२७ मंसिर २०८२, शनिबार
,
Latest
अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ वर्तमान पाठ्यक्रममा परिमार्जन गर्न जरुरी छः मुख्यमन्त्री बानियाँ ‘सौन्दर्य व्यवसाय महिलाको आर्थिक सशक्तीकरणसँग गाँसिएको छ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

कास्कीको शहीद चोक र गैह्रापाटन आसपास क्षेत्रमा निषेधाज्ञा



अ+ अ-

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई आज म्याद थपका लागि अदालतमा लगिँदै छ ।

लामिछानेलाई म्याद थपका लागि अदालतमा लैजाने तयारी गर्दा जिल्ला प्रशासन कार्यालय कास्कीले शहीद चोक र गैह्रापाटन क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको छ ।

रास्वपाका नेता कार्याकर्ता तथा सहकारी पीडितहरुले प्रर्दशनको तयारी गरेकोले सुरक्षा चुनौती बढ्नसक्ने सम्भावनालाई मध्यनजर गर्दै शहीद चोक र गैह्रापाटन क्षेत्रलाई निषेधित गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय कास्कीले एक सूचना जारी गर्दै प्रदर्शन, जुलुस, हुलदंगा, झडप आदिका कारण प्रतिकूल अवस्था सिर्जना हुनसक्ने भएकाले निषेधाज्ञा जारी गरिएको जनाएको छ । यो निषेधाज्ञा आजदेखि अर्को सूचना जारी नभएसम्म लागू हुने सुचना उल्लेख छ ।

यसअघि मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अगाडि मात्र निषेधित क्षेत्र तोकिएको थियो ।