९ पुष २०८१, मंगलवार
,
Latest
सुनकोशीस्थित फोक्सिङटारमा अस्थायी बेलिब्रिज जडान सुरु हुम्लामा हिमपात, जनजीवन प्रभावित नरेश र सुनिलको ‘हाँसीराख माया’ सार्वजनिक दृष्टिविहीनका विद्यालय सञ्चालन गर्न प्रदेश सरकारले सघाउने भेरी अस्पताल मिर्गौला प्रत्यारोपण सेवा सुरु हुने थाइल्याण्ड, कम्बोडिया, लाओस, म्यान्मालगायतका देशमा जान चाहनेहरुलाई तीन बुँदे ट्राभल एड्भाइजरी जारी, सावधानी अपनाउन आग्रह सुदूरपश्चिमबाट मौसम बदली सुरु, चिसो बढ्यो, आज कहाँ पर्दैछ पानी ? महिला उद्यमीबाट उत्पादित सामग्रीको बिक्री तथा प्रदर्शनीको आयोजना पूर्वराजा ज्ञानेन्द्र शाह भारत भ्रमणमा परराष्ट्रमन्त्री राणा स्वदेश फिर्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

भैंसेपाटीकी इन्स्पेक्टर शाहीलाई पक्राउ गर्न अदालतबाट अनुमति लिने



इन्स्पेक्टर बिनुकुमारी शाही
अ+ अ-

काठमाडौं । प्रहरी प्रभाग, भैंसेपाटीकी प्रमुख इन्स्पेक्टर बिनुकुमारी शाहीलाई पक्राउ गर्न प्रहरीले अदालतबाट अनुमति लिने भएको छ ।

बलात्कार सम्बन्धी मुद्दामा फसाइदिने भन्दै एक जना व्यक्तिसँग लेनदेन गरेको आरोप लागेपछि थप छानबिनका लागि शाहीलाई १० असोजमा जिम्मेवारीबाट मुक्त गरिएको थियो ।

घटनाबारे जिल्ला प्रहरी परिसर, ललितपुरले छानबिन थालेको थियो । छानबिनका क्रममा ‘केही कैफियत’ देखिएपछि शाहीलाई हिरासतमा राखेर थप अनुसन्धान गर्ने निर्णयमा पुगेपछि अदालतबाट पक्राउ गर्न अनुमति लिन लागिएको ललितपुर प्रहरीका एक अधिकारीले बताए ।

इन्स्पेक्टर शाहीले एक व्यवसायीलाई नियन्त्रणमा लिएर ३० लाख रुपैयाँ लेनदेन गरेको आरोप छ । सो रकम आफन्तको नाममा रहेको खातामा हाल्न लगाएको उनीमाथि आरोप छ ।