१२ असार २०८३, शुक्रबार
,
Latest
२३ वर्षीया आकाङ्क्षा रास्वपाको केन्द्रीय सदस्य जेनजी आन्दोलनसम्बन्धी अनुसन्धान प्रतिवेदनमा कारबाही सिफारिस गर्दा मानव अधिकार आयोगले कार्यक्षेत्र मिच्योः एमाले सांसद झाँक्री रास्वपा महाधिवेशन : रु ५० करोडभन्दा बढीको व्यापार विरोध र आलोचना लोकन्त्रको सुन्दर पक्ष हो : मुख्यमन्त्री कार्की नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट मदन भण्डारी राष्ट्रिय पुरस्कार रमेश रुछेन राईलाई लागुऔषध नियन्त्रण तथा रोकथामका लागि छुट्टै विभाग स्थापना गर्ने सोचमा छौँः गृहसचिव श्रेष्ठ मधेस प्रदेशमा विनियोजन विधेययक माथिको छलफल असार १७ देखि गुटबन्दी गर्नेहरूलाई कारबाही गर्न मनिष झाको माग यातनापीडितको न्यायमा पहुँच सुनिश्चित गर्न आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

वीपी राजमार्ग आजदेखि राति १० घण्टा बन्द हुने



Photo : File
अ+ अ-

काभ्रे। गत असोज ११ र १२ गतेको अविरल वर्षापछि आएको बाढी पहिरो कारण क्षति भएको वीपी राजमार्ग आजदेखि राति १० घण्टा बन्द हुने भएको छ ।

डिभिजन सडक कार्यालय भक्तपुरले सूचना जारी गर्दैधुलिखेल-भकुण्डेवेसी-वर्षेखोला सडकखण्ड आजदेखि
बेलुका ६ बजेदेखि विहान ४ बजेसम्म सडक बन्द हुने जानकारी दिएको हो ।

बाढीपहिरो र डुबानले क्षति पुर्‍याएको भकुण्डेबेँसी वर्षेखोला खण्ड (काभ्रे) को करिब ८ किलोमिटर सडक नयाँ ट्रयाक खोली यात्रुवाहक सवारी साधन सुचारु गरिएको थियो । तर, नयाँ ट्र्याकको मर्मत तथा सुधार कार्य भइरहेको र जुनसुकै समयमा पनि सुख्खा पहिरो झर्ने सम्भावना रहेकोले बेलुका ६ बजेदेखि बिहानको ४ बजेसम्म उक्त खण्ड बन्द गरिएको डिभिजन सडक कार्यालय भक्तपुरका सिनियर डिभिजनल इन्जिनियर सुमन योगेशले जानकारी दिए।