१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar प्रधानमन्त्री कार्यालयका १५ उपलब्धि सार्वजनिक, विपद् व्यवस्थापनदेखि डिजिटल शासनसम्म प्राथमिकता News Polar राष्ट्रियसभाको २१औँ अधिवेशनमा ५२ बैठक, ९८ घण्टा १० मिनेट काम News Polar गुल्मीमा मात्रै खसीबोका बिक्री कारोबार वार्षिक एक अर्ब News Polar आर्थिक कूटनीतिलाई राष्ट्रिय समृद्धिसँग जोड्नुपर्छः परराष्ट्रमन्त्री खनाल News Polar जैविक मलको प्रयोग बढाउनुपर्छ : मन्त्री चौधरी News Polar काठमाडौंमा दसैँ–तिहार लक्षित विशेष सुरक्षा योजना, ३ हजार ५ सय ६ प्रहरी परिचालन News Polar भोटेकोशी बाढी : प्रसनिसहित २५ प्रहरी अझै बेपत्ता, तीन जनाको शव फेला News Polar मतदाता सहभागिता बढाउन र बदर मत घटाउन दललाई प्रमुख निर्वाचन आयुक्त कार्कीको आग्रह News Polar नयाँबसपार्कमा यात्रु सहायता कक्ष स्थापना News Polar सभामुख अर्यालद्वारा संसदको कार्यसम्पादनको प्रशंसा, जलवायु मुद्दा प्राथमिकतामा राख्ने प्रतिबद्धता News Polar प्रतिनिधि सभाको दोस्रो अधिवेशन सम्पन्नः १४५ दिनमा १२ विधेयक पारित, विपद् व्यवस्थापनमा विशेष समितिको गठन News Polar टिपरले ठक्कर दिँदा एकको मृत्यु, पाँच जना घाइते News Polar राष्ट्रिय सभाको २१ औं अधिवेशन सम्पन्नः १४५ दिनमा ५२ बैठक, के–के भए उपलब्धि ? News Polar सात विधेयक दफावार छलफलका लागि संसदीय समितिमा पठाइयो News Polar धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँध पुनः खोलिँदै News Polar ओडारमा लुकाइराखेको अवस्थामा ३ थान भरुवा बन्दुक बरामद News Polar संसदको कार्यशैलीप्रति आचार्यको प्रश्न : ‘संसद बोल्ने मञ्च मात्र हो कि समाधान खोज्ने ?’ News Polar काठमाडौं क्लाइमेट विक २०२६ सुरु, जलवायु न्यायदेखि विश्वव्यापी कूटनीतिसम्म बहस हुने News Polar दुई तिहाइको दम्भले सुशासन ओझेलमा परेको एमाले मुख्य सचेतक मेचेको आरोप News Polar सरकारको ६ महिने कार्यकाल पूर्णतः असफल : झक्कुप्रसाद सुवेदी

रेडपाण्डा संरक्षण गर्न कुकुर र बिरालोलाई बन्ध्याकरण !

रेडपाण्डा संरक्षण गर्न कुकुर र बिरालोलाई बन्ध्याकरण !
अ अ+ अ-

फुङ्लिङ । ताप्लेजुङको ग्राम्रीण क्षेत्रमा रेड पाण्डा संरक्षण गर्न कुकुर र बिरालोलाई बन्ध्याकरणअभियानथाएिको छ । रेडपाण्डा नेटवकको सहयोगमा हिमाली संरक्षण मञ्चले विगत ७ वर्षदेखि अभियानलाई निरन्तरता दिँदै आएको हो ।

रेडपाण्डा पाइने विभिन्न बस्तीमा रहेका कुकुर र बिरालोलाई बन्ध्याकरण गर्नुका साथै रेविजविरुद्ध खोप दिएर रेडपाण्डा संरक्षणको अभियान सुरु गरेको हिमाली संरक्षण मञ्चका सचिव विविश केदमले जानकारी दिनुभयो । उहाँका अनुसार अभियानले रेडपाण्डाका लागि सुरक्षित वातावरण सिर्जना गर्न, सङ्क्रमण र हिंस्रक आक्रमणबाट रेडपाण्डालाई जोगाउन विशेष प्रयास गरिरहेको छ ।

रेडपाण्डा पाइने क्षेत्रका ग्रामीण समुदायमा पशु स्वास्थ्य र जनावर व्यवस्थापनका गतिविधिलाई प्राथमिकता दिइँदै आएको छ । फुङलिङ नगरपालिकाको फावाखोला, फुरुम्बू, काफ्लेपाटी, माथिल्लो फेदी, हाङदेवा र पाथीभरा याङवरक गाउँपालिकाको तिरिङगे, सिरिजङ्गाउँपालिकाको सिकैचा क्षेत्रका बस्तीमा बन्धाकरण साथै रेविजभ्याक्सिन कार्यक्रम सञ्चालन गरिएको मञ्चका कार्यक्रम संयोजक रमेश राईले बताउनुभयो ।

उहाँका अनुसार, यस कार्यममा करिब तीन सय ६८ कुकुर र बिरालोलाई रेविजविरुद्ध खोप दिइएको छ । यसका अतिरिक्त, जनावरको स्वास्थ्यका लागि भिटामिन, लुतोको औषधि, र जुम्राको औषधि पनि वितरण गरिएको छ ।कुकुर र बिरालोलाई रेविजविरुद्धको खोप लगाएपछि, रेडपाण्डासँग प्रत्यक्ष सम्पर्कमा आउँदा सम्भावित सङ्क्रमणबाट जोगाउन सकिने भएकाले विगत लामो समयदेखि कार्यक्रमलाई निरन्तरता दिँदै आएको मञ्चले जनाएको छ ।

मञ्चका सदस्य भिङमारे लिम्बूकाअनुसार यही कात्तिक अन्तिम सातादेखि मङसिर पहिलो सातासम्ममा फुरुम्बु क्षेत्रका बस्तीमा रहेका कुकुरका लागि बन्ध्याकरण शिविर सञ्चालन गर्ने योजना पनि बनाएको छ । कुकुरको सङ्ख्या व्यवस्थापन स्वस्थ राख्न कार्यक्रम गर्न लागेको उहाँले बताउनुभयो । बन्ध्याकरण कार्यक्रममार्फत कुकुरको सङ्ख्यालाई सन्तुलनमा राख्न सम्भव हुनेछ, जसले वातावरणमा थप सुरक्षा प्रदान गर्न मद्दत पुर्‍याउने मञ्चले जनाएको छ ।

रेडपाण्डा संरक्षणका चुनौती

मञ्चकाअनुसार ताप्लेजुङको ग्राम्रीण क्षेत्रमा रेड पाण्डा वासस्थान र चरीचर क्षेत्र पर्दछ । ताप्लेजुङको सदरमुकाम फुङ्लिङ –९, १० र ११ वडा अर्थ पाथीभरा क्षेत्र रेडपाण्डाको बासस्थान पर्दछ । यस क्षेत्रमा समय समयमा पाथीभरा दर्शन गर्न जाने तीर्थयात्रीले रेडपाण्डा देख्ने गरेका छन् ।

केहीवर्ष अघि पाथीभरा क्षेत्रमा रेडपाण्डा मरेको अवस्थामा फेला परेको थियो । अनुसन्धानका आधारमा प्रारम्भिक निष्कर्षमा रेडपाण्डाको मृत्युपछि सम्भवत:कुनै हिंस्रक जनावर, जस्तै कुकुरको आक्रमणले गर्दा मरेको निष्कर्ष भयो । यसले हिमाली संरक्षण मञ्चलाई झनै सचेत बनाएको कार्यक्रम संयोजक राईले बताउनुभयो । रेडपाण्डाको प्रत्यक्ष सम्पर्कमा पुग्न सक्ने कुकुर र बिरालोलाई रेविज विरुद्धको भ्याक्सिन दिने अभियानलाई निरन्तरता दिन थालिएको मञ्चले जनाएको छ ।

रेडपाण्डाको आवासीय क्षेत्रमा कुकुर र बिरालोका कारण सुरक्षा चुनौती सिर्जना भएकाले यो समस्या समाधान गर्न मञ्चले स्थानीय समुदायको सहयोगमा काम गरिरहेको छ । समुदायमा जनचेतना फैलाउने कार्यक्रम सञ्चालन गर्दै, स्थानीयलाई रेडपाण्डा संरक्षणको महत्व र यसका चुनौतीबारे अवगत गराउँदै आएको राईले बताउनुभयो ।

मञ्चका अनुसार प्रत्येक शिविरमा स्थानीयलाई संलग्न गराएर जनचेतना काकार्यक्रम सञ्चाल नगर्ने गरेको छ । जनावरसँग सम्बन्धित स्वास्थ्य कार्यक्रम, जनावरको जिम्मेवारीपूर्ण पालनपोषण र रेडपाण्डा जस्ता संरक्षणमा संवेदनशील वन्यजन्तुको सुरक्षाका लागि चेतनामूलक कार्यक्रमले रेडपाण्डा पाइने क्षेत्रका बासिन्दालाई आवश्यक जनचेतनाको विकास भएको छ । रेडपाण्डा संरक्षणमा स्थानीयको सहयोगबिना दीर्घकालीन सफलता सम्भव नहुने हिमाली संरक्षण मञ्चको विश्वास छ ।

रेडपाण्डा संरक्षणमा भइरहेको अभियानले रेडपाण्डाको सङ्ख्या वृद्धि गर्न र वातावरणमा स्थिरता कायम गर्न महत्वपूर्ण योगदान दिने हिमाली संरक्षण मञ्चका अध्यक्ष चन्द्रमणि सुब्बा लिम्बूले बताउनुभयो ।रासस