५ कार्तिक २०८१, सोमबार
,
Latest
शून्य कार्बन स्कुलको अवधारणा कार्यान्वयन म्यान्मामा डुङ्गा डुब्दा ११ जनाको मृत्यु, १९ वेपत्ता गुरुकुल सञ्चालनका लागि मुठीदान अभियान पोखरा पृथ्वीचोकमा राष्ट्रिय स्वतन्त्र पार्टीको खबरदारी कार्यक्रम ड्रागन फ्रुटसँगै सयपत्री फूलको खेती डिआईजी राणा एआईजीमा बढुवा सिफारिस एक सय दिनमा मन्त्रालयले शतप्रतिशत कार्यसम्पादन गरेको छ: सञ्चारमन्त्री गुरुङ (अन्तरवार्ता) महासचिव पोखरेलको प्रश्न- पार्टी कस्तो बनाउने भन्ने हामीलाई थाहा छ, अरुलाई चिन्ता किन ? अरिङ्गालको टोकाईबाट घाइते एकको मृत्यु विद्यार्थीहरुलाई स्वस्तिमाको सुझाव: रुचि परिवर्तन स्वभाविक हो, आफ्नो गुण चिन्नु र आत्मविश्वाशी हुनु
तपाईं के खोज्दै हुनुहुन्छ ?

हेटौँडा–कुलेखानी–सिस्नेरी–काठमाडौँ सडक खुल्यो



अ+ अ-

बागमती । हेटौँडा–काठमाडौँलाई जोड्ने हेटौँडा–कुलेखानी–फाखेल–सिस्नेरी–काठमाडौँ सडकमा दुईतर्फी नै यातायात सञ्चालनमा आएको छ ।

मकवानपुरको इन्द्रस्वरोवर गाउँपालिका–२ सिमखोलास्थित सडकमा ह्युमपाइप राखेर मर्मतसम्भार भएपछि सो सडक दुईतर्फी नै यातायात सञ्चालनमा आएको मकवानपुर जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिनुभयो ।

गत असोज १० देखि १२ गतेसम्मको अविरल वर्षासँगै आएको बाढी र पहिराले सडक क्षतिग्रस्त भएको थियो । तत्काल मर्मतसम्भार गरेर असोज २० गतेदेखि सडकमा यातायात सञ्चालन भए पनि सडकमा ह्युमपाइप राख्नुपर्ने जनाउँदै यही कात्तिक २ गतेदेखि एकतर्फी मात्र बाटो खुलेको थियो ।

सडकको मर्मत सम्पन्न भएपछि दुईतर्फी बाटो सञ्चालनमा आएको प्रहरी नायब उपरीक्षक अर्यालले बताउनुभयो । रासस