१८ असार २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

अबिश्वासको प्रस्तावको सामना गर्छु –प्रधानमन्त्री ओली



अ+ अ-

काठमाडौँ ।  प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार बिरुद्ध  पार्टीका केही नेताहरु बाट भै रहको षडयन्त्रको प्रतिवाद गर्ने बताउनु भएको छ । बिहिबार बसेको मन्त्रीपरिषद्को बैठकको सुरुमा नै प्रधानमन्त्री ओलीले राजनीतिक बिषय प्रबेश गराउदै  आफूबिरुद्ध अबिश्वासको प्रस्ताब ल्याउने तयारी भै रहेको भन्दै त्यसको प्रतिबाद गर्ने बताउनु भएको हो ।

आफुले कुनै हालतमा राजीनामा नदिने र राजीनामा दिए मुलकमा अस्तिरता उत्पन्न हुने अभिब्यक्ति दिएको भोली पल्टै प्रधानमन्त्ती ओलीले  पार्टीभित्र  बाटै विभिन्न ठाउँमा चलखेल भइरहेको बताउनु भएको हो । एक मन्त्रीका अनुसार प्रधानमन्त्री ओलीले भन्नुभयो ‘पार्टीमा गुटबन्दी चलिरहेको छ । सरकारलाई असहयोग गर्ने कुरा भइरहेका छन् ।

कोटेश्वरमा अहिले पनि विभिन्न गतिविधि भइरहेका छन् , विश्वास, अविश्वासका कुरा चल्दैछन् त्यसको सामना गरिनेछ, कोटेश्वरमा बनिरहेका योजना असफल हुन्छन् भन्दै असन्तुष्टि जनाउनुभयो ।   आजै न्याय परिषद्का सदस्यमा नियुक्त गर्ने कानून ब्यबसायी र प्रधानमन्त्री ओलीलेलिन सक्ने सम्भाबित कदम बारे अध्यक्ष पुष्पकमल दाहाल र बरिष्ठ नेता माधबकुमार नेािलले केही कानून ब्यबसायी संग छलफल गर्नुभएको थियो ।

राजदुत , मन्त्रीपरिषद् पूर्नगठन  , कर्णाली प्रदेशको विवाद , पर्साृमा नेकपा कार्यकर्ताको हत्या  लगाएत बिषयले नेकपा भित्र शिर्ष तहमा चरम असन्तुष्टि बढ्दै गएको छ ।