१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar भोटेकोशी बाढी : प्रसनिसहित २५ प्रहरी अझै बेपत्ता, तीन जनाको शव फेला News Polar मतदाता सहभागिता बढाउन र बदर मत घटाउन दललाई प्रमुख निर्वाचन आयुक्त कार्कीको आग्रह News Polar नयाँबसपार्कमा यात्रु सहायता कक्ष स्थापना News Polar सभामुख अर्यालद्वारा संसदको कार्यसम्पादनको प्रशंसा, जलवायु मुद्दा प्राथमिकतामा राख्ने प्रतिबद्धता News Polar प्रतिनिधि सभाको दोस्रो अधिवेशन सम्पन्नः १४५ दिनमा १२ विधेयक पारित, विपद् व्यवस्थापनमा विशेष समितिको गठन News Polar टिपरले ठक्कर दिँदा एकको मृत्यु, पाँच जना घाइते News Polar राष्ट्रिय सभाको २१ औं अधिवेशन सम्पन्नः १४५ दिनमा ५२ बैठक, के–के भए उपलब्धि ? News Polar सात विधेयक दफावार छलफलका लागि संसदीय समितिमा पठाइयो News Polar धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँध पुनः खोलिँदै News Polar ओडारमा लुकाइराखेको अवस्थामा ३ थान भरुवा बन्दुक बरामद News Polar संसदको कार्यशैलीप्रति आचार्यको प्रश्न : ‘संसद बोल्ने मञ्च मात्र हो कि समाधान खोज्ने ?’ News Polar काठमाडौं क्लाइमेट विक २०२६ सुरु, जलवायु न्यायदेखि विश्वव्यापी कूटनीतिसम्म बहस हुने News Polar दुई तिहाइको दम्भले सुशासन ओझेलमा परेको एमाले मुख्य सचेतक मेचेको आरोप News Polar सरकारको ६ महिने कार्यकाल पूर्णतः असफल : झक्कुप्रसाद सुवेदी News Polar राष्ट्रपति पौडेलसमक्ष भाषा आयोगको वार्षिक प्रतिवेदन पेश News Polar राष्ट्रिय सभाको संवैधानिक अस्तित्व र संसद्को गरिमा सरकारले उपेक्षा गर्‍यो : कमला पन्त News Polar लालपुर्जा वितरण तिव्र, नापजाँच सकिएको ९ वर्षपछि धनुषाका १८६ स्ववासी परिवारले पाए लालपुर्जा News Polar असोज पहिलो १५ दिनको करदाता उपहार सार्वजनिक, लालबाबु साहले पाए १० लाख बम्पर News Polar करदाता प्रोत्साहन उपहारमा १६ जना विजेता, एक जनाले जिते १० लाख News Polar ‘डोजरे विकास’ ढाँचाले हिमाली पर्यावरण बिगार्‍योः सचेतक परियार

भारतद्वारा द्वन्द्वग्रस्त प्यालेस्टाइनमा पहिलो चरणको मानवीय सहायता प्रदान

भारतद्वारा द्वन्द्वग्रस्त प्यालेस्टाइनमा पहिलो चरणको मानवीय सहायता प्रदान
अ अ+ अ-

एजेन्सी । मध्यपूर्वमा चलिरहेको द्वन्द्वका बीच भारतले प्यालेस्टाइनका जनताका लागि मानवीय सहायता प्रदान गर्ने महत्त्वपूर्ण कदम चालेको छ ।

सहायताको प्रारम्भिक चरणमा ३० टन आवश्यक वस्तु रहेका छन् जसमा औषधि, शल्य चिकित्सा आपूर्ति, दन्त उत्पादन, सामान्य चिकित्सा वस्तु, र उच्च–ऊर्जा बिस्कुटहरू समावेश छन् । यो सहायता सामग्री प्यालेस्टाइन शरणार्थीहरूका लागि संयुक्त राष्ट्र राहत र कार्य विभाग (युएनआरडब्लुए) मार्फत वितरण गरिनेछ ।

सामाजिक सञ्जाल एक्समार्फत विदेश मन्त्रालयका आधिकारिक प्रवक्ता रणधीर जयस्वालले बताउनुभयो, “भारतले युएनआरडब्लुएमार्फत प्यालेस्टाइनी जनताका लागि मानवीय सहायता पठाएको छ ।”

“३० टन औषधि र खाद्यान्न सामग्रीसहितको पहिलो सहायता आज प्यालेस्टाइनतर्फ प्रस्थान गरेको छ । कन्साइनमेन्टमा आवश्यक औषधि र शल्य चिकित्सा आपूर्ति, दन्त उत्पादन, सामान्य चिकित्सा वस्तुहरू र उच्च–ऊर्जा बिस्कुट समावेश छ”, उहाँले एक्समा बताउनुभएको छ ।

केही दिनअघि विश्व खाद्य कार्यक्रमले उत्तरी गाजाका लागि डब्ल्यूएफपीको आपूर्ति घट्दै गएको चेतावनी जारी गरेको थियो।

गत अक्टोबर १२ मा एक्समा डब्लुएफपीले लेखेको छ, “उत्तरी गाजामा बढ्दो हिंसाले खाद्य सुरक्षामा विनाशकारी प्रभाव पारेको छ । अक्टोबर १ देखि उत्तरमा कुनै खाद्यान्न सहायता प्रवेश गरेको छैन ।”

यसअघि अक्टोबर २० मा, संयुक्त राष्ट्र सङ्घले बन्धकहरूको रिहाइ, प्यालेस्टिनीहरूको विस्थापनको अन्त्य र मानवीय सहायताको निर्बाध वितरणको तत्काल आवश्यकतालाई जोड दिँदै गाजामा युद्धको अन्त्यका लागि आफ्नो आह्वानलाई नवीकरण गरेको थियो ।

मध्यपूर्व शान्ति प्रक्रियाका लागि संयुक्त राष्ट्रसङ्घका विशेष संयोजक टोर वेन्नेसल्यान्डले जारी गरेको विज्ञप्तिमा संयुक्त राष्ट्रसङ्घले गहिरो चिन्ता व्यक्त गर्दै भनेको छ, “गाजामा दुःस्वप्न तीव्र हुँदै गइरहेको छ । निरन्तर इजरायली आक्रमण र बढ्दो मानवीय सङ्कटको बिचमा उत्तरी पट्टीमा भयावह दृश्यहरू देखा पर्दैछन्। “