२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

महिलाको पेटबाट निकालियो १२ वर्षअघिको कैंची



अ+ अ-

एजेन्सी । भारतको सिक्किम बस्ने ४५ वर्षीया महिलाको पेटबाट १२ वर्षअघि छोडिएको कैंची निकालिएको छ ।

उनका पतिले उक्त कैंची १२ वर्षदेखि पेटमा भएको बताएका छन् । महिलाको २०१२ मा सिक्किमको राजधानी गान्तोकको सर थुटोब नामग्याल मेमोरियल अस्पतालमा एपेन्डिक्सको शल्यक्रिया गरिएको थियो । सोहि क्रममा कैचि पेटमै छुटिएको उनले बताए ।

त्यतिबेलै शल्यक्रिया गरेको केही दिनपछि महिलाको फेरि पेट दुख्न थालेको थियो । धेरै चिकित्सकसँग सल्लाह गर्दा पनि दुखाइ नरोकिएको उनीहरुले ८ अक्टोबर २०२४ मा पेटको एक्स-रे गरेका थिए । एक्स-रे गर्दा पेटमा सर्जिकल कैंची रहेको थाह भएको महिलाको श्रीमानले बताए ।फेरि शल्यक्रिया गरी श्रीमती कैंची निकालिएको उनले बताए ।

चिकित्सकको लापरवाहीको खबर फैलिएपछि अस्पतालको चर्को आलोचना भईरहेको छ । अस्पताल प्रशासनमाथि पनि अनुसन्धान सुरु भएको छ ।