२७ मंसिर २०८२, शनिबार
,
Latest
अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ वर्तमान पाठ्यक्रममा परिमार्जन गर्न जरुरी छः मुख्यमन्त्री बानियाँ ‘सौन्दर्य व्यवसाय महिलाको आर्थिक सशक्तीकरणसँग गाँसिएको छ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

शान्त र संयममतापूर्वक सामान्य रुपमा चाडवाड मनाऔँ: महामन्त्री शर्मा



अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले तिहार, छठ लगायतका चाडपर्वहरु तडकभडक नगरी मनाउन आग्रह गर्नुभएको छ ।

दशैँ,तिहार, छठ, नेपाल संवत, उँधौली पर्व लगायतमा तडकभडक, फजुल खर्च बढी हुने गरेको भन्दै शान्त, संयम र आत्मीयताका साथ मनाउन आह्वान गर्नुभएको हो ।  महामन्त्री शर्माले दशैँपर्व शुरु हुनुपूर्वको विपद्बाट नेपालले ठूलो जनधनको क्षति व्यहोरेको भन्दै मृत आत्माको चीर शान्तिको कामना समेत गर्नुभयो । उहाँले विपद्मा परी घाइते भएकाहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै मृतक परिवारजनमा समवेदना प्रकट गर्नुभयो । उहाँले शान्त र संयमसँग सामान्य चाडपर्वहरु मनउनुपर्ने बताउनु भयो । दीपावलीको दीपसँगै सबैको मनमा सकारात्मक सोचको भावको दीप जल्नुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘दशैँपर्व मनाउन शुरु गर्नु भन्दा दुई साता जति अघि मात्रै हामीले २ सय भन्दा बढी आफन्तहरुलाई गुमायौँ, बाढी र पहिरोको चपेटामा परेर । दशैँ मनाउँदै गर्दा हामीले शुभकामना आदानप्रदान त गर्‍यौँ । तर सँगै दिवंगत आत्माको शान्तिको कामना पनि गर्‍यौँ । ति परिवारजनलाई यो बेला पनि सम्झौँ । जब तिहार मनाउने तयारी हामी गर्दैछौँ । शान्त र संयमसँग सामान्य रुपमा तिहार मनाआँै । तडकभडक नगरीकन, फजुल खर्च नगरीकन चाडपर्व मनाऔँ । ति सबैको आत्माको शान्तिको कामना गर्दै हामी यि पर्वहरु मनाऔँ । म स्वदेश र विदेशमा रहनुहुने समस्त नेपाली आमाबुबा, दिदिबहिनी र दाजुभाईहरुलाई आउँदै गरेको तिहार ९दीपावली०, छठ, नेपाल संवत, उँधौली पर्व, सबैको हार्दिक शुभकामना दिन चाहन्छु । यो पर्वले हामी सबैको बीचमा आत्मीयता र प्रेम अभिवृद्धि गर्न सकोस् । दीपावलीको दीपसँगै हामी सबैको मनमा सकारात्मक सोचको भावको दीप जल्न सकोस् । सबैलाई धेरै धेरै शुभकामना ।’

महामन्त्री शर्माले आउँदै गरेको तिहार, छठ, नेपाल संवत, उँधौली पर्वको शुभकामना समेत दिनुभयो ।