१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar आर्थिक कूटनीतिलाई राष्ट्रिय समृद्धिसँग जोड्नुपर्छः परराष्ट्रमन्त्री खनाल News Polar जैविक मलको प्रयोग बढाउनुपर्छ : मन्त्री चौधरी News Polar काठमाडौंमा दसैँ–तिहार लक्षित विशेष सुरक्षा योजना, ३ हजार ५ सय ६ प्रहरी परिचालन News Polar भोटेकोशी बाढी : प्रसनिसहित २५ प्रहरी अझै बेपत्ता, तीन जनाको शव फेला News Polar मतदाता सहभागिता बढाउन र बदर मत घटाउन दललाई प्रमुख निर्वाचन आयुक्त कार्कीको आग्रह News Polar नयाँबसपार्कमा यात्रु सहायता कक्ष स्थापना News Polar सभामुख अर्यालद्वारा संसदको कार्यसम्पादनको प्रशंसा, जलवायु मुद्दा प्राथमिकतामा राख्ने प्रतिबद्धता News Polar प्रतिनिधि सभाको दोस्रो अधिवेशन सम्पन्नः १४५ दिनमा १२ विधेयक पारित, विपद् व्यवस्थापनमा विशेष समितिको गठन News Polar टिपरले ठक्कर दिँदा एकको मृत्यु, पाँच जना घाइते News Polar राष्ट्रिय सभाको २१ औं अधिवेशन सम्पन्नः १४५ दिनमा ५२ बैठक, के–के भए उपलब्धि ? News Polar सात विधेयक दफावार छलफलका लागि संसदीय समितिमा पठाइयो News Polar धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँध पुनः खोलिँदै News Polar ओडारमा लुकाइराखेको अवस्थामा ३ थान भरुवा बन्दुक बरामद News Polar संसदको कार्यशैलीप्रति आचार्यको प्रश्न : ‘संसद बोल्ने मञ्च मात्र हो कि समाधान खोज्ने ?’ News Polar काठमाडौं क्लाइमेट विक २०२६ सुरु, जलवायु न्यायदेखि विश्वव्यापी कूटनीतिसम्म बहस हुने News Polar दुई तिहाइको दम्भले सुशासन ओझेलमा परेको एमाले मुख्य सचेतक मेचेको आरोप News Polar सरकारको ६ महिने कार्यकाल पूर्णतः असफल : झक्कुप्रसाद सुवेदी News Polar राष्ट्रपति पौडेलसमक्ष भाषा आयोगको वार्षिक प्रतिवेदन पेश News Polar राष्ट्रिय सभाको संवैधानिक अस्तित्व र संसद्को गरिमा सरकारले उपेक्षा गर्‍यो : कमला पन्त News Polar लालपुर्जा वितरण तिव्र, नापजाँच सकिएको ९ वर्षपछि धनुषाका १८६ स्ववासी परिवारले पाए लालपुर्जा

इजरायली हमलामा गाजामा ७० को मृत्यु, तथ्याङ्क ‘अतिरञ्जित’ भएको इजरायलको भनाइ

इजरायली हमलामा गाजामा ७० को मृत्यु, तथ्याङ्क ‘अतिरञ्जित’ भएको इजरायलको भनाइ
अ अ+ अ-

एजेन्सी । उत्तरी गाजाको बेइट लाहियामा भएको इजरायली आक्रमणमा ७३ जनाको मृत्यु भएको र धेरैजना भग्नावशेषमुनि पुरिएको आशङ्का गरिएको अल जजिराले जनाएको छ ।

उद्धार कार्य जारी रहँदा मृतकको सङ्ख्या बढ्ने अनुमान गरिएको गाजाको सरकारी मिडिया कार्यालयले जनाएको छ ।

गाजा पट्टीको उत्तरमा खाद्यान्न, पानी र औषधि जस्ता आवश्यक सेवाको पहुँच विच्छेद गरेको १६ दिने इजरायली सैन्य घेराबन्दीका कारण उत्तरी गाजाको अवस्था भयावह बनेको छ ।

यद्यपि, इजरायली रक्षा बल ९आइडिएफ० ले उत्तरी गाजामा हालैका आक्रमणमा ७३ जनाको मृत्यु भएको हमासको दाबीमा शङ्का व्यक्त गरेको छ भने टाइम्स अफ इजरायलले यो तथ्याङ्क ‘अतिरञ्जित’ भएको जनाएको छ ।

लेबनानी सशस्त्र समूह हिजबुल्लाहले प्रहार गरेको रकेट आक्रमणको जवाफमा इजरायलले लेबनानको बेरुतमा उक्त समूहका लक्ष्यमा आक्रमण गरिरहेको टाइम्स अफ इजरायलले जनाएको छ ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको घरतिर ड्रोन प्रहार गरेपछि यो पछिल्लो आक्रमण भएको हो । सामाजिक सञ्जाल एक्समा नेतान्याहूले लेख्नुभएको छ, “इरानको प्रोक्सी हिजबुल्लाहले आज मेरो र मेरी श्रीमतीको हत्या गर्ने प्रयास गर्नु गम्भीर गल्ती थियो । यसले मलाई वा इजरायल राज्यलाई हाम्रो भविष्य सुरक्षित गर्न हाम्रा शत्रुविरुद्ध न्यायपूर्ण युद्ध जारी राख्नबाट रोक्नेछैन ।”

नेतान्याहूले इरानलाई थप चेतावनी दिँदै भन्नुभयो, “जसले इजरायली नागरिकहरूलाई हानी गर्ने प्रयास गर्छ उसले भारी मूल्य चुकाउनेछ ।”

इजरायलले हमास लडाकूविरुद्ध आफ्नो कारबाही जारी राख्ने र गाजाबाट बन्धकहरू फिर्ता ल्याउने आश्वासन दिएको उहाँले बताउनुभएको छ ।