१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar आर्थिक कूटनीतिलाई राष्ट्रिय समृद्धिसँग जोड्नुपर्छः परराष्ट्रमन्त्री खनाल News Polar जैविक मलको प्रयोग बढाउनुपर्छ : मन्त्री चौधरी News Polar काठमाडौंमा दसैँ–तिहार लक्षित विशेष सुरक्षा योजना, ३ हजार ५ सय ६ प्रहरी परिचालन News Polar भोटेकोशी बाढी : प्रसनिसहित २५ प्रहरी अझै बेपत्ता, तीन जनाको शव फेला News Polar मतदाता सहभागिता बढाउन र बदर मत घटाउन दललाई प्रमुख निर्वाचन आयुक्त कार्कीको आग्रह News Polar नयाँबसपार्कमा यात्रु सहायता कक्ष स्थापना News Polar सभामुख अर्यालद्वारा संसदको कार्यसम्पादनको प्रशंसा, जलवायु मुद्दा प्राथमिकतामा राख्ने प्रतिबद्धता News Polar प्रतिनिधि सभाको दोस्रो अधिवेशन सम्पन्नः १४५ दिनमा १२ विधेयक पारित, विपद् व्यवस्थापनमा विशेष समितिको गठन News Polar टिपरले ठक्कर दिँदा एकको मृत्यु, पाँच जना घाइते News Polar राष्ट्रिय सभाको २१ औं अधिवेशन सम्पन्नः १४५ दिनमा ५२ बैठक, के–के भए उपलब्धि ? News Polar सात विधेयक दफावार छलफलका लागि संसदीय समितिमा पठाइयो News Polar धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँध पुनः खोलिँदै News Polar ओडारमा लुकाइराखेको अवस्थामा ३ थान भरुवा बन्दुक बरामद News Polar संसदको कार्यशैलीप्रति आचार्यको प्रश्न : ‘संसद बोल्ने मञ्च मात्र हो कि समाधान खोज्ने ?’ News Polar काठमाडौं क्लाइमेट विक २०२६ सुरु, जलवायु न्यायदेखि विश्वव्यापी कूटनीतिसम्म बहस हुने News Polar दुई तिहाइको दम्भले सुशासन ओझेलमा परेको एमाले मुख्य सचेतक मेचेको आरोप News Polar सरकारको ६ महिने कार्यकाल पूर्णतः असफल : झक्कुप्रसाद सुवेदी News Polar राष्ट्रपति पौडेलसमक्ष भाषा आयोगको वार्षिक प्रतिवेदन पेश News Polar राष्ट्रिय सभाको संवैधानिक अस्तित्व र संसद्को गरिमा सरकारले उपेक्षा गर्‍यो : कमला पन्त News Polar लालपुर्जा वितरण तिव्र, नापजाँच सकिएको ९ वर्षपछि धनुषाका १८६ स्ववासी परिवारले पाए लालपुर्जा

भारतको लद्दाख बौद्ध परम्परामा लोभिँदै पर्यटक, बौद्ध धर्म सम्बन्धि शिक्षामा जोड

भारतको लद्दाख बौद्ध परम्परामा लोभिँदै पर्यटक, बौद्ध धर्म सम्बन्धि शिक्षामा जोड
अ अ+ अ-

काठमाडौँ । भारतको उत्तर—पश्चिम क्षेत्रमा कठोर भूगोलमा बौद्ध परम्परा खुलेको देख्न सकिन्छ । लद्दाखका पहाडहरू, खुला आकाश, घुमाउरो नदीहरू र रमणीय उपत्यकाहरूको आश्चर्यजनक परिदृश्यहरू स्पर्श गर्न सकिन्छ । जसले आन्तरिक र वाह्य पर्यटकहरुलाई लोभ्याएको छ ।

समृद्ध बौद्ध संस्कृति, परम्परा र मूल्यमान्यताले प्राकृतिक सौन्दर्यलाई बढाएको देख्न सकिन्छ । लगभग ११ हजार फिटको उचाईमा रहेको लेह संस्कृतिहरूको जीवन्त मिश्रण हो । जहाँ धार्मिक सद्भाव फस्टाएको देख्न सकिन्छ । विविधता भएपनि यो बौद्ध धर्मका महायान र वज्रयान परम्पराहरू र चार सम्प्रदायहरू– निंग्मा, काग्यु, शाक्य र गेलुगलाई स्पष्ट देख्न सकिन्छ ।

बौद्ध धर्म पहिलो पटक लद्दाखमा सम्राट अशोकको शासनकालमा आइपुगेको बताइन्छ । स्थानीय मुरूप नाम्ग्यालले तिरी र जंस्करमा स्तुपहरू सम्राट अशोकको शासनकालमा निर्माण भएको बताउनु भयो । यस क्षेत्रका विभिन्न बौद्ध मुर्तिहरु कश्मीरका गान्धारन कलाकारहरूले पहाड र ढुङ्गाहरूमा बेजोडको शिल्पीले कुँदेका छन् । १० औं शताब्दीको मध्यमा लोत्सावा रिन्चेन जाङ्पो आइ गोम्पास स्थापना गर्नुभएको थियो । जसले सो क्षेत्रमा बौद्ध धर्मको फैलावटको शुरुवात गरेको बताइन्छ । लद्दाखको तिब्बती–प्रभावित बौद्ध धर्म, लेह यसको सांस्कृतिक केन्द्रमा रहेकोले आध्यात्मिक गहिराइ खोज्ने आगन्तुकहरूलाई आकर्षित गरिरहेको बताउनु भयो ।

यस क्षेत्रमा बुद्ध, निर्वाण प्राप्त गर्ने देवताको रूपमा पूजा गरिन्छ, र विभिन्न बोधिसत्वहरू पुरातन मठहरूमा पनि पूजा गरिन्छ । लद्दाखको समृद्ध सम्पदाले पर्यटकहरूलाई यसको गहिरो बौद्ध परम्पराहरूबाट अन्वेषण र अन्तर्दृष्टि प्राप्त गर्न उत्सुक बनाउँछ । रुसबाट घुम्न आउनुभएकी विद्यार्थी अलका गीरेलले बौद्ध परम्परा र संस्कृति जान्न यो क्षेत्र महत्वपूर्ण रहेको बताउनु भयो । विश्वका धेरै शान्तिप्रेमी यस क्षेत्रमा शान्तिको लागि प्रार्थनाको लागि आउने बताउनु भयो । अहिले रूस र युक्रेन बीच युद्ध जारी छ । तर रूसमा धेरै मानिसहरू शान्तिको लागि प्रार्थना गरिरहेको गिरेलले बताउनु भयो ।

लद्दाखमा बौद्ध धर्म सम्बन्धि शिक्षामा जोड दिइएको छ । महाबोधी आवासीय विद्यालयमा नर्सरीदेखि प्लस टुसम्म प्रत्येक दिन बुद्धको प्रार्थनाको साथ कक्षा शुरु हुन्छ । दयालु, जिम्मेवार नागरिकहरूको पालनपोषण गर्न धम्म शिक्षाहरूसँग शैक्षिक सिकाइको मिश्रण हुन्छ । विद्यालयकी छात्रा छिरिङ्ग दिस्कितले बौद्ध परम्परा अनुसारको प्रार्थना र अनुशासनले व्यक्तिको दैनिक जीवनमा सकारात्मक भुमिका खेलेको बताउनु भयो ।

भगवान बुद्धका नैतिक मूल्य र सिद्धान्तहरूलाई मूर्त रूप दिन धम्म संस्कार र पद्धति आवश्यक रहेको उहाँले बताउनु भयो । धार्मिक कक्षाहरूमा, बालबालिकाहरूले सबै धर्महरूको समानताको बारेमा सिक्छन् । धम्म शिक्षाको उद्देश्यले अरूको लागि सम्मान बढाउने उद्देश्यले प्रत्येक कक्षा ध्यान, योग सिकाइरहेको धम्म (धार्मिक) शिक्षक तान्जिन नात्सोले जानकारी दिनुभयो । यस्ता कक्षाहरुमा विद्यार्थीहरूले बुद्धको जीवन, उहाँको संघर्ष, सत्यको खोजी र बुद्ध धर्मका मुल शिक्षाहरूबारे ज्ञान प्राप्त गर्ने बताउनु भयो ।