३ कार्तिक २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

चिनियाँ राजनीतिज्ञ चेन घांग नेपाल भ्रमणमा



अ+ अ-

काठमाडौँ । चिनियाँ राजनीतिज्ञ चेन घांग नेपाल भ्रमणमा आउनुभएको छ ।

शनिवार मध्यान्ह उहाँ त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नेपाल आउनुभएको हो ।

उहाँलाई सहयोग गर्न नेपालस्थित चिनियाँ राजदुतावासका कर्मचारीहरु विमानस्थल पुगेका थिए । घांग हाल छिन्घाईको कम्युनिष्ट पार्टी सचिवको रूपमा सेवारत हुनुहुन्छ । यसअघि उहाँले अखिल चाइना फेडेरेसन अफ ट्रेड युनियनको कम्युनिष्ट पार्टीको सचिवको रूपमा काम गर्नुभएको थियो ।

नेपाल भ्रमणका क्रममा उहाँले राजनीतिक व्यक्तित्वहरुसँग भेट गर्ने कार्यक्रम रहेको छ ।