१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar जैविक मलको प्रयोग बढाउनुपर्छ : मन्त्री चौधरी News Polar काठमाडौंमा दसैँ–तिहार लक्षित विशेष सुरक्षा योजना, ३ हजार ५ सय ६ प्रहरी परिचालन News Polar भोटेकोशी बाढी : प्रसनिसहित २५ प्रहरी अझै बेपत्ता, तीन जनाको शव फेला News Polar मतदाता सहभागिता बढाउन र बदर मत घटाउन दललाई प्रमुख निर्वाचन आयुक्त कार्कीको आग्रह News Polar नयाँबसपार्कमा यात्रु सहायता कक्ष स्थापना News Polar सभामुख अर्यालद्वारा संसदको कार्यसम्पादनको प्रशंसा, जलवायु मुद्दा प्राथमिकतामा राख्ने प्रतिबद्धता News Polar प्रतिनिधि सभाको दोस्रो अधिवेशन सम्पन्नः १४५ दिनमा १२ विधेयक पारित, विपद् व्यवस्थापनमा विशेष समितिको गठन News Polar टिपरले ठक्कर दिँदा एकको मृत्यु, पाँच जना घाइते News Polar राष्ट्रिय सभाको २१ औं अधिवेशन सम्पन्नः १४५ दिनमा ५२ बैठक, के–के भए उपलब्धि ? News Polar सात विधेयक दफावार छलफलका लागि संसदीय समितिमा पठाइयो News Polar धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँध पुनः खोलिँदै News Polar ओडारमा लुकाइराखेको अवस्थामा ३ थान भरुवा बन्दुक बरामद News Polar संसदको कार्यशैलीप्रति आचार्यको प्रश्न : ‘संसद बोल्ने मञ्च मात्र हो कि समाधान खोज्ने ?’ News Polar काठमाडौं क्लाइमेट विक २०२६ सुरु, जलवायु न्यायदेखि विश्वव्यापी कूटनीतिसम्म बहस हुने News Polar दुई तिहाइको दम्भले सुशासन ओझेलमा परेको एमाले मुख्य सचेतक मेचेको आरोप News Polar सरकारको ६ महिने कार्यकाल पूर्णतः असफल : झक्कुप्रसाद सुवेदी News Polar राष्ट्रपति पौडेलसमक्ष भाषा आयोगको वार्षिक प्रतिवेदन पेश News Polar राष्ट्रिय सभाको संवैधानिक अस्तित्व र संसद्को गरिमा सरकारले उपेक्षा गर्‍यो : कमला पन्त News Polar लालपुर्जा वितरण तिव्र, नापजाँच सकिएको ९ वर्षपछि धनुषाका १८६ स्ववासी परिवारले पाए लालपुर्जा News Polar असोज पहिलो १५ दिनको करदाता उपहार सार्वजनिक, लालबाबु साहले पाए १० लाख बम्पर

एकीकृत समाजवादीको आन्तरिक एकतालाई बलियो बनाउनुपर्छ: नेता श्रेष्ठ

एकीकृत समाजवादीको आन्तरिक एकतालाई बलियो बनाउनुपर्छ: नेता श्रेष्ठ
अ अ+ अ-

काठमाडौँ । नेकपा(एकीकृत समाजवादी)का नेता जीवनराम श्रेष्ठले पार्टीलाई आन्तरिक रुपमा एकतावद्ध बनाउनुपर्ने बताउनुभएको छ ।

आईतबार नेता श्रेष्ठले नेकपा(एकीकृत समाजवादी) आन्तरिक रुपमा एकतावद्ध हुन नसकेको बताउनुभएको हो ।

उहाँले दसौँ महाधिवेशनको म्याण्डेड विपरित पार्टीको पदाधिकारी, पोलिटब्युरो र केन्द्रिय कमिटी चयन भएका कारण पार्टीभित्र एकताको सन्देश जान नसकेको बताउनु भयो । उहाँले यि तीनवटै कमिटी निष्पक्ष, पादरर्शी र सर्वसम्मत मापदण्डका आधारमा नबनेकाले यसमाथि समिक्षा गर्नुपर्ने बताउनु भयो । उहाँले सबैलाई समेटेर पार्टीको आन्तरिक एकतालाई बलियो बनाउनुपर्ने भन्दै यसका निम्ति पार्टीको नेतृत्वलाई पनि सकारात्मक रुपमा पाएको बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘हामीले यो पार्टीलाई जन्म दिदाँ जे लक्ष्य, उद्देश्य र कार्यक्रम बोकेका हौँ । विचार बोकेका हौँ । त्यो दिशामा यो पार्टीलाई अगाडी बढाऔँ । महाधिवेशनले जुन खालको उत्साह, उमंग र सक्रियता आउनुपर्ने हो त्यसमा यसले निराशामा रुपान्तरण गर्ने काम गर्‍यो । ति कुराहरुलाई अन्त्य गर्नुपर्छ र सबैलाई समेटेर पार्टीको आन्तरिक एकतालाई बलियो बनाएर लानुपर्छ । त्यसैले हामीले गरेका कामहरुको समिक्षा गरौँ । महाधिवेशनको हलको म्याण्डेडलाई हेरौँ । त्यो अनुसार पार्टीलाई अगाडी बढाऔँ भन्ने हिसाबले ज्ञापन पत्र दियौँ । नेतृत्वसँग बसेर छलफल गर्‍यौँ । नेतृत्व पार्टीलाई बलियो बनाएर जानुपर्छ । सबैको भुमिकालाई समेटेर, एकताबद्ध बनाएर जानुपर्छ भन्नेमा नेतृत्वको सकारात्मक भावना हामीले पाएका छौँ ।

महाधिवेशनको हलबाट दिएको सर्वसहमतीको म्याण्डेड थियो । त्यो म्याण्डेडलाई उल्लङ्घन गर्ने कसैको पनि अधिकार छैन । किनभने महाधिवेशन नै सर्वोच्च निकाय हो । महाधिवेशनको म्याण्डेडलाई हामी सबैले सम्झौँ । हेरौँ । समिक्षा गरौँ हाम्रा कामहरुको । विद्रोह गरेर पार्टी गठन गर्दा हामीले अगाडी सारेका मुद्दाहरु थिए, जुन विचार र कार्यक्रमहरु थिए । ति कुराहरुलाई हामीले कसरी अगाडी बढायौँ ? कत्तिको सफल हुन सक्यौँ रु कत्तिको संगठनलाई हामीले त्यो ढंगबाट बिस्तार गर्न सक्यौँ । यो कुरालाई पनि समिक्षा गरौँ । समग्रतामा समिक्षा गरौँ । ताकि भोलि पार्टीलाई बलियो बनाउनका लागि, पार्टीलाई बिस्तार गर्नका लागि ।’

नेता श्रेष्ठले नेपाली समाजलाई समाजवादमा पुर्‍याउनका लागि एकीकृत समाजवादीको विकल्प नभएको बताउनु भयो । उहाँले समाजवादको लक्ष्य प्राप्तिका लागि पनि पार्टीलाई बलियो बनाउनुपर्ने भन्दै पार्टी बलियो भएमा नेपाली समाजको निराशालाई चिर्ने बताउनु भयो । उहाँले जनताको समृद्धि र अग्रगमनको चाहना पूरा गर्नका लागि पनि एकीकृत समाजवादी बलियो हुनुपर्ने धारणा राख्नुभयो ।

उहाँले भन्नुभयो – ‘नेपाली समाजलाई समाजवादमा पुर्‍याउनका लागि यो पार्टीले महाधिवेशनबाट स्पष्ट रुपमा पहिलोपल्ट आफ्नो क्रान्तिको कार्यक्रम समाजवादी कार्यक्रम भनेर हामीले ल्याएका छौँ । त्यो लक्ष्यमा पुग्नका लागि पनि यो पार्टीलाई बलियो बनाउनुपर्छ । आजको आवश्यकता हो । नेपाली समाज र राजनीतिको लागि यो पार्टीलाई बलियो बनाउन सकियो भनेमात्र नेपाली जनतामा देखिएका निराशालाई चिर्नसक्छौँ । जनताको समृद्धि र अग्रगमनको चाहाना पूरा हुनसक्छ । त्यसैले यो पार्टीलाई नै बनाउनुपर्छ भन्ने मनशाय छ ।’

उहाँले पार्टी भित्र देखिएका विभिन्न समस्याहरुको समाधान गर्न पनि नेतृत्वको ध्यानाकर्षण गराउनु भयो ।

न्युज एजेन्सी नेपाल