१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar प्रधानमन्त्री कार्यालयका १५ उपलब्धि सार्वजनिक, विपद् व्यवस्थापनदेखि डिजिटल शासनसम्म प्राथमिकता News Polar राष्ट्रियसभाको २१औँ अधिवेशनमा ५२ बैठक, ९८ घण्टा १० मिनेट काम News Polar गुल्मीमा मात्रै खसीबोका बिक्री कारोबार वार्षिक एक अर्ब News Polar आर्थिक कूटनीतिलाई राष्ट्रिय समृद्धिसँग जोड्नुपर्छः परराष्ट्रमन्त्री खनाल News Polar जैविक मलको प्रयोग बढाउनुपर्छ : मन्त्री चौधरी News Polar काठमाडौंमा दसैँ–तिहार लक्षित विशेष सुरक्षा योजना, ३ हजार ५ सय ६ प्रहरी परिचालन News Polar भोटेकोशी बाढी : प्रसनिसहित २५ प्रहरी अझै बेपत्ता, तीन जनाको शव फेला News Polar मतदाता सहभागिता बढाउन र बदर मत घटाउन दललाई प्रमुख निर्वाचन आयुक्त कार्कीको आग्रह News Polar नयाँबसपार्कमा यात्रु सहायता कक्ष स्थापना News Polar सभामुख अर्यालद्वारा संसदको कार्यसम्पादनको प्रशंसा, जलवायु मुद्दा प्राथमिकतामा राख्ने प्रतिबद्धता News Polar प्रतिनिधि सभाको दोस्रो अधिवेशन सम्पन्नः १४५ दिनमा १२ विधेयक पारित, विपद् व्यवस्थापनमा विशेष समितिको गठन News Polar टिपरले ठक्कर दिँदा एकको मृत्यु, पाँच जना घाइते News Polar राष्ट्रिय सभाको २१ औं अधिवेशन सम्पन्नः १४५ दिनमा ५२ बैठक, के–के भए उपलब्धि ? News Polar सात विधेयक दफावार छलफलका लागि संसदीय समितिमा पठाइयो News Polar धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँध पुनः खोलिँदै News Polar ओडारमा लुकाइराखेको अवस्थामा ३ थान भरुवा बन्दुक बरामद News Polar संसदको कार्यशैलीप्रति आचार्यको प्रश्न : ‘संसद बोल्ने मञ्च मात्र हो कि समाधान खोज्ने ?’ News Polar काठमाडौं क्लाइमेट विक २०२६ सुरु, जलवायु न्यायदेखि विश्वव्यापी कूटनीतिसम्म बहस हुने News Polar दुई तिहाइको दम्भले सुशासन ओझेलमा परेको एमाले मुख्य सचेतक मेचेको आरोप News Polar सरकारको ६ महिने कार्यकाल पूर्णतः असफल : झक्कुप्रसाद सुवेदी

एकीकृत समाजवादी एमालेसँग एकीकरण गर्नुपर्छ: नेता मिश्र

असन्तुष्टि सम्बोधन नभए अलग पार्टी बन्छ

एकीकृत समाजवादी एमालेसँग एकीकरण गर्नुपर्छ: नेता मिश्र
अ अ+ अ-

काठमाडौ । नेकपा(एकीकृत समाजवादी)का नेता वंशिधर मिश्रले पार्टीलाई नेकपा(एमाले)सँग एकीकरण गर्नुपर्ने बताउनुभएको छ ।

नेकपा(एकीकृत समाजवादी)ले विद्रोहको औचित्य पुष्टि गर्न नसकेको भन्दै नेता मिश्रले एमालेसँग पार्टीको एकीकरण गर्नुपर्ने बताउनुभएको हो ।उहाँले पार्टी फुटको कारणलाई हल गर्दै एकीकरण गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले तत्कालिन पार्टी(एमाले) फुट्दै गर्दा नयाँ पार्टीमा कुनैपनि त्रुटी, कमी,कमजोरी र असन्तुष्टिहरु नहोस् भन्ने आफूहरुको अपेक्षा रहेको भएपनि त्यस्तो हुन नसकेको बताउनु भयो ।

उहाँले पार्टीको दशौँ महाधिवेशनको म्याण्डेड विपरित मनोनित केन्द्रिय सदस्यहरुले पदाधिकारी र पोलिटव्युरो सदस्य चयन गरिएको भन्दै त्यसमा आफूहरुको असन्तुष्टि रहेको बताउनु भयो । उहाँले पार्टी विधान र महाधिवेशनको म्याण्डेड विपरित पदाधिकारी र पोलिटव्युरो चयन हुनु त्रुटीपूर्ण काम भएकोले सो कुरा सच्चिनुपर्ने बताउनु भयो । पार्टीभित्र दुई पक्ष हाबि भएको भन्दै उहाँले पार्टी संकटमा रहेको उल्लेख गर्नुभयो । नेता मिश्रले पार्टीको औचित्य सकिएकाले नयाँ पार्टी बनाउनुपर्छ भन्ने एउटा पक्ष र सुधार गरेर यही पार्टी बनाउनुपर्छ भन्ने अर्को पक्ष पार्टीभित्र रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘हामी जुन कारणले फुटेको हो त्यो कारणलाई हल गरेर यो पार्टी एकीकरण गर्नुपर्छ । त्यो गर्न सकिएन भनेपनि जे–जे त्रुटी, कमजोरी भएर पार्टीले राम्रो गर्न सकेन, असन्तुष्टिहरु भए या राजनीतिक रुपले संकट आए, यस्तो काम कमसेकम यो विद्रोह गरेर आएको पार्टीले नगरोस् । यसले आफ्नो नयाँ खालको शैलीबाट, जनपक्षिय शैलीबाट अगाडी बढोस् भन्ने चाहाना थियो । तेस्रो, विद्रोहको औचित्य सिद्ध गरोस् । त्यो हामीले गर्न सकेनौँ । दशौँ महाधिवेशनले उत्साह दिन्छ भन्ने थियो दुर्भाग्यवश के भइदियो भने महाधिवेशनबाटै सबै संरचना तयार गर्नुपथ्र्यो, त्यही नै म्याण्डेड थियो । भोलि निर्वाचन आयोगले पनि प्रश्न उठाउँदै छ कि जे गर्ने हो त्यो त महाधिवेशनको हलले गर्ने हो । हलबाट मनोनित गर्ने सर्वसम्मतिले ३ जना, त्यसपछि ९३ जनालाई मनोनित गरियो र ति मनोनित गरिएकाले सबै पदाधिकारी उसले छान्ने यो चाहीँ विधानमा पनि नभएको कुरा पर्‍यो । यो व्यवहारिक पनि थिएन । ठूलो त्रुटी भएको हो । पछि ३४४ जना भइसकेपछि नयाँ संकट के शुरु भयो, पदाधिकारी चयन र पोलिटव्युरो चयन भोटबाट अहिलेसम्म कम्युनिस्ट पार्टीको इतिहासमा भएको छैन । केन्द्रिय कमिटी चयन हुन्छ । त्यसले अध्यक्ष/महासचिव छान्थ्यो । तर पोलिटव्युरो एउटा मापदण्ड बनाएर मुल्यांकनको आधारमा हुन्थ्यो ।

पोलिटव्युरोको निर्वाचन पनि मनोनित ३४४ जनाले । निर्वाचित होइन । मनोनितले त माथिबाट जसले कृपा गरेर मनोनित भएको छ, त्यो कृपालुले के भन्छ ? त्यसलाई फाइदा उठाएर ५/७ वटा स्लिप बाँड्ने काम भए । त्यसले के दुर्घटना गर्‍यो भने पुराना मान्छेहरु पोलिटव्युरोबाट पनि हटे । पुराना, इमान्दार र कर्मठ मान्छेहरु पोलिटव्युरोमा पनि आएनन् । पदाधिकारीमा पनि त्यस्तै दुर्घटना भयो । एकचोटी मात्रै केन्द्रीय कमिटीमा आएको मान्छे एकैचोटी उपमहासचिव भए । दुई चोटी भएका कोही उपाध्यक्ष भए । पुराना मान्छे हेरेको हेरेकै भए । यसले व्यापक असन्तुष्टि ल्याएको छ । यो असन्तुष्टि दुई तहमा छ । एउटा असन्तुष्टि के मा छ भने अब यो पार्टी न एकीकरण हुन्छ न अगाडी बढ्छ यसको औचित्य छैन भन्नेतिर लागेर यो फुटाउनुपर्छ, अन्त जानुपर्छ अथवा निस्क्रिय हुनुपर्छ अब यो काम छैन भन्नेमा पुगेको छ । एउटा समुह यसैलाई करेक्शन गर्नुपर्छ, फेरी महाधिवेशन बोलाउने हो कि, यसलाई विघटन नै गर्ने हो कि रु नयाँ ढंगले जानुपर्छ कि भन्नेमा छ । अर्को तेस्रो पक्ष जो संस्थापन धार छ, उसले के भन्दैछ भने जे भयो भयो यसलाई सकेसम्म सहिष्णुता, सुधार गर्दै नयाँ जिम्मेवारी बाँड्दै जानुपर्छ भनेर छिटै केन्द्रिय कमिटीको बैठक बोलाउने कुरा भइराखेको अवस्था छ । नेकपा(एकीकृत समाजवादी)पार्टी संकटमा छ ।’

उहाँले हैसियत विहिन मानिसहरु पदाधिकारी र केन्द्रिय कमिटीमा आउँदा आवश्यक मानिसहरु भने छुटेका बताउनु भयो । पार्टीलाई सुधार गर्नका लागि छलफलहरु पनि भइरहेको उल्लेख गर्दै उहाँले निराश नेताहरुले अलग पार्टी बनाउन सक्ने स्पष्ट पार्नुभयो । उहाँले आफूहरुले सिंगो पार्टीको नै एकता गर्न चाहेको भएपनि पार्टीको शिर्ष नेताहरुका बिचमा कुरा नमिलेको बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘कुनै वैचारिक मतभेद नहुँदा नहुँदै व्यक्तिको कारणले, व्यक्तिगत इगो, व्यक्तिगत विचार, व्यक्तिगत कुरा, मैले भनेपछि सिद्धान्त भन्ने हिसाबले कम्युनिस्ट पार्टीहरु सबभन्दा बढी फुटेका छन् । सुधारको लागि पनि कुरा भइरहेको छ । निराश साथीहरुले अलग पार्टी बनाउनेतिर नजालान् भन्नसक्ने अवस्था छैन । जान सक्छन् । टप लेभलमा कुरा मिलेको छैन पार्टी एकताका लागि । हामी पर्ख र हेरमा छौँ । सकेसम्म सिंगो पार्टी नै एकिकरण गर्ने प्रयास गर्ने । यदि त्यो सम्भव भएन भने शीर्ष नेताहरु बाहेक हामी एमालेमा जाने सम्भावना नजिक छ ।’

सिंगो पार्टीलाई एमालेसँग एकता गराउन नसकिए शीर्ष नेताहरु बाहेकको समूह एमालेमा प्रवेश गर्ने बताउनु भयो । पार्टी एकिकरणको लागि राजनैतिक दल सम्बन्धिको अध्यादेश आए सजिलो हुने पनि नेता मिश्रले बताउनु भयो । एकीकृत समाजवादी बन्ने बेला ल्याइएको अध्यादेश आवश्यक देख्नेले अहिले राजनैतिक ध्रुविकरणको लागि ल्याइने अध्यादेश पनि औचित्यपूर्ण हुने नेता मिश्रको तर्क छ । राजनैतिक दल सम्बन्धिको अध्यादेशले अलमलमा परेका धेरै नेता कार्यकर्तालाई सहज बाटो र निर्णय लिन सजिलो हुने बताउनु भयो । —न्युज एजेन्सी नेपाल