्तिम पंक्तिमा उभिएको नागरिकको जीवन बदल्न सक्यौँ त ?’ News Polar काँग्रेसको १५ औँ महाधिवेशन केवल पद बाँडफाँटका लागि होइन, आत्मसमीक्षा र पुनर्जागरणको थलो बन्नुपर्छः उपसभापति भुसाल

केएल राहुलको बचाउ गर्दै गौतम गम्भीरले भने – सामाजिक सञ्जालले प्लेइङ–११ तय गर्दैन

केएल राहुलको बचाउ गर्दै गौतम गम्भीरले भने – सामाजिक सञ्जालले प्लेइङ–११ तय गर्दैन
अ अ+ अ-

एजेन्सी । भारतीय प्रशिक्षक गौतम गम्भीरले केएल राहुलको बचाउ गर्दै टोलीको प्लेइङ–११ सामाजिक सञ्जालबाट तय नहुने बताएका छन् ।

सामाजिक सञ्जाल विशेषज्ञहरूले के सोच्छन् त्यो महत्त्वपूर्ण नरहेको भन्दै व्यवस्थापनले के सोचेको छ त्यो महत्त्वपूर्ण हुने उनको भनाई छ । मुख्य प्रशिक्षकले यो पनि भने कि व्यवस्थापनले केएल राहुललाई समर्थन गर्नेछ ।

अक्टोबर २४ देखि पुणेमा हुने दोस्रो टेष्टअघि गम्भीरले मिडियासँग कुरा गर्दै थिए । उनलाई केएल राहुलको चयनको बारेमा सोधिएको थियो । बेंगलुरु टेस्टको २ इनिङ्समा राहुलले १२ रन मात्र बनाउन सके ।

पहिलो इनिङ्समा उनी शून्य रनमा आउट भएका थिए र भारतीय टोलीले त्यो खेल ८ विकेटले गुमाएको थियो ।
यसपछि सामाजिक सञ्जालमा केएल राहुलको आलोचना भइरहेको छ ।

ऋषभ पन्तको फिटनेसको बारेमा सोधिएको प्रश्नमा गम्भीरले उनी एकदम ठिक रहेको र भोलि विकेटकिपिङ गर्ने बताएका छन् ।

बेंगलुरु टेस्टका क्रममा पन्तको दाहिने घुँडामा बल लागेपछि उनले मैदान छाड्नुपरेको थियो । पन्तको स्थानमा ध्रुव जुरेलले विकेटकिपिङ गरेका थिए ।

न्यूजिल्याण्डसँगको ३ टेस्टको शृङ्खलामा भारतीय टोली १–० ले पछि छ । अक्टोबर १६ यता बेंगलुरुमा भएको पहिलो खेलमा टोली ८ विकेटले पराजित भएको थियो ।