१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar राष्ट्रियसभाको २१औँ अधिवेशनमा ५२ बैठक, ९८ घण्टा १० मिनेट काम News Polar गुल्मीमा मात्रै खसीबोका बिक्री कारोबार वार्षिक एक अर्ब News Polar आर्थिक कूटनीतिलाई राष्ट्रिय समृद्धिसँग जोड्नुपर्छः परराष्ट्रमन्त्री खनाल News Polar जैविक मलको प्रयोग बढाउनुपर्छ : मन्त्री चौधरी News Polar काठमाडौंमा दसैँ–तिहार लक्षित विशेष सुरक्षा योजना, ३ हजार ५ सय ६ प्रहरी परिचालन News Polar भोटेकोशी बाढी : प्रसनिसहित २५ प्रहरी अझै बेपत्ता, तीन जनाको शव फेला News Polar मतदाता सहभागिता बढाउन र बदर मत घटाउन दललाई प्रमुख निर्वाचन आयुक्त कार्कीको आग्रह News Polar नयाँबसपार्कमा यात्रु सहायता कक्ष स्थापना News Polar सभामुख अर्यालद्वारा संसदको कार्यसम्पादनको प्रशंसा, जलवायु मुद्दा प्राथमिकतामा राख्ने प्रतिबद्धता News Polar प्रतिनिधि सभाको दोस्रो अधिवेशन सम्पन्नः १४५ दिनमा १२ विधेयक पारित, विपद् व्यवस्थापनमा विशेष समितिको गठन News Polar टिपरले ठक्कर दिँदा एकको मृत्यु, पाँच जना घाइते News Polar राष्ट्रिय सभाको २१ औं अधिवेशन सम्पन्नः १४५ दिनमा ५२ बैठक, के–के भए उपलब्धि ? News Polar सात विधेयक दफावार छलफलका लागि संसदीय समितिमा पठाइयो News Polar धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँध पुनः खोलिँदै News Polar ओडारमा लुकाइराखेको अवस्थामा ३ थान भरुवा बन्दुक बरामद News Polar संसदको कार्यशैलीप्रति आचार्यको प्रश्न : ‘संसद बोल्ने मञ्च मात्र हो कि समाधान खोज्ने ?’ News Polar काठमाडौं क्लाइमेट विक २०२६ सुरु, जलवायु न्यायदेखि विश्वव्यापी कूटनीतिसम्म बहस हुने News Polar दुई तिहाइको दम्भले सुशासन ओझेलमा परेको एमाले मुख्य सचेतक मेचेको आरोप News Polar सरकारको ६ महिने कार्यकाल पूर्णतः असफल : झक्कुप्रसाद सुवेदी News Polar राष्ट्रपति पौडेलसमक्ष भाषा आयोगको वार्षिक प्रतिवेदन पेश

६० वर्षकी ह्यारिसलाई ट्रम्पको उमेरबारे कुरा गर्न रुचि

६० वर्षकी ह्यारिसलाई ट्रम्पको उमेरबारे कुरा गर्न रुचि
अ अ+ अ-

एजेन्सी । अमेरिकी इतिहासमा सबैभन्दा वृद्ध राष्ट्रपति उम्मेदवार बन्नुभएका ७८ वर्षीय डोनाल्ड ट्रम्पसँगको कडा चुनावी प्रतिस्पर्धाको अन्तिम चरणमा कमला ह्यारिस आइतबार ६० वर्ष पुग्दै हुनुहुन्छ ।

उमेर पनि एउटा महत्त्वपूर्ण कारक बनेको छ । वृद्ध उमेरकै कारण निर्वाचन अभियानमा राष्ट्रपति जो बाइडेनले आफ्नो क्षमताप्रतिको चिन्ताले चुनावी दौड परित्याग गर्नुभयो । त्यसपछि ह्यारिसले ह्वाइट हाउसका लागि ट्रम्पको मानसिक स्वस्थतामाथि लगातार निशाना साँध्नुभएको छ ।

मतदान हुने दिनभन्दा मात्र दुई साताअघि डेमोक्रेटिक उपराष्ट्रपति र रिपब्लिकन अर्बपति कडा दौडमा हुनुहुन्छ । सर्वेक्षणहरूले प्रभावकारी रूपमा दुवै जना बराबरीमा रहेको सङ्केत गरेका छन् ।

दुवै उम्मेदवार आइतबार फेरि पेन्सिल्भेनियामा हुनुहुनेछ । पेन्सिल्भेनियालाई नोभेम्बर ५ को परिणाम निर्णय गर्ने अपेक्षा गरिएका सात प्रमुख राज्यमध्ये जित्नै पर्ने युद्धभूमि मानिन्छ ।

ट्रम्पविरुद्धको विनाशकारी बहसले डेमोक्रेटिक पार्टीमा आफ्नो मानसिक तीक्ष्णताबारे चिन्ता उठाएपछि बाइडेनले ह्यारिसलाई उम्मेद्वारी हस्तान्तरण गर्नुभयो । तर सर्वेक्षणहरूले कडा प्रतिस्पर्धा हुने देखाएकाले ट्रम्पको उमेर मतदाताहरूका लागि सम्झौताको विषय नभएको देखिएको छ ।

“अहिले उहाँ थकानका कारण बहसहरूबाट भाग्दै हुनुहुन्छ र अन्तर्वार्ताहरू रद्द गर्दै हुनुहुन्छ”, ह्यारिसले शनिबार अटलान्टामा एक र्‍यालीमा ट्रम्पको भद्दा र स्क्रिप्टबाहिरका भाषणहरूप्रति व्यङ्ग्य गर्दै भन्नुभयो, “उहाँले यसलाई ‘बुनाइ’ भन्नुभएको छ, तर हामी यहाँ यसलाई बकवास भन्नेछौँ ।”

ह्यारिसले अक्टोबर १२ मा ट्रम्पको ‘उत्कष्ट स्वास्थ्य’ को वर्णन गरिएको रिपोर्टका साथ ट्रम्पलाई उक्साउने प्रयास गर्नुभएको थियो । तर पूर्वराष्ट्रपतिको अभियानले उहाँ पनि ‘कमान्डर–इन–चिफ हुन पूर्ण र उत्कृष्ट स्वास्थ्यमा रहेको’ उल्लेख गरेको थियो ।

ह्वाइट हाउसका लागि दोस्रो कार्यकालको प्रतिस्पर्धा गरिरहनुभएका ट्रम्पले शनिबार पेन्सिल्भेनियामा लामो भाषण दिएर ह्यारिसका आरोपहरूको जवाफ दिनुभएको थियो । एक दिनअघि उहाँले ह्यारिससँग ‘खरायोको जस्तो ऊर्जा छैन’ भन्नुभएको थियो ।

दुवै उम्मेदवारले आफ्ना प्रतिनिधिहरूसँगै आफ्ना अन्तिम अभियानका दिनहरू महत्त्वपूर्ण युद्धभूमि राज्यहरूमा बिताइरहनुभएको छ ।

जित्नैपर्ने राज्यमा शृङ्खलाबद्ध कार्यक्रमहरू आयोजना गर्दै टेस्ला र स्पेसएक्सका मालिक एलन मस्कले व्यक्तिगत रूपमा पेन्सिल्भेनियामा अभियान चलाइरहनुभएको छ ।

दक्षिणपूर्वी शहर ह्यारिसबर्गमा उहाँले आफ्नो सङ्गठनको याचिकामा हस्ताक्षर गरेका राज्यका मतदाताहरूलाई नोभेम्बर ५ सम्म प्रत्येक दिन अनियमित रूपमा १० लाख डलर पुरस्कार वितरण सुरु गर्ने घोषणा गर्नुभयो ।

ह्यारिसले पप स्टारहरू लिज्जो र अशरलाई मतदाताहरूसँग आफ्नो मामला प्रस्तुत गर्न प्रतिनिधिका रूपमा खटाउनुभएको छ ।

लिज्जोले डेट्रोइट र्‍यालीमा आफ्नै हिट गीतको सन्दर्भ दिएर ‘यो बारेमा धेरै समय भयो १’ गाउँदै अमेरिका आफ्नो पहिलो महिला राष्ट्रपतिका लागि पूर्ण रूपमा तयार छ भन्नुभएपछि तालीको गडगडाहट बटुल्नुभयो ।

अटलान्टाका प्रमुख कलाकारहरूमध्ये एक अशरले त्यहाँका मतदाताहरूलाई भन्नुभयो, “ह्यारिसको अभियानलाई जर्जियामा अन्तिम रेखासम्म पुर्‍याउन म तपाईंहरूमाथि भर परिरहेको छु ।”