१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar कालीगण्डकी बाढीको असरः राहुघाटको परीक्षण उत्पादन रोकियो News Polar भोटेकोशी बाढीपछिको प्रश्न—फेरि बाढी आउँदा हामी कति तयार छौँ? News Polar नयाँ अभ्यासले संसद्लाई बलियो बनाएको सभामुख अर्यालको दाबी News Polar धक्का खाए पनि दुई तिहाईको लक्ष्यमा पुग्न सकिन्छः अध्यक्ष ओली News Polar आइपियुमा जलवायु विपद्बारे नेपालले ‘आपतकालीन प्रश्ताव’ लैजाने, ५० देशको समर्थन News Polar रसुवा बाढीपछि शव व्यवस्थापन र आश्रयस्थलको खोजी मुख्य चुनौतीपूर्ण रह्योः प्रहरी News Polar अनलाइन हिंसामा परेकाले गर्दैनन् उजुरी News Polar जनकपुरधाममा प्रधानाध्यापकहरूको राष्ट्रिय शिखर सम्मेलनः शैक्षिक रूपान्तरणका लागि साझा कार्यदिशा तय हुने News Polar प्रधानमन्त्री कार्यालयका १५ उपलब्धि सार्वजनिक, विपद् व्यवस्थापनदेखि डिजिटल शासनसम्म प्राथमिकता News Polar राष्ट्रियसभाको २१औँ अधिवेशनमा ५२ बैठक, ९८ घण्टा १० मिनेट काम News Polar गुल्मीमा मात्रै खसीबोका बिक्री कारोबार वार्षिक एक अर्ब News Polar आर्थिक कूटनीतिलाई राष्ट्रिय समृद्धिसँग जोड्नुपर्छः परराष्ट्रमन्त्री खनाल News Polar जैविक मलको प्रयोग बढाउनुपर्छ : मन्त्री चौधरी News Polar काठमाडौंमा दसैँ–तिहार लक्षित विशेष सुरक्षा योजना, ३ हजार ५ सय ६ प्रहरी परिचालन News Polar भोटेकोशी बाढी : प्रसनिसहित २५ प्रहरी अझै बेपत्ता, तीन जनाको शव फेला News Polar मतदाता सहभागिता बढाउन र बदर मत घटाउन दललाई प्रमुख निर्वाचन आयुक्त कार्कीको आग्रह News Polar नयाँबसपार्कमा यात्रु सहायता कक्ष स्थापना News Polar सभामुख अर्यालद्वारा संसदको कार्यसम्पादनको प्रशंसा, जलवायु मुद्दा प्राथमिकतामा राख्ने प्रतिबद्धता News Polar प्रतिनिधि सभाको दोस्रो अधिवेशन सम्पन्नः १४५ दिनमा १२ विधेयक पारित, विपद् व्यवस्थापनमा विशेष समितिको गठन News Polar टिपरले ठक्कर दिँदा एकको मृत्यु, पाँच जना घाइते

प्रहरी सङ्गठन सुदृढ गर्न नयाँ ऐनको मस्यौदा तयार गरिँदै: गृहमन्त्री लेखक

प्रहरी सङ्गठन सुदृढ गर्न नयाँ ऐनको मस्यौदा तयार गरिँदै: गृहमन्त्री लेखक
अ अ+ अ-

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले नेपाल प्रहरी सङ्गठन सुदृढीकरण गर्न विद्यमान कानुनी व्यवस्थालाई प्रतिस्थापन गरी नयाँ ऐनको मस्यौदा तर्जुमा गरी आवश्यक प्रकृया अगाडी बढाएको बताउनुभएको छ ।

६९औँ प्रहरी दिवसका अवसरमा आज यहाँ आयोजित समारोहमा गृहमन्त्री लेखकले उक्त विधेयकले कानुनी मान्यता प्राप्त गरेपश्चात नेपाल प्रहरीको वृहत्तर हित, प्रहरी कर्मचारीको वृत्ति विकास र सङ्गठनको जिम्मेवारी तथा कर्तव्यका नयाँ आयामहरू पहिचान हुनेविश्वास व्यक्त गर्नुभयो ।

नेपाल प्रहरी एउटा जीवन्त सङ्गठन भएको उल्लेख गर्दै गृहमन्त्री लेखकले नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता तथा स्वाधीनतालाई अक्षुण्ण राख्दै नागरिकको सार्वभौम अधिकारको रक्षाका लागि नेपाल प्रहरीले निष्ठापूर्ण योगदान गरेको बताउनुभयो । राष्ट्रसेवामा नेपाल प्रहरीका पदचापहरूले बाटो नबिराउने र कहीँ कतै नसुस्ताउनेमा आफू विश्वस्त रहेको उहाँको भनाइ थियो ।

गृह प्रशासनको पुरानो र लामो अनुभवी संस्था नेपाल प्रहरी रहेको उल्लेख गर्दै गृहमन्त्री लेखकले यस सङ्गठनको भूमिका र कार्यशैलीले नेपालको आन्तरिक सुरक्षा मजबुत बनाएको बताउनुभयो ।
“स्थापनाकालदेखि विविध प्रकृतिका घटनाक्रमका तीतामिठा अनुभव र अनुभूति प्रहरी सङ्गठनसँग रहेका छन्”, उहाँले भन्नुभयो, “तत्कालीन सशस्त्र द्वन्द्वको समयमा अग्र भागमा नेपाल प्रहरी रहेको थियो, नेपालमा विभिन्न समयमा भएका राजनीतिक परिवर्तनका आन्दोलनलाई शान्तपूर्वक व्यवस्थापन गर्न यो सङ्गठन अग्रभागमा रहेको इतिहास हामीसामु छ ।”

मुलुकमा आइपरेका जुनसुकै विषम परिस्थिति एवं विपत्तिमा उद्धार तथा व्यवस्थापन तथा हालै गएको बाढी पहिरोबाट प्रभावितको खोज तथा उद्धार र राहत व्यवस्थापनमा नेपाल प्रहरी सदैव अग्रभागमा खटिएको गृहमन्त्री लेखकले उल्लेख गर्नुभयो । “हरेक कालखण्डमा नेपाल प्रहरीले कर्तव्यबोधका साथ जुन जिम्मेवारी निर्वाह गरी आएको छ, ती योगदानहरू ज्यादै नै प्रशंसनीय छन् । अनुभवी, सबल र सक्षम नेपाल प्रहरीले जुनसुकै सुरक्षा चुनौतीलाई सहजरुपमा सम्बोधन गर्न सफल हुनेविश्वास छ”, उहाँले भन्नुभयो ।

मुलुकका सामु विभिन्न चुनौतीरहेको गृहमन्त्री लेखकले बताउनुभयो । अन्तर्राष्ट्रिय आतङ्कवाद, साइबर अपराध, प्राकृतिक प्रकोपको जोखिम, सीमापार र बहुक्षेत्रीय अपराधको सञ्जालको नियन्त्रण र अनुसन्धान, मुद्रा निर्मलीकरण र प्रविधिको दुरुपयोग गरी गरिने आर्थिक अपराध जस्ता विविध सुरक्षाका चुनौतीको उचित सम्बोधन गर्नुपर्ने अवस्था रहको उहाँको भनाइ थियो । “ती सुरक्षा चुनौतीको अनुभूती र आंकलन गरी तद् अनुरूपको रणनीति अख्तियार गर्न सकिन्छ । तर, प्रविधिको दुरुपयोग गरेर गरिने साइबर अपराधका अधिकांश सुरक्षा चुनौती हाम्रो आंकलन बाहिर रहेका छन् । उन्नत प्रविधिको दुरुपयोगका कारण अपराधको जोखिम बढ्दो छ । उक्त जोखिम न्यूनीकरण र व्यवस्थापन गर्न हाम्रो पूर्व तयारी, उपयुक्त नीतिको कार्यान्वयन र प्रविधियुक्त क्षमताको विकास हुनु जरुरी छ । यो समस्याको सम्बोधन सामूहिकरूपमा हुनु पर्दछ, यद्यपि नेपाल प्रहरीले पनि आफ्नो तयारी र क्षमता विकास गर्नु आवश्यक छ । यसका लागि गृह मन्त्रालयबाट आवश्यक सहयोग र समन्वय हुनेछ”, उहाँले भन्नुभयो ।

गहृमन्त्री लेखकले प्राकृतिक घटनाक्रमको सम्बोधन र व्यवस्थापन गर्नुपर्ने टड्कारो आवश्यकता रहेको उल्लेख गर्दै आत्महत्या न्यूनीकरण, सडक दुर्घटना तथा लागूऔषध दुव्र्यसनमा कमी ल्याउन तत्काल विभिन्न प्रभावकारी नीति तथा कार्यक्रमको आवश्यकता रहेको बताउनुभयो । यी सबै समस्या सम्बोधन गर्न नेपाल प्रहरीले सञ्चालनमा ल्याउने हरेक रचनात्मक कार्यक्रमलाई आवश्यक सहयोग, समन्वय र सहजीकरण गर्न गृह मन्त्रालय सदैव सकारात्मक रहेको उहाँको भनाइ थियो ।

आम नागरिकको सुरक्षा र सेवाका लागि देशको दूरदराजमा रहेका प्रहरी इकाइलाई साधन श्रोत उपलब्ध गराउन, नेपाल प्रहरीलाई साधन श्रोत सम्पन्न तुल्याउन तथा प्रहरी कर्मचारीका हित र कल्याणका लागि विविध कल्याणकारी कार्यक्रम सञ्चालनमा ल्याउन गृह मन्त्रालयले उच्च प्राथमिकता दिएको गृहमन्त्री लेखकले बताउनुभयो । ६९औँ प्रहरी दिवसका अवसरमा बहालमा रहनुभएका र सेवा निवृत्त सम्पूर्ण प्रहरी कर्मचारीलाई बधाई तथा शुभकामना दिँदै उहाँले लामो इतिहास भएको प्रहरी सङ्गठनको आगामी दिन थप उज्वल रहनेमा आफू विश्वस्त रहेको उल्लेख गर्नुभयो । “प्रहरी दिवसको दिनले नेपाल प्रहरीलाई अझ नागरिकमैत्री प्रहरी सेवाको प्रवर्द्धन गर्न, मानव अधिकारको संरक्षण र प्रवर्धन एवं कसूरको प्रमाणमूखी निष्पक्ष अनुसन्धान गरी मुलुकमा कानुनी राजको सुनिश्चितता गर्न अझ निष्ठावान् रहन उत्प्रेरणा मिल्नेविश्वास छ”, गृहमन्त्री लेखकले भन्नुभयो ।