१२ श्रावण २०८३, मंगलवार
,
Latest
पोखराको पर्यटन सुरक्षा सुदृढ बनाउन प्रहरी र व्यवसायीबीच छलफल ‘माईतीघर डुबानको मुख्य कारण प्राकृतिक जलाशयको विनाश, ढलको अतिक्रमण र टुकुचाको उल्टो चाप’ पहिराले नारायणगढ–मुग्लिन सडक अवरुद्ध स्वास्थ्य सेवा अवरुद्ध हुन नदिन मन्त्रालयको अपिल,दोषीमाथि कारबाही प्रक्रिया जारी पहिरामा परी एकाघरका दुई जनाको मृत्यु चीनको गान्सु प्रान्तमा आएको आकस्मिक बाढीमा परी १० जनाको मृत्यु जोर्डनी विदेशमन्त्री र संयुक्त राष्ट्रसंघका महासचिवबीच क्षेत्रीय सुरक्षा र विकासका विषयमा छलफल टर्कीको अन्ताल्यामा कार दुर्घटनाः पाँच जनाको मृत्यु, दुई घाइते इरानसँगको वार्ता असफल भए कडा सैन्य कारबाही गर्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी इजरायली अवरोधका कारण दक्षिण लेबनानमा सेना परिचालन प्रभावित
तपाईं के खोज्दै हुनुहुन्छ ?

शान्त र संयममतापूर्वक सामान्य रुपमा चाडवाड मनाऔँ: महामन्त्री शर्मा



अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले तिहार, छठ लगायतका चाडपर्वहरु तडकभडक नगरी मनाउन आग्रह गर्नुभएको छ ।

दशैँ,तिहार, छठ, नेपाल संवत, उँधौली पर्व लगायतमा तडकभडक, फजुल खर्च बढी हुने गरेको भन्दै शान्त, संयम र आत्मीयताका साथ मनाउन आह्वान गर्नुभएको हो ।  महामन्त्री शर्माले दशैँपर्व शुरु हुनुपूर्वको विपद्बाट नेपालले ठूलो जनधनको क्षति व्यहोरेको भन्दै मृत आत्माको चीर शान्तिको कामना समेत गर्नुभयो । उहाँले विपद्मा परी घाइते भएकाहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै मृतक परिवारजनमा समवेदना प्रकट गर्नुभयो । उहाँले शान्त र संयमसँग सामान्य चाडपर्वहरु मनउनुपर्ने बताउनु भयो । दीपावलीको दीपसँगै सबैको मनमा सकारात्मक सोचको भावको दीप जल्नुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘दशैँपर्व मनाउन शुरु गर्नु भन्दा दुई साता जति अघि मात्रै हामीले २ सय भन्दा बढी आफन्तहरुलाई गुमायौँ, बाढी र पहिरोको चपेटामा परेर । दशैँ मनाउँदै गर्दा हामीले शुभकामना आदानप्रदान त गर्‍यौँ । तर सँगै दिवंगत आत्माको शान्तिको कामना पनि गर्‍यौँ । ति परिवारजनलाई यो बेला पनि सम्झौँ । जब तिहार मनाउने तयारी हामी गर्दैछौँ । शान्त र संयमसँग सामान्य रुपमा तिहार मनाआँै । तडकभडक नगरीकन, फजुल खर्च नगरीकन चाडपर्व मनाऔँ । ति सबैको आत्माको शान्तिको कामना गर्दै हामी यि पर्वहरु मनाऔँ । म स्वदेश र विदेशमा रहनुहुने समस्त नेपाली आमाबुबा, दिदिबहिनी र दाजुभाईहरुलाई आउँदै गरेको तिहार ९दीपावली०, छठ, नेपाल संवत, उँधौली पर्व, सबैको हार्दिक शुभकामना दिन चाहन्छु । यो पर्वले हामी सबैको बीचमा आत्मीयता र प्रेम अभिवृद्धि गर्न सकोस् । दीपावलीको दीपसँगै हामी सबैको मनमा सकारात्मक सोचको भावको दीप जल्न सकोस् । सबैलाई धेरै धेरै शुभकामना ।’

महामन्त्री शर्माले आउँदै गरेको तिहार, छठ, नेपाल संवत, उँधौली पर्वको शुभकामना समेत दिनुभयो ।