४ पुष २०८२, शुक्रबार
,
Latest
कमजोर खर्च व्यवस्थापन र सुशासन सरकारको मुख्य चुनौतिः उद्योगमन्त्री सिन्हा पौष कृष्ण औँसीः गोकर्णेश्वर उत्तरगयामा श्राद्ध गर्नेको घुइँचो अर्थमन्त्रीको आश्वासनः क्षतिग्रस्त भवन पुनर्निर्माणका लागि संघ सरकारले सहयोग गर्छ दब्ल्याङको पहिरो नियन्त्रण गर्न सुरु मुस्ताङको चैले र चराङमा ३३ केभिए सवस्टेसन निर्माण सुरु रवि लामिछाने छुट पुर्जी लिन भैरहवा जाँदै नेपाल–भारत पर्यटन साझेदारी सुदृढ गर्ने लक्ष्यसहित पोखरामा इन्डिया–नेपाल टुरिजम मिट भोजपुरमा हिउँदे आलुमा डढुवाको सङ्क्रमण पाँच महिनामा चार सय ९६ घरेलु तथा साना उद्योग दर्ता धवलागिरिवासीको गुनासो : ‘हरियाली वनपाखा र हराभरा बगैँचा धुलाम्मे भए’
तपाईं के खोज्दै हुनुहुन्छ ?

विपक्षीहरुको बैठक: दल फुटाउने अध्यादेश ल्याउनसक्ने आशंका



अ+ अ-

काठमाडौं । विपक्षी दलहरुले सरकारले साना दलहरु फुटाउन अध्यादेश ल्याउनसक्ने आशंका गरेका छन् ।

बिहीबार विपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्डले बोलाएका बैठकमा नेताहरुले सरकारले साना दलहरुलाई फुटाउन अध्यादेश ल्याउनसक्ने विश्लेषण गरेका छन् ।

पहिला पनि ओली सरकारले नै अध्यादेश ल्याएको भन्दै यसमा गम्भीर आशंका रहेको रास्वपा संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठले बताए । उनले भने, ‘यो पालि पनि सत्ता पक्षमै भएका साना दलहरु हुन् वा प्रतिपक्षमा भएका दल, हामी नयाँ मान्छे अएकाले के हो, यतातिर गएको गम्भीर आशंका भएर नै बसेका हौं ।’

साथै, बैठकले सरकारसँगै राष्ट्रपति र सभामुखको समेत ध्यानाकर्षण गराउने निर्णय गरेको छ । यदि सरकारले अध्यादेश ल्याउन खोजे तत्काल विशेष अधिवेशन बोलाउन माग गर्ने रणनीति रहेको एक नेताले बताए ।

बैठकमा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, नेताहरु महन्त ठाकुर, प्रभु साह, रास्वपा सभापति रवि लामिछाने तथा उपसभापतिहरु डिपी अर्याल र डा स्वर्णिम वाग्ले नेताहरु शिशिर खनाल, सुमना श्रेष्ठ र विराजभक्त श्रेष्ठको सहभागिता रहेको थियो ।