३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

९ वर्षपछि भारतीय विदेशमन्त्री जयशंकर पाकिस्तानमा

९ वर्षपछि भारतीय विदेशमन्त्री जयशंकर पाकिस्तानमा
अ+ अ-

काठमाडौं । भारतका विदेशमन्त्री एस जयशंकर पाकिस्तान पुगेका छन् । दुई देशबीच वर्षौंदेखि कायम रहेको तनावका बीच कुनै पनि शीर्ष भारतीय नेतृत्वको पाकिस्तान भ्रमण ९ वर्षपछि भएको हो ।

संघाई कोअपरेसन अर्गनाइजेसन (एससीओ) को २३ औं सम्मेलनमा सहभागी हुन भारतीय विदेशमन्त्री जयशंकर इस्लामावाद पुगेका हुन् । एससीओका सदस्य राष्ट्रका सरकार प्रमुखहरुको बैठकको आयोजना पाकिस्तानले गरेको छ । पाकिस्तानले त्यसमा सहभागिताका लागि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई निमन्त्रणा गरेको थियो । तर, उक्त समिटमा मोदी नगएर विदेशमन्त्री जयशंकर गएका हुन् ।

मोदी पहिलो पटक प्रधानमन्त्री भएको एक वर्षपछि २०१५ को डिसेम्बरमा आकस्मिक रूपले पाकिस्तानको यात्रा गरेका थिए । त्यतिबेला उनी पाकिस्तानका तात्कालिन प्रधानमन्त्री नवाज सरिफको लाहोरस्थित घरमै पुगेका थिए । त्यसयता भारतबाट भएको पहिलो उच्चस्तरीय भ्रमण जयशंकरकै भएको हो ।

२०१६ मा उरीस्थिति भारतीय सेनाको ब्रिगेड मुख्यालयमा आतंकवादी हमला भएपछि दुई देशबीचको सम्बन्ध तनावपूर्ण बन्न पुग्यो । त्यसयता विभिन्न घट्नक्रमले दुई देशको सम्बन्ध तनावपूर्ण नै रहँदै आएको छ । पाकिस्तानका तात्कालिन विदेशमन्त्री बिलवाल भुट्टो गतवर्ष एससीओको विदेशमन्त्रीस्तरीय बैठकमा भाग लिन भारत आएका थिए । भारतले गोवामा गतवर्ष उक्त बैठकको आयोजना गरेको थियो । भुट्टोको उक्त भारत भ्रमण पाकिस्तानबाट १२ वर्षपछि त्यहाँका विदेशमन्त्रीको भारत यात्रा थियो ।

दुई देशका सरकार प्रमुखहरू पनि एससीओको शिखर सम्मेलनमा मञ्च साझा गरिसकेका छन् । विदेशमन्त्रीहरूले एक अर्काको देशको यात्रा गरेका छन् । तर, आपसी सम्बन्धमा भने अझै सुधार आइसकेको छैन । पाकिस्तान यात्रा गर्नुपूर्व विदेशमन्त्री जयशंकरले एससीओ सम्मेलनसँग सम्बन्धित विषय बाहेक द्विपक्षीय कुराकानी नहुने बताएर पाकिस्तानसँगको सम्बन्धमा तत्कालै सुधार आइनहाल्ने संकेत दिएका छन् ।

दुई देशको सम्बन्धमा आएको तनावका कारण सार्क सम्मेलन छायाँमा परेको छ । २०१४ मा नेपालमा भएको सार्क सम्मेलनपछि २०१६ मा उक्त सम्मेलन पाकिस्तानले आयोजना गर्ने तय थियो । इस्लामावादमा हुने तय भएको उक्त सम्मेलन दुई देशबीचको तनावका कारणले हुन सकेको छैन ।एससीओमा चीन, रूस, भारत, ईरान, कजाकिस्तान, किर्गिस्तान, ताजिकिस्तान, उज्जबेकिस्तान, पाकिस्तान र बेलारूस सदस्य राष्ट्र छन् ।