१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar आर्थिक कूटनीतिलाई राष्ट्रिय समृद्धिसँग जोड्नुपर्छः परराष्ट्रमन्त्री खनाल News Polar जैविक मलको प्रयोग बढाउनुपर्छ : मन्त्री चौधरी News Polar काठमाडौंमा दसैँ–तिहार लक्षित विशेष सुरक्षा योजना, ३ हजार ५ सय ६ प्रहरी परिचालन News Polar भोटेकोशी बाढी : प्रसनिसहित २५ प्रहरी अझै बेपत्ता, तीन जनाको शव फेला News Polar मतदाता सहभागिता बढाउन र बदर मत घटाउन दललाई प्रमुख निर्वाचन आयुक्त कार्कीको आग्रह News Polar नयाँबसपार्कमा यात्रु सहायता कक्ष स्थापना News Polar सभामुख अर्यालद्वारा संसदको कार्यसम्पादनको प्रशंसा, जलवायु मुद्दा प्राथमिकतामा राख्ने प्रतिबद्धता News Polar प्रतिनिधि सभाको दोस्रो अधिवेशन सम्पन्नः १४५ दिनमा १२ विधेयक पारित, विपद् व्यवस्थापनमा विशेष समितिको गठन News Polar टिपरले ठक्कर दिँदा एकको मृत्यु, पाँच जना घाइते News Polar राष्ट्रिय सभाको २१ औं अधिवेशन सम्पन्नः १४५ दिनमा ५२ बैठक, के–के भए उपलब्धि ? News Polar सात विधेयक दफावार छलफलका लागि संसदीय समितिमा पठाइयो News Polar धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँध पुनः खोलिँदै News Polar ओडारमा लुकाइराखेको अवस्थामा ३ थान भरुवा बन्दुक बरामद News Polar संसदको कार्यशैलीप्रति आचार्यको प्रश्न : ‘संसद बोल्ने मञ्च मात्र हो कि समाधान खोज्ने ?’ News Polar काठमाडौं क्लाइमेट विक २०२६ सुरु, जलवायु न्यायदेखि विश्वव्यापी कूटनीतिसम्म बहस हुने News Polar दुई तिहाइको दम्भले सुशासन ओझेलमा परेको एमाले मुख्य सचेतक मेचेको आरोप News Polar सरकारको ६ महिने कार्यकाल पूर्णतः असफल : झक्कुप्रसाद सुवेदी News Polar राष्ट्रपति पौडेलसमक्ष भाषा आयोगको वार्षिक प्रतिवेदन पेश News Polar राष्ट्रिय सभाको संवैधानिक अस्तित्व र संसद्को गरिमा सरकारले उपेक्षा गर्‍यो : कमला पन्त News Polar लालपुर्जा वितरण तिव्र, नापजाँच सकिएको ९ वर्षपछि धनुषाका १८६ स्ववासी परिवारले पाए लालपुर्जा

सहकारी छानविन विशेष समितिले दिएको प्रतिवेदनको आधारमा कारबाही शुरु भएको छ: मन्त्री गुरुङ

सहकारी छानविन विशेष समितिले दिएको प्रतिवेदनको आधारमा कारबाही शुरु भएको छ: मन्त्री गुरुङ
अ अ+ अ-

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सहकारी संस्था वचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिको प्रतिवेदनमाथि शुरुवाती कारबाही शुरु भएको बताउनुभएको छ ।

आईतवार मन्त्रीपरिषद् बैठकका निर्णय सुनाउने क्रममा सञ्चारकर्मीहरुले राखेको प्रश्नको जवाफ दिँदै उहाँले सरकारले समितिले बुझाएको प्रतिवेदनउपर शुरुवाती कारबाही शुरु भएको बताउनुभएको हो ।

उहाँले समितिको प्रतिवेदनअनुसार प्रतिवेदनले कारबाही गर् भनेका व्यक्तिहरुलाई पक्राउ गरिएको बताउनु भयो । उहाँले मन्त्रालय सम्हालेको सय दिनमा आफूले शतप्रतिशत काम सम्पन्न गरेको पनि बताउनु भयो । उहाँले यो अवधिमा सञ्चार मन्त्रालयलाई दिइएका १५ वटा जिम्मेवारीमा पूरा काम सम्पन्न गरेको बताउनु भयो । उहाँले राष्ट्रिय समाचार समितिलाई २४ घण्टा नै काम गर्ने व्यवस्था मिलाइएको र थप दुई वटा मातृ भाषा ( नेपाल र मैथिली) मा समाचार संप्रेषण गरेको, नेपाल टेलिभिजनलाई दिइएको एउटा मातृ भाषामा समाचार प्रशारण गर्ने दायित्वमा नेपाल भाषामा समाचार प्रशारण गरिएको जानकारी दिनुभयो । उहाँले २४ भाषामा समाचार भइसकेको रेडियो नेपालमा थप एक भाषा थप्नुपर्नेमा दनुवार भाषा थपिएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हामीले सय दिनको हनिमुन पिरेड पार गर्दैछौँ । यो सय दिनभित्र नेपाल सरकारको तर्फबाट विभिन्न मन्त्रालयलाई दिइएको जिम्मेवारी कहाँकहाँ पूरा भएको छ भन्ने बारेमा अब रिपोर्ट कलेक्शन हुँदैछ । हाम्रो मन्त्रालयलाई १५ वटा जिम्मेवारी दिएको थियो । त्यसमा सबै जिम्मेवारी पूरा गरेका छाँै । १८ घण्टा काम गरेको राससलाई २४ घण्टा काम गर्ने बनाउ भनिएको थियो, त्यो हामीले बनाइसकेका छौँ । राससबाट थप दुई मातृ भाषामा नेपाल भाषा र मैथिली भाषामा पनि समाचार संप्रेषण गर्न भनिएको थियो, हामीले पूरा गरिसकेका छौँ । नेपाल टेलिभिजनलाई दिइएको एउटा मातृ भाषामा समाचार प्रशारण गरेका छौँ । नेपाल भाषामा । २४ भाषामा समाचार भइसकेको रेडियो नेपालमा थप एक भाषा थप भनिएको थियो, दनुवार भाषा थपिसकेका छौँ ।

एक हजार वटा अडियो रेकर्ड डिजिटलाइज गर्ने भनिएको थियो त्यो सम्पन्न गरिसकेका छौँ । गोरखापत्रबाट ४४ वटा भाषामा समाचार संप्रेषण गर्ने जिम्मेवारी दिएकोमा राना थारु भाषामा समाचार संप्रेषण र प्रकाशन गर्ने काम भइसकेको छ । ८ वर्षको गोरखापत्रको रेकर्डहरु डिजिटल अर्काइभिङ गर्ने काम पनि पूरा भइसकेको छ । सहकारीको प्रतिवेदन कार्यान्वयन गर्ने क्रममा छौँ हामी । प्रतिवेदनले औंल्याएका व्यक्तिलाई कारबाही गर्ने शुरुवात मात्रै भएको हो ।’

सञ्चारमन्त्री गुरुङले एक हजार वटा अडियो रेकर्ड डिजिटलाइज गर्ने भनिएकोमा सो काम पनि पूरा गरेको र गोरखापत्रबाट ४४ वटा भाषामा समाचार संप्रेषण गर्ने जिम्मेवारी दिएकोमा राना थारु भाषामा समाचार संप्रेषण र प्रकाशन गर्ने काम भइसकेको बताउनु भयो । उहाँले ८ वर्षको गोरखापत्रको रेकर्डहरु डिजिटल अर्काइभिङ गर्ने काम पनि पूरा भइसकेको बताउनु भयो ।