५ कार्तिक २०८१, सोमबार
,
Latest
रेमो र उनकी श्रीमतीसहित ५ जना विरुद्ध ठगी मुद्दा गाजाका एक हजार महिला र बालबालिकालाई तत्काल यूरोप स्थानान्तरण गरिने: डब्ल्यूएचओ तीन महिनामा पाँच करोडको नुन बिक्री एनपिएलः म्याकमुलेन सुदूरपश्चिम रोयल्समा आबद्ध प्रधानमन्त्रीले नै सरकार भ्रष्टाचारीको संरक्षक हो भन्ने पुष्टि गरेका छन्ः प्रचण्ड कुलेखानी फाखेल–सिस्नेरी सडक पुन: सञ्चालनमा सरकारको एक सय दिन: एक लाख ५० हजार थप किसान सूचीकृत संस्कृतिभित्र राजनीतिको रोटी सेक्ने प्रवृत्ति गलत : प्रधानमन्त्री ओली राष्ट्रिय फुटबल टोलीको अन्तरिम प्रशिक्षकमा न्यौपाने नियुक्त गण्डकी प्रदेशको वन मन्त्रीमा भेषबहादुर पौडेल नियुक्त
तपाईं के खोज्दै हुनुहुन्छ ?

चिया निर्यात बढ्यो, अलैँची घट्यो



फाईल फोटो
अ+ अ-

भद्रपुर । कात्ति मेची भन्सार कार्यालयबाट आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रैमासिकमा चिया निर्यात ३६ प्रतिशतले बढेको छ । कार्यालयको तथ्याङ्कानुसार तीन महिनामा छ हजार चार सय २६ दशमलव ७६ मेट्रिक टन चिया निर्यात भएको हो ।

चिया निर्यातको परिमाणसँगै यसको मूल्य ५० दशमलव ८८ प्रतिशतले बढेको मेची भन्सार कार्यालयका सूचना अधिकारी गणपति कँडेलले जानकारी दिनुभयो । चालु आवको पहिलो तीन महिनामा रु एक अर्ब ७१ करोड ४० लाख ३१ हजार बराबरको चिया निर्यात भएको छ । आव २०८०/८१ को सोही अवधिमा रु एक अर्ब १३ करोड ५९ लाख ९४ हजार बराबरको चिया निर्यात भएको थियो ।

भारतमा चिया उत्पादनमा कमी आएसँगै नेपालबाट चियाको निर्यात बढेको नेपाल चिया उत्पादक सङ्घका अध्यक्ष आदित्य पराजुलीले जानकारी दिनुभयो । चिया निर्यातमा सरकारले सहजीकरण गरिदिने हो भने भारतमा माग बढेकाले चियाको निर्यात अझै बढ्ने अध्यक्ष पराजुलीको दाबी छ ।

कार्यालयको तथ्याङ्कानुसार चालु आव २०८१/८२ को पहिलो त्रैमासिकमा अलैँचीको निर्यातमा ४९ प्रतिशतले गिरावट आएको छ । चालु आवको तीन महिनामा सात सय ८३ दशमलव ७५ मेट्रिक टन अलैँची निर्यात भएको छ । आव २०८०/८१ को सोही अवधिमा एक हजार पाँच सय २५ दशमलव ९६ मेट्रिक टन अलैँची निर्यात भएको थियो ।

कार्यालयको तथ्याङ्कानुसार प्लाइउड, अम्रिसो र भेनीयर सिटको परिमाण क्रमश। २५, ३९ र एक सय ६६ प्रतिशतले वृद्धि भएको छ । यसैगरी अदुवा, छुर्पी, फलाम, तरकारीलगायत वस्तुको निर्यातमा कमी आएको छ ।