१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar प्रधानमन्त्री कार्यालयका १५ उपलब्धि सार्वजनिक, विपद् व्यवस्थापनदेखि डिजिटल शासनसम्म प्राथमिकता News Polar राष्ट्रियसभाको २१औँ अधिवेशनमा ५२ बैठक, ९८ घण्टा १० मिनेट काम News Polar गुल्मीमा मात्रै खसीबोका बिक्री कारोबार वार्षिक एक अर्ब News Polar आर्थिक कूटनीतिलाई राष्ट्रिय समृद्धिसँग जोड्नुपर्छः परराष्ट्रमन्त्री खनाल News Polar जैविक मलको प्रयोग बढाउनुपर्छ : मन्त्री चौधरी News Polar काठमाडौंमा दसैँ–तिहार लक्षित विशेष सुरक्षा योजना, ३ हजार ५ सय ६ प्रहरी परिचालन News Polar भोटेकोशी बाढी : प्रसनिसहित २५ प्रहरी अझै बेपत्ता, तीन जनाको शव फेला News Polar मतदाता सहभागिता बढाउन र बदर मत घटाउन दललाई प्रमुख निर्वाचन आयुक्त कार्कीको आग्रह News Polar नयाँबसपार्कमा यात्रु सहायता कक्ष स्थापना News Polar सभामुख अर्यालद्वारा संसदको कार्यसम्पादनको प्रशंसा, जलवायु मुद्दा प्राथमिकतामा राख्ने प्रतिबद्धता News Polar प्रतिनिधि सभाको दोस्रो अधिवेशन सम्पन्नः १४५ दिनमा १२ विधेयक पारित, विपद् व्यवस्थापनमा विशेष समितिको गठन News Polar टिपरले ठक्कर दिँदा एकको मृत्यु, पाँच जना घाइते News Polar राष्ट्रिय सभाको २१ औं अधिवेशन सम्पन्नः १४५ दिनमा ५२ बैठक, के–के भए उपलब्धि ? News Polar सात विधेयक दफावार छलफलका लागि संसदीय समितिमा पठाइयो News Polar धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँध पुनः खोलिँदै News Polar ओडारमा लुकाइराखेको अवस्थामा ३ थान भरुवा बन्दुक बरामद News Polar संसदको कार्यशैलीप्रति आचार्यको प्रश्न : ‘संसद बोल्ने मञ्च मात्र हो कि समाधान खोज्ने ?’ News Polar काठमाडौं क्लाइमेट विक २०२६ सुरु, जलवायु न्यायदेखि विश्वव्यापी कूटनीतिसम्म बहस हुने News Polar दुई तिहाइको दम्भले सुशासन ओझेलमा परेको एमाले मुख्य सचेतक मेचेको आरोप News Polar सरकारको ६ महिने कार्यकाल पूर्णतः असफल : झक्कुप्रसाद सुवेदी

सरकारलाई सांसदहरुको ध्यानाकर्षण: ‘जनतालाई राहत दिने नाममा हुने ठगी नियन्त्रणमा ध्यान देउ’

सरकारलाई सांसदहरुको ध्यानाकर्षण: ‘जनतालाई राहत दिने नाममा हुने ठगी नियन्त्रणमा ध्यान देउ’
अ अ+ अ-

काठमाडौँ । राष्ट्रिय सभाका सांसदहरुले विपद् व्यवस्थापनको नाममा जनतालाई ठगी गर्ने काम हुन नदिन सरकारसँग आग्रह गरेका छन् ।

बाढी, पहिरो र डुबानपछि देशमा दैनिक उपभोग्य वस्तुको मूल्य अत्याधिक बढाएर जनतालाई ठग्ने काम गरेको भन्दै त्यस्ता अवाञ्छित गतिविधि बन्द गर्न उनीहरुले सरकारलाई सचेत गराएका हुन् ।

शुक्रवार संघीय संसद राष्ट्रिय सभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा बोल्दै सत्तारुढ नेपाली काँग्रेसका सांसद युवराज शर्मा, एमालेकी सांसद सुमित्रा बिसी र प्रमुख प्रतिपक्ष दल नेकपा ९माओवादी केन्द्र०की सांसद रेणु चन्दले विपद व्यवस्थापनको कामलाई प्रभावकारी ढंगले नीति निर्माण गर्न र त्यसको कार्यान्वयनको कामलाई तिब्रता दिन पनि सरकारको ध्यानाकर्षण गराएका छन् । सत्तारुढ एमालेकी सांसद सुमित्रा बिसीले गत असोज ११ र १२ गते आएको बाढि, पहिरो र डुबानको समस्या समाधान गर्ने काममा पर्याप्त ध्यान दिन नसकेको भन्दै सरकारको आलोचना समेत गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘विपद व्यवस्थापनका सरकारले जे जति गर्‍यो, त्यो अपुग भयो कि भन्ने मलाई व्यक्तिगत रुपमा पनि लाग्यो । अब यो प्राकृतिक प्रकोपलाई कसैले छेक्न त सक्दैन । तर अहिलेको प्रविधि अनुसार जे जति गर्न सक्दथ्यौं, त्यो अलि पुगेन कि भन्ने मलाई लागेको छ ।’

सत्तारुढ काँग्रेस सांसद युवराज शर्माले विपद्को नाममा हुने गरेका अनावश्यक मूल्यवृद्धि तत्काल नियन्त्रण गर्न सरकारसँग माग गर्नुभयो । उहाँले बाढी र पहिरोपछि रोगव्याधि पनि बढ्ने सम्भावना भएको औंल्याउँदै त्यसलाई नियन्त्रण गर्न पनि सरकारलाई ध्यान दिन आग्रह गर्नुभयो ।

सांसद शर्माले भन्नुभयो, ‘बाढी, पहिरोपछि रोगहरु बढेका छन् । त्यसलाई नियन्त्रण गर्नुपर्ने स्थिति आईरहेको छ । र अहिले यो बाढीको कारणले अनावश्यक महंगी वृद्धि भएको छ । महंगी हुनु स्वभाविक हो । तर साढे ४ सय रुपैयाँ किलो रायोको साग काठमाडौंमा हुनु त्यो अचम्मको कुरा हो । त्यतातिर पनि सरकारको ध्यान जानुपर्दछ । त्यो नियन्त्रण गर्नैपर्दछ । बाढीको नाममा, भूकम्पको नाममा जनतालाई ठग्ने काम जुन भईरहेको छ, त्यो पनि नियन्त्रण गर्ने सरकरको काम हो भन्ने मलाई लागेको छ । अनावश्यक मूल्यवृद्धि नियन्त्रण गरौँ । भविष्यमा यस्तो स्थिति नदोहोरियोस् । त्यसका लागि विशेषत: म गृह मन्त्रालयसँग आग्रह गर्दछु ।’

यता, प्रमुख प्रतिपक्ष दल नेकपा ९माओवादी केन्द्र० की सांसद रेणु चन्दले पनि विपद्मा परेकाहरुलाई तत्काल राहत दिनेगरी आवश्यक नीतिगत निर्णय लिन सरकारलाई दबाब दिनुभयो । उहाँले जाजरकोटलगायतका जिल्लामा एक वर्ष बित्दा पनि भूकम्प पीडितका लागि आवास निर्माणका लागि दोस्रो किस्ता वापतको रकम सरकारले उपलब्ध नगराएकोमा पनि आक्रोश व्यक्त गर्र्नुभयो ।
सांसद चन्दले भन्नुभयो, ‘जाजरकोटको भूकम्पको बेलामा जो कार्यविधि बन्यो । त्यो लागू नै हुन सकेन । र एकदमै झन्झटिलो भयो । र हाम्रो आग्रह छ–अव जो कार्यविधि बनाउनुभएको छ । त्यो झन्झटिलो र लागू गर्न नसकिने किसिमको भयो भने अहिले जाजरकोटमा भूकम्प पीडितले एक वर्ष बितिसक्दा पनि राहत पाउन सकेका छैनन । यस्तो अवस्था आउन नदिने कुरामा सरकारले विशेष ध्यान दिनुपर्छ ।’

सांसद चन्दले सरकारले विपदमा परेका जनतालाई राहत दिने कुरामा ढिलाई गर्न नहुने पनि बताउनु भयो ।